Featured
Recent Posts

Monday, December 12, 2016



अधिकांश महिलाहरु पुरुषको तुलनामा धेरै नै आफ्नो स्वास्थ्य र सुन्दरतामा ध्यान दिन्छन । साथै उनीहरु पुरुषहरुमा पनि यस्तै गुण मन पराउँछन् । यसका लागि पुरुषहरुले पनि आफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका अनुसार महिलाहरु पुरुषको यी कुरामाथि विशेष ध्यान राख्छन् ।

१. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् ,आफ्नो सरसफाईमा विशेष ध्यान दिन्छन् ।

२. महिलाहरु सफा तथा चमकदार दाँतका साथै राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् ।

३. महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुष मन पराउँछन् ।

४.अल्छी जस्ता देखिने पुरुष भन्दा इस्टामिना बढी भएका र जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् ।

५.महिलाहरु अनुहार क्लियर पुरुष भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् ।


एजेन्सी । आरामको जिबन पाउनको लागि जिन्दगी भरि मेहनत गर्नु पर्छ । तर कतिपय मानिसको काम यस्तो हुन्छ कि धेरै वर्ष काम गर्दा पनि बचतको नाममा केहि बच्दैन । आज हामी तपाइलाई बताउन गैरहेका छौ कि संसारका यस्तो ८ कामको बारेमा जसद्वारा मानिस केहि समयमा नै करोडपति बन्न सक्छ ।


ब्लग

घरमा आरामले बसेर तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ यसको लागी तपाइको रचनात्मक लेखन हुनुपर्छ । प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार २०१६ साल ब्लगबाट पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बनेको छ । तपाइलाई बताईदिउ कि वायरलनोवा ब्लगको सुरुवात गर्ने सकॉट डीलांगले जम्मा ८ महिनामा करोडौ कमाएका थिए । सबै पेजमा आउने गुगल याडको कारणले उनको आम्दानी धेरै बढेको थियो।

इंस्टाग्राम

सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ तर तपाइलाई थाहा छ कि यो अकाउन्टले तपाइलाई करोडपति पनि बनाउन सक्छ। यस्तो धेरै उदाहरण छन् जसमा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गर्छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाइको तस्बिर मन पराउछन् र त्यो तस्बिर करोडौमा किन्छन् ।

यूट्यूब

आजकलको समयमा बिना कुनै क्वालिफिकेसन छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब। बस तपाइको साथमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने बिशेसता हुनु आवस्यक छ । वर्ष 2015-16 मा पिउडीपाई,जो गेमिंग भिडियो बनाउछन ,यूट्यूबबाट सबै भन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् । 49+ मिलियन सब्सक्राइबर्सको साथमा उनको कमाइ पनि करोडौ पुगेको छ ।

प्रोफेशनल गैम्बलर

हामी यसलाई करियरको रुपमा सजेस्ट गर्दैनौ तर कम समयमा पैसा कमाउनको लागि तपाई अनलाइन पोकर साइट्सको सहारा लिन सक्नुहुन्छ। तथापी यसमा लकधेरै महत्वपुर्ण हुन्छ। यदि तपाई जित्न सुरु गर्नुहुन्छ तब पैसा बनाउने मेसिन यहि हो ।

अनलाइन सेल्स

आजको समयमा प्रत्यक मानिस अनलाइन सपिंग गर्न चाहन्छन । यस्तोमा यो एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केहि समय पछी यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।

एप डिजाइनर

आजकल सबैसंग स्मार्टफोन हुन्छ । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ,तब युवा त्यसलाई मन पराउछन । यी एप्सबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ । यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सहि तरिका हो ।

किताब

यदि तपाइको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ। मात्र एक बेस्ट-सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।

आबिस्कार

यदि तपाईमा सृजनात्मक सक्ति छ भने नया चिज आविस्कार गर्न सक्नुहुन्छ। यहि आविस्कारले  तपाइलाई करोडपति बनाउन सक्छ।


चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पर्न सक्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । हालै मात्र जर्जियामा यस्तै घटना घटेको समाचार छ । जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन । चर्चित प्रेम कहानीमा आधारित फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन सम्पर्क गरे ।फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ ।


एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो ।


काठमाडौं । ट्राफिक प्रहरी एकाबिहानै लेन नियम पालना गराउन सडकमा खटिएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गतका प्रहरी सोमबार सिंहदरबारको मुख्य गेटअगाडि लेन नियम पालना नगर्नेहरुलाई कारबाहीका लागि चिट काट्दै थिए । त्यक्तिकै एक जना मोटरसाईकलमा ‘भ्वाट -भ्वाट’ गर्दै लेनको नियम काटेर ट्राफिक प्रहरीको अगाडी नै पुगे ।

उनी भद्रकालीको बाटो हुँदै माइतीघरतर्फ मोडिन खोजे । तर उनलाई ट्राफिक प्रहरीले रोके । ती प्रहरीले लेन नियम पालना नगरेको भन्दै उनको कागजपत्र मागे । तर उनले आफूले पूर्ण रुपमा नियम पालना गरेको दावी गरे । उनले कागजपत्र दिन नखोजेपछि प्रहरीसँग विवाद सुरु भयो । केही समय प्रहरी र उनीबीच जुहारी नै चल्यो । ट्राफिक प्रहरी, “तपाईले लेन नियम मिच्नुभयो, कागजपत्र निकाल्नुहोस्।” मोटरसाईकल चालक, “मेरो गल्ती छैन्, किन कागजपत्र दिने ?”

यस्तै दोहोरी चलिरहेका बेला ती चालक एकाएक सडकमै सुते । उनी एकाएक सुतेपछि कागजपत्र माग्ने ट्राफिक प्रहरी नै अक्कन बक्क परे । सिंहदरबारअघि रहेको पृथ्वीनारायणको सालिकमुनि उनी लम्पसार नै परे । प्रहरीले उनलाई सुतेको ठाउँबाट उठायो । एकातिर लेन नियम मिच्ने फेरी सडकमा सुतेर सडक अवरुद्ध पार्ने यो त भएन् नि ‘मिस्टर’ ? भन्दै प्रहरीले उनलाई उठायो । प्रहरी निरीक्षक विनोदकुमार श्रेष्ठले ती चालकले गल्ति गरेकाले उनलाई चिट दिएर पठाएको बताए । पछिल्लो समय प्रहरीले सडक लेन नियममा कडाइ गरिरहेको छ ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मिहिनेत र लगनशीलताको खाँचो छ । सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य फाइदा हुने नै दिन छ । तर योजनाबद्ध भई काम गर्न सके समय उत्साहवद्र्धक रहेको छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ । तर निरन्तरको कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठूलो फाइदा जुटाउन सकिंदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्न सक्छ । दाम्पत्य जीवनमा निराशा भए पनि अन्य परिवारजनको साथले उत्साहित भइनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन निराश बनाए पनि निरन्तरताको मिहिनेत र परिश्रमका कारण न्यून भए पनि उपलब्धी लिन सकिने छ । काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र घरायसी जीवनमा उतारचढाव आउन सक्छ । व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन ।  प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Thursday, December 8, 2016


काठमाडौं, मंसिर २४- पानी कति पिउने गर्नुहुन्छ ? स्वास्थ्यका लागि प्रशस्त पानी पिउनु लाभदायक छ । यो सही हो । तर, प्रशस्त पिउने भनेको कति ? यो सवालमा धेरै मान्छेमा अन्योल छ । शरीरलाई आवश्यक मात्रामा पानी पिउनु नै प्रशस्त भनेर बुझ्नुपर्छ । यसको मापन व्यक्तिको उमेर, कसरत, परिस्थितिमा भर पर्छ ।


शरीरबाट पसिना धेरै बाहिरिएको छ भने पानीको आवश्यकता बढी हुन्छ । एक वाक्यमा के बुझ्नुपर्छ भने पेटमै असहज हुने गरी, हिलिक्क हुने गरी पानी पिउँदा बेफाइदा गर्छ । शरीरको मागभन्दा कम पानी पिउँदा असर भएजस्तै मागभन्दा बढी पानी पिउँदा पनि स्वास्थ्यमा हानि गर्नेबारे चिकित्सकहरूले सचेत गराएका छन् :

लन्डनको किंग्स कलेज हस्पिटलमा एक बिरामी महिला भर्ना भइन् । डाक्टरहरूले जाँच गरेपछि पत्ता लाग्यो कि महिलाको रगतमा नुनको स्तर निकै कम भएको थियो । ब्रिटिस मेडिकल जर्नलमा छापिएको रिपोर्टअनुसार महिलाको जस्तो स्थिति त्यो समयमा निम्तिन्छ कि, जब व्यक्तिले थोरै समयमै अत्यधिक धेरै पानी पिउने गर्छ ।

खासमा सुरुवातमा ती महिलाको मूत्र प्रणालीमा इन्फेक्सन भएको थियो । यही समस्या समाधानका लागि भन्दै उनले हरेक आधा घन्टामा एक गिलास पानी पिउन थालिन् । यसरी अत्यधिक पानी पिउन थालेपछि नै उनको स्वास्थ्यमा गडबडी भयो ।नयाँ पत्रिकाले छापेको छ ।
डाक्टरहरूका अनुसार रगतमा नुनको स्तर तब अचानक कम हुन्छ, जब व्यक्तिले थोरै समयमै धेरै पानी पिउने गर्छ । यसले बमिट हुने तथा टाउको दुख्नेजस्ता समस्या निम्त्याउँछ । जर्नलमा छापिएको रिपोर्टअनुसार महिलामा वाटर इन्टाक्सिकेसनको लक्षण देखियो, यो धेरै पानी पिएर हुने समस्या हो ।

हस्पिटलमा बिरामी महिलाको उपचारसँगै डाक्टरहरूले थप अध्ययन सुरु गरेका छन् । उनीहरूले बताएका छन्, रगतमा नुनको अवस्था असामान्य रूपमा कम भएका बिरामीमध्ये लगभग ३० प्रतिशतको मृत्यु हुने गर्छ । उनीहरूले पानीले फाइदा गर्छ भन्दैमा शारीरिक असहजता निम्तिने गरी एकैपटक धेरै नपिउन सुझाब दिएका छन् । पब्लिक हेल्थ इंग्ल्यान्डले भने वयस्क व्यक्तिले दिनमा ६–८ गिलास पानी पिउनु पर्याप्त हुने बताएको छ ।



काठमाडौं । विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ । लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै गए पनि सोही अनुसारमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाइ रहेको छ ।


सामान्य अवस्थामा बजारमा दैनिक १५ देखि २० किलो सुनको माग रहेकोमा अहिले बढेर ३० देखि ३५ किलो पुगेको छ । बैकले दैनिक वितरण गर्ने १५ किलो सुन पर्याप्त नहुँदा बजारमा अभाव देखिएको व्यवसायीले बताए । सुनको मूल्य घट्दै गएकाले पनि अहिले उपभोक्ताले धेरै खरिद गर्ने गरेको व्यवसायीको अनुभव छ । आजको कारोबार दैनिकमा खबर रहेको छ।