बुधबारदेखि काठमाडौंमा ड्राइभिङ लाइसेन्सको परीक्षा आवदेन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्स वितरण रोकिएको दुई महिनापछि बाग्मति अञ्चल यातायात कार्यालय काठमाडौंमा वितरण गर्ने भएको हो ।
बुधबारदेखि परीक्षाको आवेदन बुझ्न सुरु हुने र दैनिक ८ सयको मात्रै आवेदन लिईन प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।
तीमध्ये काठमाडौंमा दुई पांग्रेको लाइसेन्सका लागि दैनिक ६ सय र गाडीको लाइसेन्सका लागि दैनिक २ सय मात्रै आवेदन बुझिनेछ ।
अब लाइसेन्सका लागि एकपटक परीक्षा दिएपछि ३ पटकसम्म ट्रायल दिन पाइने भएको छ । ९० दिनभित्र एउटै लिखित परीक्षाबाट ३ पटक ट्रायल दिन सकिने भएको हो ।
यता काठमाडौं उपत्यका बाहिर भने लाइसेन्स वितरणको अझै टुङ्गो लागेको छैन ।
0 comments:
Post a Comment