Monday, December 12, 2016



अधिकांश महिलाहरु पुरुषको तुलनामा धेरै नै आफ्नो स्वास्थ्य र सुन्दरतामा ध्यान दिन्छन । साथै उनीहरु पुरुषहरुमा पनि यस्तै गुण मन पराउँछन् । यसका लागि पुरुषहरुले पनि आफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका अनुसार महिलाहरु पुरुषको यी कुरामाथि विशेष ध्यान राख्छन् ।

१. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् ,आफ्नो सरसफाईमा विशेष ध्यान दिन्छन् ।

२. महिलाहरु सफा तथा चमकदार दाँतका साथै राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् ।

३. महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुष मन पराउँछन् ।

४.अल्छी जस्ता देखिने पुरुष भन्दा इस्टामिना बढी भएका र जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् ।

५.महिलाहरु अनुहार क्लियर पुरुष भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् ।


एजेन्सी । आरामको जिबन पाउनको लागि जिन्दगी भरि मेहनत गर्नु पर्छ । तर कतिपय मानिसको काम यस्तो हुन्छ कि धेरै वर्ष काम गर्दा पनि बचतको नाममा केहि बच्दैन । आज हामी तपाइलाई बताउन गैरहेका छौ कि संसारका यस्तो ८ कामको बारेमा जसद्वारा मानिस केहि समयमा नै करोडपति बन्न सक्छ ।


ब्लग

घरमा आरामले बसेर तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ यसको लागी तपाइको रचनात्मक लेखन हुनुपर्छ । प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार २०१६ साल ब्लगबाट पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बनेको छ । तपाइलाई बताईदिउ कि वायरलनोवा ब्लगको सुरुवात गर्ने सकॉट डीलांगले जम्मा ८ महिनामा करोडौ कमाएका थिए । सबै पेजमा आउने गुगल याडको कारणले उनको आम्दानी धेरै बढेको थियो।

इंस्टाग्राम

सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ तर तपाइलाई थाहा छ कि यो अकाउन्टले तपाइलाई करोडपति पनि बनाउन सक्छ। यस्तो धेरै उदाहरण छन् जसमा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गर्छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाइको तस्बिर मन पराउछन् र त्यो तस्बिर करोडौमा किन्छन् ।

यूट्यूब

आजकलको समयमा बिना कुनै क्वालिफिकेसन छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब। बस तपाइको साथमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने बिशेसता हुनु आवस्यक छ । वर्ष 2015-16 मा पिउडीपाई,जो गेमिंग भिडियो बनाउछन ,यूट्यूबबाट सबै भन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् । 49+ मिलियन सब्सक्राइबर्सको साथमा उनको कमाइ पनि करोडौ पुगेको छ ।

प्रोफेशनल गैम्बलर

हामी यसलाई करियरको रुपमा सजेस्ट गर्दैनौ तर कम समयमा पैसा कमाउनको लागि तपाई अनलाइन पोकर साइट्सको सहारा लिन सक्नुहुन्छ। तथापी यसमा लकधेरै महत्वपुर्ण हुन्छ। यदि तपाई जित्न सुरु गर्नुहुन्छ तब पैसा बनाउने मेसिन यहि हो ।

अनलाइन सेल्स

आजको समयमा प्रत्यक मानिस अनलाइन सपिंग गर्न चाहन्छन । यस्तोमा यो एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केहि समय पछी यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।

एप डिजाइनर

आजकल सबैसंग स्मार्टफोन हुन्छ । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ,तब युवा त्यसलाई मन पराउछन । यी एप्सबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ । यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सहि तरिका हो ।

किताब

यदि तपाइको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ। मात्र एक बेस्ट-सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।

आबिस्कार

यदि तपाईमा सृजनात्मक सक्ति छ भने नया चिज आविस्कार गर्न सक्नुहुन्छ। यहि आविस्कारले  तपाइलाई करोडपति बनाउन सक्छ।


चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पर्न सक्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । हालै मात्र जर्जियामा यस्तै घटना घटेको समाचार छ । जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन । चर्चित प्रेम कहानीमा आधारित फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन सम्पर्क गरे ।फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ ।


एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो ।


काठमाडौं । ट्राफिक प्रहरी एकाबिहानै लेन नियम पालना गराउन सडकमा खटिएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गतका प्रहरी सोमबार सिंहदरबारको मुख्य गेटअगाडि लेन नियम पालना नगर्नेहरुलाई कारबाहीका लागि चिट काट्दै थिए । त्यक्तिकै एक जना मोटरसाईकलमा ‘भ्वाट -भ्वाट’ गर्दै लेनको नियम काटेर ट्राफिक प्रहरीको अगाडी नै पुगे ।

उनी भद्रकालीको बाटो हुँदै माइतीघरतर्फ मोडिन खोजे । तर उनलाई ट्राफिक प्रहरीले रोके । ती प्रहरीले लेन नियम पालना नगरेको भन्दै उनको कागजपत्र मागे । तर उनले आफूले पूर्ण रुपमा नियम पालना गरेको दावी गरे । उनले कागजपत्र दिन नखोजेपछि प्रहरीसँग विवाद सुरु भयो । केही समय प्रहरी र उनीबीच जुहारी नै चल्यो । ट्राफिक प्रहरी, “तपाईले लेन नियम मिच्नुभयो, कागजपत्र निकाल्नुहोस्।” मोटरसाईकल चालक, “मेरो गल्ती छैन्, किन कागजपत्र दिने ?”

यस्तै दोहोरी चलिरहेका बेला ती चालक एकाएक सडकमै सुते । उनी एकाएक सुतेपछि कागजपत्र माग्ने ट्राफिक प्रहरी नै अक्कन बक्क परे । सिंहदरबारअघि रहेको पृथ्वीनारायणको सालिकमुनि उनी लम्पसार नै परे । प्रहरीले उनलाई सुतेको ठाउँबाट उठायो । एकातिर लेन नियम मिच्ने फेरी सडकमा सुतेर सडक अवरुद्ध पार्ने यो त भएन् नि ‘मिस्टर’ ? भन्दै प्रहरीले उनलाई उठायो । प्रहरी निरीक्षक विनोदकुमार श्रेष्ठले ती चालकले गल्ति गरेकाले उनलाई चिट दिएर पठाएको बताए । पछिल्लो समय प्रहरीले सडक लेन नियममा कडाइ गरिरहेको छ ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मिहिनेत र लगनशीलताको खाँचो छ । सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य फाइदा हुने नै दिन छ । तर योजनाबद्ध भई काम गर्न सके समय उत्साहवद्र्धक रहेको छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ । तर निरन्तरको कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठूलो फाइदा जुटाउन सकिंदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्न सक्छ । दाम्पत्य जीवनमा निराशा भए पनि अन्य परिवारजनको साथले उत्साहित भइनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन निराश बनाए पनि निरन्तरताको मिहिनेत र परिश्रमका कारण न्यून भए पनि उपलब्धी लिन सकिने छ । काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र घरायसी जीवनमा उतारचढाव आउन सक्छ । व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन ।  प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Thursday, December 8, 2016


काठमाडौं, मंसिर २४- पानी कति पिउने गर्नुहुन्छ ? स्वास्थ्यका लागि प्रशस्त पानी पिउनु लाभदायक छ । यो सही हो । तर, प्रशस्त पिउने भनेको कति ? यो सवालमा धेरै मान्छेमा अन्योल छ । शरीरलाई आवश्यक मात्रामा पानी पिउनु नै प्रशस्त भनेर बुझ्नुपर्छ । यसको मापन व्यक्तिको उमेर, कसरत, परिस्थितिमा भर पर्छ ।


शरीरबाट पसिना धेरै बाहिरिएको छ भने पानीको आवश्यकता बढी हुन्छ । एक वाक्यमा के बुझ्नुपर्छ भने पेटमै असहज हुने गरी, हिलिक्क हुने गरी पानी पिउँदा बेफाइदा गर्छ । शरीरको मागभन्दा कम पानी पिउँदा असर भएजस्तै मागभन्दा बढी पानी पिउँदा पनि स्वास्थ्यमा हानि गर्नेबारे चिकित्सकहरूले सचेत गराएका छन् :

लन्डनको किंग्स कलेज हस्पिटलमा एक बिरामी महिला भर्ना भइन् । डाक्टरहरूले जाँच गरेपछि पत्ता लाग्यो कि महिलाको रगतमा नुनको स्तर निकै कम भएको थियो । ब्रिटिस मेडिकल जर्नलमा छापिएको रिपोर्टअनुसार महिलाको जस्तो स्थिति त्यो समयमा निम्तिन्छ कि, जब व्यक्तिले थोरै समयमै अत्यधिक धेरै पानी पिउने गर्छ ।

खासमा सुरुवातमा ती महिलाको मूत्र प्रणालीमा इन्फेक्सन भएको थियो । यही समस्या समाधानका लागि भन्दै उनले हरेक आधा घन्टामा एक गिलास पानी पिउन थालिन् । यसरी अत्यधिक पानी पिउन थालेपछि नै उनको स्वास्थ्यमा गडबडी भयो ।नयाँ पत्रिकाले छापेको छ ।
डाक्टरहरूका अनुसार रगतमा नुनको स्तर तब अचानक कम हुन्छ, जब व्यक्तिले थोरै समयमै धेरै पानी पिउने गर्छ । यसले बमिट हुने तथा टाउको दुख्नेजस्ता समस्या निम्त्याउँछ । जर्नलमा छापिएको रिपोर्टअनुसार महिलामा वाटर इन्टाक्सिकेसनको लक्षण देखियो, यो धेरै पानी पिएर हुने समस्या हो ।

हस्पिटलमा बिरामी महिलाको उपचारसँगै डाक्टरहरूले थप अध्ययन सुरु गरेका छन् । उनीहरूले बताएका छन्, रगतमा नुनको अवस्था असामान्य रूपमा कम भएका बिरामीमध्ये लगभग ३० प्रतिशतको मृत्यु हुने गर्छ । उनीहरूले पानीले फाइदा गर्छ भन्दैमा शारीरिक असहजता निम्तिने गरी एकैपटक धेरै नपिउन सुझाब दिएका छन् । पब्लिक हेल्थ इंग्ल्यान्डले भने वयस्क व्यक्तिले दिनमा ६–८ गिलास पानी पिउनु पर्याप्त हुने बताएको छ ।



काठमाडौं । विवाहको मुख्य सिजनमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । केही समययता सुनको मूल्य घट्दै गएको छ भने बजारमा माग पनि उच्च छ । बिहेको सिजनमा सुनको माग प्रायः उच्च रहने गरेको छ । लगातार मूल्यमा आएको कमीले बजारमा सुनको माग बढ्दै गए पनि सोही अनुसारमा आपूर्ति नहुँदा अभाव भएको व्यवसायीको भनाइ रहेको छ ।


सामान्य अवस्थामा बजारमा दैनिक १५ देखि २० किलो सुनको माग रहेकोमा अहिले बढेर ३० देखि ३५ किलो पुगेको छ । बैकले दैनिक वितरण गर्ने १५ किलो सुन पर्याप्त नहुँदा बजारमा अभाव देखिएको व्यवसायीले बताए । सुनको मूल्य घट्दै गएकाले पनि अहिले उपभोक्ताले धेरै खरिद गर्ने गरेको व्यवसायीको अनुभव छ । आजको कारोबार दैनिकमा खबर रहेको छ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

नयाँ काममा हात हाल्नु हँदैन । धनव्यय र सञ्चित धनको नाश हुने सङ्केत छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आत्मविश्वासको खाँचो हुनेछ, तर दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।  आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । तर पराक्रम भावको चन्द्रमा भएकाले आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । त्यसैले धैर्य र संयम भई अघि बढ्नु श्रेयस्कर हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Monday, December 5, 2016


मंसिर २१ गते- पछिल्लो पुस्तामा सेल्फीको क्रेज निकै बढेको छ । खाँदा, उठ्दा, हिँड्दा, बस्दा, सुत्दा, घुम्दा जे गर्दा पनि सेल्फी खिचेर सामाजीक सञ्जालमा अपलोड गर्ने प्रवृत्ति नै बनिसकेको छ । आधुनिक प्रविधिका विभिन्न फिचर्समा उपलब्ध स्मार्टफोनहरुले सेल्फीको दायरालाई पनि निकै बढाईदिएका छन् ।


 सेल्फीकै बहानामा यूवापुस्ताहरु आपराधिक र अनैतिक क्रियाकलाप गर्नसम्म पनि पछि पर्दैनन् । तरेली संगित कुञ्जको प्रस्तुतीमा केही दिनअघि सार्वजनिक भएको सर्ट मुभी सेल्फी मा पनि यही कुरालाई बिषयवस्तु बनाउन खोजिएको छ । रेशम सापकोटाको निर्देशनमा बनेको यो मुभीमा विशाल मेचे र खुशी क्षेत्रीको अभिनय छ ।



मान्छे आफ्नो इच्छा पुरा गर्नको लागि के सम्म गर्दैन? यूरोपकी एक १८ वर्षिया केटी एलेक्सजेन्ड्रा खफ्रेन ले आफ्नो सपना अनि इच्छा पुरा गर्नको लागि जे गरिन त्यो सामान्य छैन। एक अन्तर्वाताको क्रममा उनले आफ्नो ‘भर्जिटिनी’ (कुमारित्व) बेचेको खुलासा गर्दा कार्यक्रमका होस्ट पनि चकित परे।

एलेक्सजेन्ड्राले आफ्नो बाबुआमालाई घर उपहार दिन आफ्नो भर्जिनिटी १० लाख युरोमा बेचिदिइन। आफ्नो आमाबाबुसंग घर नभएकाले परिवारको खुसीको लागि उनले यस्तो गरेको अन्तर्वाताको क्रममा बताइन। परिवारलाई घर अनि आफु अक्सफोर्ड यूनिभर्सिटीमा पढ्न चाहन्थिन, तर उनीसंग यसको लागि पैसा थिएन अनि उनले यस्तो कदम चाल्ने सोच बनाइन।

जब उनी १५ वर्षकी थिइन तब टिभीमा कुनै फिल्ममा एक केटीले आफ्नो जरुरत पुरा गर्न एकरातको लागि आफुलाई बेचेको देख्छिन्। फिल्मबाट प्रभावित भएर एलेक्सजेन्ड्रा सोच्छिन् कि किन एक रात बिताएर पैसा नकमाउने? त्यसपश्चात एक अनलाइन एस्कोर्ट एजेन्सीलाई सम्पर्क गरि उनले आफ्नो भर्जिनिटीको अनलाइन बोली लगाइन।

भर्जिनिटीको लागि प्रमाण
अन्तर्वार्ताको क्रममा उनले आफ्नो अनुभव सेयर गर्दै भनिन कि यो कामको लागि उनले आफ्नो कुमारित्वको प्रमाणको लागि परिक्षा समेत दिनुपर्यो। यो क्रममा उनलाई कुनै इमोशनल विचार आएन बरु विजनेस सम्झेर उनले यो काम गरेको बताइन।एजेन्सीकाे सहयाेगमा

एजेन्सी । चर्चित बलिउड नायिका प्रिति जिन्टाका कजन ब्रदर नीतिन चौहानले आत्महत्या गरेका छन् । चौहानले शुक्रबार बिहान आफ्नो नीजि कार भित्रै कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् । कारबाट रगत बगेको देखेपछि उनका परिवारले पुलिसलाई खबर गरेको बताइएको छ । चौहानले दायाँ साइडबाट हानेको गोली बायाँ साइडबाट निस्केर कारमा फसेको प्रहरीले बताएको छ ।

साथै घटनास्थलमा चार पेज लामो दुईवटा सुसाइड नोट भेटिएको छ । एउटा सुसाइड नोट कारभित्र भेटिएको थियो भने अर्को उनको घरबाट बरामद गरिएको बताइएको छ ।

उक्त नोटमा चौहानले आफ्नो मृत्युको लागि उनकी श्रीमती र उनको परिवारलाई जिम्मेवार देखाएका छन् । साथै ससुराली खलकलाई पनि आफ्नो ५ वर्षे छोरालाई भेट्न नदिएकोमा दोषी देखाएका छन् ।दुई वर्षदेखि नीतिन चौहान र की श्रीमती उनीसँग छुट्टिएर बसेकी छिन् ।

खोटाङ / जम्मु कास्मिरमा पाकिस्तानी सेनासँग भएको गोली हानाहानमा खोटाङको रतन्छा–५ का असिम राईको मृत्यु भएपछि गाउँ शोकमा डुवेको छ। भिडन्तका क्रममा ३१ वर्षीय राईको मृत्यु भएपछि उनको गाउँ रतन्छा शोकमा डुबेको हो। गत मंगलबार बिहान ५ बजे झुक्क्याएर आएका उग्रबादी समूहको आक्रमणमा आर्मी नम्बर ९४२४७१४ एन भएका असिनको मृत्यु भएको काका तुलराज राईले बताए।

युद्धमा ‘वीरगती’ प्राप्त गरेको भन्दै मृतकको शव घरमा ल्याउन नदिइए पछि असिनका आफन्त बागदुग्रा पश्चिमबंगाल पुगेर बिहिबार दाहसंस्कार गरेर फर्किएका छन्। जम्मुकास्मिरमै भएको गोलीहानाहानमा रतन्छा–३ का रुद्र राई गम्भीर घाईते भएको केही समय नबित्दै रतन्छाकै असिनले ज्यान गुमाएका हुन्। असिनको मृत्युको बिषयमा जम्मुकास्मिरमै भारतीय सेनामा कार्यरत रतन्छाका श्याम राई र छिमेकी गाबिस टेम्माका पवन राईले घरमा फोनमार्फत जानकारी दिएका थिए।

दाहसंस्कार गर्न बागदुग्रा पुग्दा असिनको छातीमा दुई ठाउँ, तिघ्रामा दुई ठाउँ र घुँडामुनि एक ठाउँमा गोली लागेको देखिएको काका तुलराजले जनाए। ‘असिनको गोली लागेर मृत्यु भएको खबर आयो, शव ल्याउन दिइएन,’ तुलराजले भने, ‘बागदुग्रा पुगेर दाहसंस्कार गरेर फर्कियौँ।’ नागरिक दैनिकमा प्रकाशित समाचार उल्लेख छ । भारतीय पुलिस अफिसरको पोशाकमा हतियारसहित आएका पाँच जनाको समूहले असिन कार्यरत एचक्यू सिआईएफ डि फोर्स रहेको स्थानमा आक्रमण गरेको थियो ।

१४ वर्षदेखि भारतीय राईफल म्यानकारुपमा कार्यरत असिन दुई महिना अघि मात्र युद्धग्रस्त क्षेत्र जम्मुकास्मिर पुगेका थिए। दोहोरो गोली हानाहानमा आक्रमणकारीतर्फका चार सहित ९ जनाको मृत्यु भएको जनाइएको छ। भारतीय पुलिस अफिसरको पोशाकमा जीपमा आएका उग्रबादी समूहले सेन्ट्रीलाई गोली हानेपछि भारतीय सेनाको गेष्टरुममा बम हानेको थियो। नक्कली भेषमा सुरक्षापोष्टभित्र छिरेका समूहले बिहान झिसमिसमै बम हानेर आक्रमण सुरु गरेपछि दोहोरो गोली हानाहान भएको थियो। सँगै कार्यरत साथीहरुका अनुशार सेनाको गेष्टरुपमा मेसमा निशस्त्र रहेको अवस्थामा असिनमाथि गोली हानिएको जानकारी आएको उनका भिनाजु भक्त राईले बताए। एक जर्नेलको बिदाईको मौका पारेर नक्कली भेष धारण गरेका समूहबाट भारतीय सेनामाथि आक्रमण भएको बताइएको छ ।

हेलिकोप्टरमा राखेर जम्मुकास्मिरबाट दिल्ली, कलकत्तामा फूलमाला र सलामी दिँदै ल्याउनेक्रममा दिउँसो २ बजे मात्र बागदुग्रामा असिनको शव ल्याइपुर्‍याइएको थियो। दाहसंस्कारका क्रममा भारतीय सेनाका सिपाहीदेखि लेफ्टीनेन्ट जनरलसम्मले असिनलाई सलामी अर्पण गरेको शव बुझ्न पुगेका भिनाजु भक्तले बताए। सलामीपछि आफन्तलाई जिम्मा दिइएको शव राईको संस्कार अनुशार दाहसंस्कार गरिएको छ। वीरगती प्राप्त गरेकाले असिनको शव नेपाल ल्याउन नदिइएको हो। ‘सम्मान र सलामी देखेर हामीलाई गर्व लाग्यो, मर्माहत मनलाई पनि चित्त बुझ्यो,’ भुपु भारतीय हवल्दार रहेका भक्तले भने, ‘एउटै देशका नागरिकजस्तो गरी बसियो, यही देशकालागि लडेर जीवन बलिदान गरेकाले यही देशमा दाहसंस्कार गर्नुपर्छ भनेर शव ल्याउन दिइएन।’

जम्मुकास्मिरमै केही हप्ता अघि पाकिस्तानी सेनाको गोली लागेका गम्भीर घाईते भएका रतन्छा–३ का रुद्र राईको उपचार भइरहेको छ। उनको अवस्था हालसम्म गम्भीर रहेको आफन्त सिताराम राईले बताए। उनको गालामा लागेको गोलीले दाँत नै उछिट्याएको छ । यसअघि पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै भएको भिडन्तकाक्रममा बिमलको कार्तिक १५ गते मृत्यु भएको थियो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

तर्क, विवाद र झैझडामा दिलचस्पी दिनु हुँदैन । प्रतिस्पर्धात्मक समय छ । पेसागत वा व्यवसायिक जीवनमा चुनौतीको सामना गर्नुपर्ने छ । आर्थिक समस्याले तनाव उत्पन्न हुनसक्छ । ज्ञानगुन र पठनपाठनको क्षेत्रमा मन जाँदैन् । सहयोगी हातहरू पछि हट्न सक्छन्, आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । प्रणयसम्बन्धमा पनि चिसोपन देखिनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

आज तृतीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ ।साथीभाइ, इष्टमित्र वा घरपरिवारभित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ । चन्द्रमा भए पनि आज मित्रवर्ग र सहयोगीहरूले मनले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Saturday, December 3, 2016


निद्रा भनेको हाम्रो जीवनको आधारभुत आवश्यकता हो । आधारभुत आवश्यकतामा खाना, पानी, निद्रा, सेक्स आदि पर्छन् । २४ घण्टामा कमसेकम ७ देखि ९ घण्टासुत्न सक्यो भने शरीरलाई फाइदा हुन्छ । जसका कारण ब्रेनलगायत शरीरका महत्वपूर्ण अंगलाई आराम दिन्छ ।निद्रामा ९० मिनेटको साइकल हुन्छ । पहिलो २० मिनेटलाई सुरूवाती निद्रा भनिन्छ । जुन निद्रामा हामीहरु तुरुन्तै उठ्न सक्छौं । यसलाई ‘स्टेप स्लिप’ भनिन्छ । त्यसपछि करिव ५० मिनेट गहिरो निद्रा हुन्छ । गहिरो निद्रामा पुगेपछि मानिसलाई उठाउन गाह्रो हुन्छ र साइकलको अन्तिम १०–१५ मिनेटमा सपनाहरु आउने हुन्छ । यसरी ढेड घण्टाको एउटा साइकल हुन्छ ।

निद्रामा करीब ५–६ वटा साइकल पुरा गर्नुपर्छ ।यसरी निद्रा साइकल पुरा भयो भने हामी बिहान उठिसकेपछि फ्रेसको महसुस गर्दछौ । निद्रा नलाग्न कारणहरु के के हुन् ? निद्रा नलाग्ने कारणहरु धेरै छन् । शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आध्यात्मीक कारणले गर्दा मानिसमा निद्रा नलाग्ने हुन्छन् ।

शारीरिक कारणमा धेरै किसिमका शारीरिक रोग, टाउको दुख्ने, भोक नलाग्ने, बिभिन्न किसिमका शारीरिक पिडाहरु हुन्छन् । सामाजिक कारणमा तनावहरु जस्तै आर्थिक, पारिवारीक, व्यक्तिगत तनावले गर्दा पनि निद्रा लाग्दैन । त्यसैगरी आध्यात्मिक मानिसहरुमा योग, व्यायाम ग¥यो भने र इच्छा पूरा ग¥यो भने निद्रा लाग्ने हुन्छ । अर्को मनोवैज्ञानिक कारणहरुमा डिप्रेशन, एन्जाइटी लगाएतका रोगहरु पर्दछन् ।

अर्को निद्रा आफैमा पनि एउटा रोग हुन्छ । जसलाई इन्सेम्निया भनिन्छ । निद्रा बढी लाग्ने पनि समस्या हो ? कोही कोही मानिसमा दिउँसै निद्रा लाग्ने रोग हुन्छ । यस्ता मानिसहरु महत्वपूर्ण कार्यक्रममा पनि निदाउछन् । त्यसैले चाहिने भन्दा धेरै निद्रा लाग्नुलाई नार्कोलेप्सी भनिन्छ । हामीहरु दैनिक ८–९ घण्टा सुत्ने गर्छौं तर नार्कोलेप्सी भएकाहरु त्यो भन्दा धेरै बढी सुत्ने हुन्छन् । साथै कोहीकोहीलाई दिउँसो निद्रालाग्ने भनेको धेरै खाना खाएपछि हो । यसमा मानिसलाई एक्कैछिन मात्र निद्रा लाग्छ र फ्रेस हुन्छ ।

दिउँसो निद्रा लागेर दैनिक कार्यमा धेरै असर ग¥यो भने केही औषधिहरु खानुपर्ने हुन्छ तर नेपालमा यो औषधि हालसम्म उपलब्ध छैन । यदि दिउँसो निद्रा लाग्छ भने सकमेसम्म ननिदाउनु नै उचित हुन्छ । निद्रासँग सम्बन्धित कस्ता समस्याहरू देखिन्छन् ? धेरै रोगहरु निद्रासँग सम्बन्धित हुन्छ । डिप्रेशन, एन्जाइटी जस्ता बिभिन्न रोगहरुमा निद्रा नै पहिलो समस्या हो ।

डिप्रेशन, एन्जाइटी तथा अन्य मनोवैज्ञानिक रोगको पहिलो लक्षण नै निद्रा नलाग्नु हो । यसबाहेक रोगलाग्दा, चिन्ता, दुखाई, डर, मानसिक तनाव आदीका कारणले पनि निद्रा नलाग्ने हुनसक्छ । कुनै रोग नलागि विभिन्न कारणले मानसिक तनाव हुने र त्यसले निद्रा नलाग्ने हुनसक्छ । निद्रा नलाग्ने समस्याहरु पनि विभिन्न किसिमका हुन्छन् । कहिले काँही थकानले सुत्न लागेपछि १÷२ घण्टासम्म निद्रा नलाग्ने वा २ देखि ३ घण्टापछि निद्राखुल्ने र फेरी निद्रा नलाग्ने हुन्छ ।

राती निद्रा खुलेर पुनः सजिलै लाग्छ, भने यो रोग भने होइन । निद्रामा बरबराउने किन हुन्छ र बरबराउनु रोग हो ? निद्राको साइकल हुन्छ । त्यो साइकल पार गर्दै जाँदा सपनाहरु आउने हुन्छ । सबै मानिसलाई प्रत्येक दिन सपना आउँछ तर जसलाई निद्राको समस्या हुन्छ, त्यस्ता मानिसले धेरै सपना देख्ने हुन्छ । किन भने धेरै जसो सपनाहरु गहिरो निद्रामा देखिन्छ ।

गहिरो निद्रामा आएको सपना सम्झिन सकिदैन । तर कम गहिरो निद्रामा आउने सपना मात्र सम्झने हुन्छ । त्यसैले कहिलेकाँही सपनामा आउने कुराहरु बरबराउने हुन्छ । निद्राको कारणले नै बरबराउने हुन्छ । यो रोग होइन, यस्तो समयमा मानिसलाई पनि थाहा हुदैन । यो सपनासँग आउने मात्र हो । निद्रामा दाह्रा किट्ने कस्तो समस्या हो ? यो पनि निद्रामै हुने भएको हुँदा मानिसलाई थाहा हुदैन । यो पनि रोग होइन । यसलाई गम्भीर रुपमा लिनुहुदैन । निद्राको समयमा ऐठन किन पर्छ ? सुतेको समयमा शरीरका अंगहरु चल्ने हुन्छ ।

तर कहिले काँही कुनै अंगमा प्रेसर प¥यो भने त्यस ठाँउमा राम्रोसँग रक्तसंचार हुन पाउदैन । त्यस समयमा श्वासप्रश्वास बन्द भएको जस्तो हुन्छ । यस्तो अवस्थामा चेतनमा भएपनि निद्रामा भएका कारण मानिस चल्न सक्दैन जसले ऐठन हुन्छ । अर्को कारण एउटै पोजीसनमा लामो समयसम्म सुतेमा पनि ऐठन हुने हुन्छ । मानिस चलेमा यो आफै ठिक भएर जान्छ । निद्रामा हिड्ने कस्तो समस्या हो ? यसलाई चिकित्सकीय भाषमा सोम्नबोजिम भनिन्छ । सोम्नबोजिम भनेको निद्रामा हिड्ने समस्या हो ।

व्यक्ति आफैलाई निद्रामा हिँडेको थाहा हुदैन । यो समस्या गहिरो निद्रामा नपुग्दै सपनाको कारणले हुन्छ । यस्तो समस्यामा व्यक्तिलाई गहिरो निद्राको लागि औषधि पनि दिन सकिन्छ । यस्तो समस्या भएकाहरुले झ्याल, ढोकाको चुक्कल राम्रोसँग लगाउने जस्ता सावधानी अपनाउनु पर्छ । यसले शारीरिक असर गदैन तर कहिले काँही दुर्घटना हुन जान्छ । निद्रा लगाउने उपाएहरु के के हुन् ? जसलाई राती निद्रा लाग्दैन त्यसले राती सुत्ने र बिहान उठ्ने समय एउटै बनाउनु पर्छ ।

राती निद्रा लागेन भनेर बिहान ९ बजेसम्म सुत्नु हुदैन । बिहान नियमित एउटै समयमा उठ्नु पर्छ । त्यसैगरी यस्ता समस्या भएकाले चिया, कफि, सुर्तिसेवन गर्नुहुदैन । निद्रा नलाग्ने समस्या भएकाले सुत्नुपूर्व हल्का व्यायाम गरी तातो पानीले नुहाउने गर्नुपर्छ । साथै सुत्ने कोठालाई अँध्यारो र शान्त राख्नुपर्छ । बेडमा गएर निद्रा नलागेमा पुस्तकहरु पढ्ने गर्नुपर्छ । राती सुत्दा हलुका खानाखाने गर्नुपर्छ । बुझ्नैपर्ने कुरा रक्सिले निद्रा लगाउँछ भन्ने भ्रममा पर्नु गलत हो । रक्सि सेवनले केही समय निद्रा लगाउने भएता पनि पछिगएर रक्सिले नै निद्रा नलाग्ने समस्या उत्पन्न हुन सक्छ ।

निद्रा नलागेमा के गर्ने, के नगर्ने ?

छिटो सुत्ने
एउटै समयमा सुत्ने र उठ्ने
निदाउनको लागि मदिरा नपिउने
चुरोट/सुर्ती सेवन नगर्ने
 भोकै नसुत्ने तर हल्का मात्रै खाने
नियमित शारीरिक गर्ने
 सुल्नु भन्दा पहिले करिव आधा घण्टा आराम गर्ने
निद्राको लागि औषधी प्रयोग नगर्ने
सुत्नु भन्दा पहिले मनतातो दुध वा पानि पिउने
सुत्नु भन्दा पहिले मन तातो पानीले नुहाउने
तनाव घटाउने # रोगको कारणले हो भने उपचार साभार -डाक्टर सुबोध पोख्रेल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

पहिलेका वाचा पूरा गर्न दौडधूप गर्नुपर्ने छ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ । घरखर्चको मात्रा बढ्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Friday, December 2, 2016


एजेन्सी- दुनियामा अनेकथरी रेष्टुरेन्ट छन् ।जुन तपाईले सुनेपछि अचम्म लाग्न सक्छ । यहाँ त्यस्तै हाँस उठ्दो रेष्टुरेन्ट छ जहा काम गर्ने सबै वेटरले टाउकोमा कण्डम लगाएका हुन्छन् ।



थाइल्याण्डको बैंककमा रहेको क्याबेज एण्ड कण्डम नामको उक्त रेष्टुरेन्टमा धेरै ग्राहकहरु खनाको स्वादले भन्दा पनि कण्डमको टोपी लगाएका वेटरलाई हेर्नकै लागि जान्छन् ।

हेर्दा अचम्म मात्र होइन देख्दा पनि लोभलाग्दो छ यो रेष्टुरेन्ट । सजाइएका सामानहरु समेत कण्डमबाटै तयार पारिएका छन् । त्यहा आउने ग्राहकहरुलाई समेत सित्तैमा कण्डम बाँडिन्छ । यो रेष्टुरेन्ट यौन आकर्षण बढाउने हिसाबले मात्र नभइ एड्स विरुद्धको अभियानमा लागिरहेका समाजसेवी मेकाइ विरावैद्यले यसको स्थापना गरेका हुन् ।

एचआइभी एड्सबाट बचाउन तथा सुरक्षित यौनसम्पर्कका विषयमा जनचेतना फैलाउनु यो रेष्टुरेन्टको उद्दयश्य रहेको छ ।

कण्डम प्रयोग गर्न र चर्चा गर्न लाज मान्नुपर्ने विषय होइन भन्ने कुरा बुझाउनका लागि सबैजना वेटरको टाउकोमा कण्डम लगाइएको हो ।ँ



बेलायतको कोवेन्ट्री युनिभर्सिटीले विश्वविद्यालयले क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई नगद रकम दिने भएको छ ।
सेक्स जोडीहरुलाई विश्वविद्यालयले पुरस्कार स्वरुप ४ सय पाउण्ड नगद दिने भएको हो । सेक्स गर्ने महिला तथा पुरुषको उमेर १८ देखि २५ वर्ष उमेरभित्रको हुनुपर्ने विश्वविद्यालयको नियम छ ।


विश्वविद्यालयले सुरक्षित सहवासलाई प्रवर्द्धन गर्नका लागि चलाएको अभियान अन्तर्गत यस्तो कार्य अघि सारेको हो । यो अभियानका लागि विश्वविद्यालयले आफ्नो पार्टनरसँग क्यामराको अगाडि सेक्स गर्नसक्ने जोडीको खोजीमा छ ।

यसरी खिचिएका भिडियोहरुमार्फत् विश्वविद्यालयले सुरक्षित यौन सम्पर्कका विषयमा चेतना जगाउने र कण्डम प्रयोगको दरलाई बढाउने लक्ष्य लिएको छ । – एजेन्सी


पोर्नस्टारबाट बलिउडमा पाइला हालेकी अभिनेत्री सनी लियोनीले बुधबार मोबाइल एप लन्च गरेकी छिन् । आफ्नो बलिउड यात्राबारे बताउँदै सनीले त्यो एप लन्च कार्यक्रममा भनिन्, ‘बलिउडमा आएर मलाई एडजेस्टमेन्ट गर्नुपर्ने भयो । यहाँ जुन तरिकाले काम हुँदो रहेछ, त्यो मेरा लागि परिवर्तन हुँदैन भन्ने मैले सुरुवातमै बुझेकी थिएँ । बलिउड नयाँ भए पनि मैले यसलाई छोटो समयमा नै माया गरेँ ।’ उनले थपिन्, ‘तर, यहाँ संघर्ष कहिल्यै सकिँदो रहेनछ । म हिजो पनि संघर्ष गरिरहेकी थिएँ र आज पनि गरिरहेकी छु ।’ त्यही कार्यक्रममा मिडियाले सनीलाई प्रश्न गरे, ‘अरू बलिउड स्टार कसको एप आओस् भन्ने चाहनुहुन्छ रु’ यसमा सनीले खुलेर जवाफ दिइन् । उनको रोजाइमा दुई बलिउड कलाकार थिए । ती दुई हुन्– सोनम कपुर र रणवीर सिंह । सोनम नयाँनयाँ ठाउँमा बारम्बार यात्रा गर्ने भएकाले पनि उनका लागि एप चाहिने सनीको तर्क थियो । नयाँ पत्रिकाबाट ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

सुरुमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा जोस र जाँगर बढ्ने दिन छ, महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Thursday, December 1, 2016


कन्चन शर्मा प्रकरण सेलाउँदै जाँदा बाहिरियो १२ बर्षअघिकी कन्चन शर्माको यो भिडियो(भिडियो सहित)


रत्नपार्कको यौन व्यापार, एकपटकको १५ सय, रातभरीको ४ हजार ! यसरी हुन्छ मोलमोलाई (भिडियो) 



 सबैलाई थाहा छ भारतीय सेलिब्रेटी क्रिकेटर बिराट कोहोली बलिउड अभिनेत्री अनुष्का शर्मासँग सम्बन्धमा छन् ।तर पछिल्लो समयमा उनले अनुष्का नभएर अर्कै एक बलिउड हिरोइनसँग रोमान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ ।तपाइँलाई कौतुहलता लाग्यो होला कसरी यस्तो भो भनेर ।

विराटले रियल लाइफमा नभएर अन स्क्रिन मात्र बलिउड अभिनेत्री जेनेलियासँग रोमान्स गरेका हुन् । हालै सार्वजनिक गरिएको एक भिडियो विज्ञापनमा विराट र जेनेलिया रोमान्टिक मुडमा चुम्बन गरिरहेका देखिन्छन् । यता उक्त तस्विर र भिडियाे सार्वजनीक भएपछि अनुस्का शर्मा बिराट काेहलीसंग रिसाउदै अाएकी छिन ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

click in the link for video




जाजरकोट, १७ मङ्सिर । परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो ।

जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय गरेको हो । कमलाका पति राजु विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन् ।

पति वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले केही बेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन् । उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।


बढ्दो उमेरसंगै केटीहरुको शरिरमा कयौं परिवर्तन आउँछ। यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सहि समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ। २० वर्ष उमेर कटेपछि केटीमा आउने केही परिवर्तनबारे चर्चा गरिएको छ।

तौल बढ्नु
२० वर्षको उमेर पश्चात केटीहरुको मेटाबोलिज्म ढिलो हुन थाल्छ। जसको कारण शरिरको तौल बढ्ने गर्छ।

समाधान: धेरै चिल्लो अनि गुलियो खाना खानबाट बच्नुपर्छ। दैनिक ३० मिनेट हिड्ने वा कसरत गर्नाले शरिरको तौल नियन्त्रण गर्न सकिन्छ।

रजस्वला
सामान्यतया टिनएजको सुरुवातबाटै रजस्वला चक्र सुरु भएपनि २० वर्षको उमेर पश्चात यो चक्रको समय हर्मोनल इन्ब्यालेन्सको कारण तलमाथी हुन सक्छ।

समाधान: खानामा फल र हरियो सागपातको मात्र बढाउनु पर्छ। जसमा भरपुर आइरन, भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स हुन्छ। यसले रजस्वला नियमित गर्न सहयोग गर्छ।

कपाल
२० वर्षको उमेर पश्चात केटीहरुको छाती, पेटमा रौं बढ्न सक्छन्। साथै हर्मोनल परिवर्नको कारण कपाल सुख्खा हुने समस्या देखिन सक्छ।

समाधान: कपाल हटाउन हेयर रिमुभर क्रिमको वा रेजरको प्रयोग गर्न सकिन्छ। लेजर गरेर सधैको लागि रौँ हटाउन सकिने प्रविधि पनि अहिले उपलब्ध भइसकेको छ।साथै सुख्खा कपालको समाधानको लागि ३-४ चम्चा जैतुनको तेलले मालिस गर्न सकिन्छ।

डण्डिफोर
उमेर बढ्दै जाँदा केटीको शरिमा हुने हर्मोनल परिवर्तनको कारण डण्डिफोर आउने अनि छाला सुख्खा हुने समस्या देखिनसक्छ।
समाधान: धेरै तेल वा चिल्लो भएको खाना खानु हुँदैन। दिनमा २-३ पटक सफा पानीले मुख धुन सकिन्छ।
विशेष टिप: डण्डिफोर समाधान गर्ने एक अचुक उपाय पनि छ। सुन्दा अनौठो लाग्छ तर यसको प्रयोगले केही समयमा अनुहारको छाला सफा अनि पुराना दाग पनि कम गर्छ। दिनमा एकपटक दाँत माझ्ने मञ्जन (पेन्सुडेन्ट, क्लोजअप वा सेन्सोडाइन) अनुहारमा लगाउने, ५-१० मिनेट पछि सफा पानीले पखाल्ने।

रोगप्रतिरोध बढ्छ
२० वर्षको उमेर पश्चात विभिन्न हर्मोनल परिवर्तनको कारण केटीहरुको रोग प्रतिरोध क्षमता बढ्छ।

ध्यान दिनुपर्ने कुरा:
१ उमेर बढेसंगै वक्षस्थलको आकार पनि बढ्दै जान्छ। स्तनमा हुने कुनै प्रकारको परिवर्तन, जस्तो चिलाउने, सुन्निने वा गाँठो पर्ने भए तत्काल डाक्टरको सल्लाह लिनु उचित हुन्छ। यस्तो कुनै ठूलो स्वास्थ्य समस्याको संकेट हुन सक्दछ।

२ ओठको रंग यदि गुलावको छैन। यो नरम नभई सुख्खा छ भने कलेजोको समस्या हुन सक्दछ।

३ धैरै हिड्दा मसल स्ट्रेनको कारण खुट्टाको तल्लो भागमा दुखाइ हुन सक्छ। यदि लामो समय यो दुखाइ रहिरहे खुट्टा सुनिन सक्छ, यो ब्लड क्लटको संकेत हुन सक्छ। यदि यस्तो भए डाक्टरको सल्लाह लिनु उचित हुन्छ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपत्नीबीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्छ । सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Wednesday, November 30, 2016



काठमाडौं— उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ।  जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

डा. केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि वार्ताबाट निष्कर्ष निकाल्न सरकार उदासीन रहेपछि चिकित्सकले आन्दोलन कडा बनाउँदै छन्। केसीको अनशन र मागप्रति १९ दिनसम्म मौन बसेको चिकित्सक संघसमेत विरोधका कार्यक्रममा अग्रसर भएको छ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै पूरा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । समयसीमाभित्र माग पूरा नभए देशव्यापी सेवा बहिष्कार गर्ने चेतावनी गोदानको छ ।

 केसीले उपकुलपति खनियाँको बर्खास्तगी वरिष्ठता आधारमा आइओएममा डिन नियुक्ति, एमबिबिए शुल्क निर्धारण, आइओएमलाई अधिकतम आर्थिक तथा प्रशासनिक स्वायत्त बनाउनुपर्ने, चिकित्सा शिक्षा ऐन नआउँदासम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठनलगायत माग अगाडि सारेका छन् ।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका आवासीय चिकित्सकले मंगलबारदेखि सेवा छाडेकामा बिहीबारदेखि वीर अस्पतालका आवासीय चिकित्सकले पनि आकस्मिकबाहेक सेवा छाड्ने घोषणा गरेका छन् ।

केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), चितवन, पोखरा, काभ्रे, उदयपुर, बुटवल, नेपालगन्ज, धनगढी र दोलखालगायत ठाउँमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा छाडेर सडकमा उत्रिएका छन् । वीर तथा ट्रमामा कार्यरत रेजिडेन्ट चिकित्सकले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालअगाडि धर्ना दिएका छन् ।

अनशनको १८ दिनसम्म समस्याले निकास नपाउनुमा  स्वार्थी समूह सक्रिय भएको र त्यो समूहले माग पूरा हुन नदिन राज्यपक्षसँग मिलेर भाँजो हालेको आरोप गोदानको छ । गोदानले २४ घन्टाभित्र केसीका माग पूरा गर्ने सहमति गरी अनशन नटुंग्याए सरकारी स्वास्थ्य संस्थाबाट निर्वाध सेवा प्रवाह हुन नसक्ने जनाएको छ ।

केसीको माग र अनशनप्रति अनुदार देखिएको चिकित्सक संघले समेत बिहीबारदेखि बन्द कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो दिन बिहान १० देखि ११ बजेसम्म अस्पतालका आकस्मिकबाहेक सेवा बन्द गरी सम्बन्धित संस्थाका परिसरमा उभिएर डा. केसीको जीवनरक्षा अभियानमा सरिक हुने घोषणा उसले गरेको छ । यसअघि नै संघका पोखरा र चितवन शाखाले छुट्टै विरोधका कार्यक्रम सार्वजनिक गरेर आकस्मिकबाहेक सेवा छाडिसकेका छन् ।

संघका आजीवन सदस्य डा. केसीको जीवन नै गम्भीर मोडमा पुगेको भन्दै यस्तो अवस्थामा समेत सम्बद्ध पक्ष संवेदनशील नभएको आरोप संघले लगाएको छ । संघले केसीको जीवन रक्षार्थ सरकारले आवश्यक कदम नचाले अन्य कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ ।

चिकित्सा शिक्षामा सुधारका लागि जीवनकै बाजी लगाएर लडिरहेका डा. गोविन्द केसीले उठाएका प्रमुख माग सम्बोधन गर्नुको साटो सरकारी वार्ता टोली तत्काल अनशन टुंग्याउने सहमतिका पक्षमा देखिएको छ । केसीले अनशन तोड्ने बटमलाइन बनाएको त्रिवि उपकुलपति तीर्थ खनियाँ र आइओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) का डिन डा. केपी सिंहलाई हटाउनुपर्ने मागमा सरकारी टोली कठोर रुपमा प्रस्तुत भइरहेको छ।

केसीतर्फबाट वार्तामा सहभागी चिकित्सकका अनुसार सरकार डिन र उपकुलपतिलाई हटाउने वा राजीनामा गराउने पक्षमा छैन् । सरकारी टोलीले आइओएमा डिन नियुक्तिका लागि मापदण्ड बनाउन समिति  बनिसकेको भन्दै समिति नबन्दासम्म डा. सिंहलाई राखिराख्न केसी पक्षलाई दबाब दिइरहेको छ । उपकुलपतिलगायत उच्च तहको प्राज्ञिक नियुक्तिका लागि पनि तत्काल मापदण्ड बनाउने र उपकुलपतिका रुपमा खनियाँले गरेका गलत कामलाई उच्चस्तरीय छानबिन समितिको कार्यक्षेत्रभित्र पार्ने प्रस्ताव सरकारी टोलीले गरेको छ ।

तर केसी पक्षले भने तत्काल डिनलाई बर्खास्त वा राजीनामा गराउन माग राखेको छ । वरिष्ठता मिचेर डिन बनाइएका सिंहलाई कायम राख्दा बसेको थिति पनि भत्किने भएकाले केसीको बटमलाइन डिनको बर्खास्तगी रहेको छ ।

वार्ता पाँच दिनदेखि जारी छ । तत्काल न्यायिक छानबिन आयोग गठन, चिकित्सा शिक्षासम्बन्धी ऐन अगाडि बढाउने, ऐन नआउँदासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने र मेडिकल कलेजमा एमबिबिएस अध्ययन शुल्क निर्धारणमा दुबै पक्ष सहमत भइसकेका छन्।

केसीका तर्फबाट वार्तामा संलग्न डा.जीवन क्षत्रीले बुधबार पनि मंगलबारको जस्तै कुनै ठोस प्रगति नभएको बताए । सरकारी वार्ता टोलीका संयोजक शिक्षासचिव शान्तबहादुर श्रेष्ठले आफू थिति बसाल्ने पक्षमा रहेको भन्दै त्यो आधारमा ल्याएको प्रस्ताव केसी पक्षलाई मान्य हुननसकेको बताए ।

‘म थिति बसाल्न आएको हुँ, बिर्गान हैन,’ उनले भने, ‘स्थायी रुपमा सिस्टम बसाल्ने गरी काम गर्छौं, व्यक्तिमा नजाऔं भन्ने हाम्रो आग्रह रह्यो,’ उनले भने । उनले कुरा यसैमा अड्किएको बताए ।

यसअघि सरकारले चिकित्सा शिक्षामा सुधारका लागि पटकपटक  सम्झौता गर्दै उल्लंघन गरेकाले डा. केसी आफ्नो दसौं अनशन उपलब्धिबिना तोड्ने पक्षमा छैनन्।

केसीले उपकुलपति खनियाँको बर्खास्तगी वरिष्ठता आधारमा आइओएममा डिन नियुक्ति, एमबिबिए शुल्क निर्धारण, आइओएमलाई अधिकतम आर्थिक तथा प्रशासनिक स्वायत्त बनाउनुपर्ने, चिकित्सा शिक्षा ऐन नआउँदासम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठनलगायत माग अगाडि सारेका छन् ।

काठमाडौं, मंसिर १६ – सलमानको घरमा आयोजित पार्टीमा पुगेका शाहरुख बिहान चार बजे निस्किए, उनलाई छाड्न सलमान बाहिर आए र यी दुईले अँगालो मारे ।
बलिउडका दुई खान सलमान र शाहरुखको नाम प्रशंसकले पनि हम्मेसी सँगै लिँदैनन् । यस्तो किनभने यी दुईबीच लामो समययता ‘कोल्डवार’ जारी थियो ।

तर, अब यस्तो सम्बन्ध इतिहास बनेको छ । अर्थात्, शाहरुख र सलमान एक–अर्काका ‘साथी बनिसकेका’ छन् । त्यसैले पनि हुनुपर्छ, यी दुई अब एक–अर्काको घरमा आयोजना भएका पार्टीमा पुग्न थालेका छन् । शाहरुखले ‘कोल्डप्ले ब्यान्ड’को सम्मानमा राखेको पार्टीमा सलमान गएको धेरै लामो भएको छैन ।
त्यस्तै, अब सलमानले आयोजना गरेको पार्टीमा शाहरुख पुगेको समाचार अहिले बलिउडमा भाइरल भएको छ । सलमानले ग्यालेक्सी अपार्टमेन्टमा राखेको पार्टीमा शाहरुख मध्यरातमा पुगेका थिए ।नयाँ पत्रिकाले छापेको छ ।
उनी त्यहाँ बिहान चार बजेसम्म बसेको भारतीय मिडिया दैनिक भास्करले लेखेको छ । यति मात्र होइन, पार्टीको अन्त्यमा सलमान शाहरुखलाई ‘सि–अफ’ गर्न पनि पुगे । शाहरुख गाडीमा बस्नुअघि यी दुईले अंकमाल पनि गरे । अहिले यही समाचार बलिउडमा व्यापक चर्चामा छ ।


हात्तीको आचीबाट कफीका साथ साथै बियर बन्दै छ भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्दछ तर अब यो संभव भइसकेको छ।तपाई हामिले पनि हात्ती आचीबाट भनेको कफी र बियर स्वादिलो मान्दै पिउन सक्छौ। हात्तीको गोबरमा कफी भने केही समय अघिनै उत्पादन हुन शुरु गरेको हो।

हात्तीको गोबरबाट बनेको यो कफीलाई मानिसले खुब रुचाए।हाल हात्तीको गोबरबाट बनेको यो कफीलाई प्रतिकिलो करिब ९० हजार नेपाली रुपैया पर्दछ।भर्खरै एक जापानी कम्पनीले हात्तीको गोबरबाट बियर बनाउन शुरु गरेको छ।

सेक्ट गेलेन नाम गरेको यो कम्पनीले माटो जस्तो वास्ना आउने गरि यस्तो बियर उत्पादन गर्ने लागेको हो । कम्पनीले यो बियरको नाम ‘उन कोनो कुरो’ राखेको छ। यो बियरको लागि हात्तीलाई विशेष अन्न खुवाइन्छ। त्यसपछी हात्तीले गर्ने गोबरबाट बियर उत्पादन गरिन्छ।एजेन्सीकाे सहयाेगमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

जिम्मेवारीप्रति सचेत रहनुपर्छ, परिश्रम र मिहिनेत गर्न सकेमा बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको सफलता पाउन सक्नुहुन्छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । आर्थिक समस्याले पिरोल्ने छ । व्यापारव्यवसायमा सामान्य छ । आर्थिक पक्षमा ठूलो फड्को मार्न सक्नुहुन्न । पारिवारिक जीवन सामान्य छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।