Sunday, October 2, 2016



एजेन्सी /  सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ

एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सारा विश्व नै भ्यालेन्टाइन दिवसलाई भव्य रूपले मनाउने तरखर गरिरहेका छन्। यसैक्रममा, ‘साइकोलोजी टुडे’मा प्रकाशन भएको अनुसन्धानको एक रिपोर्टले भने एकल हुनुका केहि फाइदाहरूलाई टिपोट गरेको छ।

“एकल व्यक्तिहरू अरूभन्दा लचिलो हुन सक्छन्”

विज्ञहरू भन्छन्, एकल व्यक्तिहरूले कुनै पनि जटिल मुद्दामामलालाई विवाहित व्यक्तिले भन्दा सजिलो तरिकाले हल गर्न सक्दछन्। सायद यो कुरा ठीकै हुन सक्छ, किनभने विवाहितले जस्तो एकल व्यक्तिले भावनात्मक झञ्झटलाई बेहोर्नुपर्दैन र वैकल्पिक ढङ्गले जुनकुनै अवस्थालाई पनि सामना गर्न सक्दछ।

“एकल व्यक्तिहरू सामाजिक क्रियाकलापमा बढि अग्रसर हुन्छन्”

हुन पनि हो, अधिकांश विवाहित व्यक्तिहरू आफ्नै परिवारको उत्तरदायित्व निर्वाह गर्नमै व्यस्त हुने गर्छन्। पुराना साथीहरू अनि परिवारका जेष्ठ सदस्यहरूसँग समय बिताउन पाउँदैनन्। तर ठ्याक्कै विपरीत, एकल व्यक्तिलाई पारिवारिक बोझले ओगटेको हुँदैन।

“एकल व्यक्तिको व्यक्तिगत सम्बन्ध सच्चा हुन्छ”

हुन त एकल व्यक्तिका साथीको जमात त्यति ठूलो हुँदैन, तर जति पनि साथीसङ्गी हुन्छन्, उनीहरूसँगको नाता एकदमै प्रगाढ हुन्छ।

“अधिकांश एकल व्यक्तिहरू रचनात्मकता र मौलिकतामा ध्यान दिने खालका हुन्छन्”

शान्त वातावरण रुचाउने एकल व्यक्तिले आफ्नो समयलाई कुनै रचनात्मक तथा बौद्धिक काममा लगाउने गर्छन्, जसले गर्दा उनीहरूको जीवन हरेक पक्षबाट समृद्ध हुन्छ।

एकल जीवन बिताउन पाउनु एक प्रकारको आशिर्वाद नै मान्न सकिन्छ। तर समाजले यो कुरा बुझ्दैन। सम्भावनाको सुनौलो अवसरले भरिएको यो जीवनलाई अझै खोतल्दै जाने मौका हो भन्न सकिन्छ एकल जीवनलाई।


काठमाडौँ, १६ असोज । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।

महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भई सो संस्थामा कार्यरत गणेश अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अधिकारीले काठमाडाँै, नागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी सायसालाई आफ्नो विभिन्न चिकित्सकसँग राम्रो चिनजान रहेकाले यही असोज १५ गतेदेखि हुने एमबिबिएस परीक्षामा उत्तीर्ण गरीदिन्छु भन्दै रु दुई लाख मागेका थिए ।

आमा विमलाले अन्य व्यक्तिलाई बुझ्दा त्यसरी उत्तीर्ण गराउन नसक्ने यकिन भएपछि महाशाखामा आई निवेदन दिनुभएको थियो । त्यसपछि महाशाखाबाट सादा पोसाकमा पन्तका साथमा संस्थामा प्रहरी टोली खटी अधिकारीले मोलमोलाई गरिरहेको अवस्थामा गत बुधबार पक्राउ गरिएको हो ।

अधिकारीलाई सोधपुछ गर्दा सञ्चालक साहमार्फत सो काम हुने भनी बयान दिएपछि बिहीबार साहलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ । सञ्चालक साहले आफू चिकित्सक भएको बताई ठगी गर्ने गरेको भए पनि उनी चिकित्सक नभएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अभियुक्तलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
हेटौडा, १६ असोज । मकवानपुरबाट हेटौँडाका लागी छुटेको यात्रुवहाक बस दुर्घटनाग्रस्त बनेको छ ।

हेटौडा बजारबाट करिब ८ किलोमिटरको दुरीमा रहेको पदमोखरीको चकरीमकरीमा बस दुर्घटना परेको प्रहरीले जानकारी दिए पनि घटनाका विषयमा थप जानकारी आउन बाँकी नै छ ।

स्रोतका अनुसार बसमा कम्तिमा २० जना यात्रु सवार रहेको बताइएको छ ।

       
 
 हङकङमा बस्दै आएका नेपालीहरुबीच आइतबार बिहान ग्याङ फाइट भएको छ । बिहानै भएको ग्याङ फाइटका क्रममा त्यहाँस्थित प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन चार राउन्ड गोली हानेको छ । हङकङको जोर्डनमा आइतवार बिहान ६ बजेको समयमा नेपाली युवाहरुबीच छुरा हानाहान भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो ।
दुई नेपाली समूहबीच ग्याङ फाइट भइरहेको खबर ट्याक्सी ड्राइभरले दिएपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो। प्रहरी पुगेपछि पनि नेपाली युवाहरुबीच छुरा हानाहान भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा दुईजना गम्भीर घाइते भएका हुन्। उनीहरुलाई तत्कालै उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले चलाएको गोली एकजनाको कम्मर र खुट्टामा लागेको छ । अर्काको युवाको पाखुरामा गोली लागेको बताइएको छ । उनको टाउकोमा पनि छुराले गहिरो चोट लागेको बताइएको छ । घटनामा संलग्न युवाहरुको परिचय खुलिसकेको छैन । तर उनीहरु हङकङ आइडी होल्डर नेपाली रहेको त्यहाँस्थित एचके अन सीसीले उल्लेख गरेको छ । कारोबार दैनिक

Saturday, October 1, 2016


सिन्धुपाल्चोक, असोज १५ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालका केही ठाउँमा गएरातिदेखि मेघगर्जनसहित पानी परेको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा र पूर्वी वायु सक्रिय हुँदा विशेषगरी पहाडी क्षेत्रको मौसम बदली भएको मौसम विभागले जनाएको छ ।
बिहान मौसम खुले पनि बेलुकापख बदली भई फेरी पानी पर्ने अनुमान मौसम विभागले छ । मौसम विभागका अनुसार २४ घण्टामा धरानमा सबैभन्दा धेरै ५० दशमलव ५ मिलिमिटर पानी परेको छ ।तर पश्चिमको मौसम भने सफा रहेको छ ।
त्यस्तै सिन्धुपाल्चोकमा अबिरल वर्षापछि आएको पहिरोले एकै परिवारको तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाले शनिबार बिहान ३ बजेतिर घर माथिबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिल्सिना, उद्धब तिमिल्सिना र उनकी श्रीमती सम्झना तिमिल्सिना छन् ।पहिरोले पुरिएका दुइ जनाको उद्धार गरिएको छ ।
read more news at http://livenewsnp.blogspot.com/


काठमाडौँ, १५ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९ आँै शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्छ, त्यसका लागि सबै सदस्य राष्ट्र संवेदनशील हुन आवश्यक छ ।

क्षेत्रीय सहयोग र विकासलाई अघि बढाउन सार्क महत्वपूर्ण मञ्चका रुपमा रहेको हँुदा सदस्य राष्ट्रबीचको सुमधुर सम्बन्धले यस क्षेत्रको विकास र मञ्चको उपयोगिता बढ्ने बताउँदै परराष्ट्रमन्त्री डा महतले भन्नुभयो–“सदस्य राष्ट्रसँगको छलफलबाट उपयुक्त वातावरणको सुनिश्चितता गर्दै शिखर सम्मेलनको टुङ्गो लगाइने छ ।”

भारत–पाकिस्तानबीच सम्बन्धमा देखिएको पछिल्लो तिक्ततासँगै आगामी कात्तिकमा हुने कार्यसूची रहेको सार्क शिखर सम्मेलन स्थगन भएको हो । हाल नेपाल अध्यक्ष रहेको सार्कको आगामी शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक २४–२५ गते हुने तय भएको थियो । सार्कको बडापत्रमा कारणवश एउटा सदस्य राष्ट्र पनि सहभागी हुन नसक्ने परिस्थिति भएका खण्डमा शिखर सम्मेलन हुन नसक्ने प्रावधान छ ।

भारत– पाकिस्तानबीच उत्पन्न तनावसँगै सार्कका सदस्य राष्ट्र बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का लगायतले शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण उपयुक्त हुनुपर्ने भनाइ सार्वजनिक गरिसकेका छन् ।

राष्ट्र सङ्घको महासभाका अवसरमा सहभागी सबै खाले मञ्चमा नेपालका तर्फबाट राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितका ठोस ढङ्गबाट भनाइ प्रस्तुत गरिएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“महासभामा संयुक्त राष्ट्र सङ्घमार्फत विश्वशान्ति स्थापनार्थ गरेको योगदान, भूपरिवेष्ठित मुलुकले भोग्दै आएका समस्या र पाउनुपर्ने सुविधा, जलवायु परिवर्तन, आप्रवासीको सुरक्षा र रोजगारीका विषयमा नेपालका तर्फबाट ठोस ढङ्गले कुरा राखिएको छ ।”

नेपाली सेनाले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदान अनुरुपको जिम्मेवारी दिइनुपर्ने विषयमा पनि उहाँले महासभामा अरु भेटघाटमा कुरा राख्नुभएको थियो ।

उहाँले नेपालीले संविधानसभाबाट बनाएको संविधान धेरै समावेशी भएको तथा संविधानमा मानवाधिकार र महिला अधिकार लगायत अरु अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई व्यापक रुपमा समेटिएको हँुदा कार्यान्वयनको चरणतर्फ रहेका बारे त्यहाँ विभिन्न मञ्चलाई जानकारी गराउनुभएको थियो । अमेरिका लगायत मुलुकले नेपालको संविधानको स्वागत गर्दै सहयोग र समर्थन रहेको बताएको मन्त्री डा महतले जानकारी दिनुभयो ।

महासभामा भाग लिने क्रममा अमेरिकामा रहँदा परराष्ट्रमन्त्री डा महतले राष्ट्र सङ्घका महासचिव बान की– मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री जोन केरीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, कोलम्बियाका विदेशमन्त्री लगायतसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सकेपछि परराष्ट्रमन्त्री डा महत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन त्यसतर्फ जानुभएको थियो ।



सायद यस्तो क्षण जिन्दगीकै सबैभन्दा लज्जाजनक तथा अप्ठेरो क्षण हुन्छ होला । निकै गोप्य, अश्लील तथा आफ्नै पार्टनरका लागि लक्षित गरिएका चिजहरु अन्य व्यक्ति अझ आफ्नै बाउआमाको साथमा पुगे भने त्यसपछि छोराछोरीको हालत के होला ? छोराछेरीको त्यस्तो कृत्य देख्दा बाउआमाको प्रतिक्रिया के होला ?

आफ्नै केटा साथीका लागि मोबाइलबाट पठाएको आफ्नो नांगो तस्वीर यदि भुलबस बुवाको मोबाइलमा गयो भने परिणाम के होला ? यस्तै भोगेकी छिन् एकजना युवतीले । आफ्नो नाम तथा वतन नखुलाएकी ती युवतीले टि्वटर मार्फत यो भयावह क्षणको खुलासा गरिन् ।

टि्वटरमा डियरफ्यासन एनवाइवाइ नाम उल्लेख गरेकी ती युवतीले आफ्नो ब्वाय फ्रेण्ड डाकक्वान लाई पठाउन खोजेको तस्वीर भुलबस ड्याडी अर्थात् बुवाकोमा पुगेछ । म्यासेज बुवाको मोबाइलमा पुगेपछि उनी अत्तालिइन् । उनका बुवा पनि झसँग भए र धेरै पटक फोन गरे । तर उनले लाजले फोन उठाउन सकिनन् । बुवाले म्यासेज गरेर समेत फोन उठाउन आग्रह गरे ।

तैले स्कुलमा त्यहीँ सिकेकी होस् ? भनेर म्यासेजमै झपारे पनि । तर उनले उत्तर दिइनन् । आखिर ती बाउले आफुले यो कुरा श्रीमतीलाई पनि भनेको भन्दै आफु आफ्नै आएर ठिक पार्ने भन्ने धम्कीपूर्ण म्यासेज पठाए । बुवा आफ्नो कोठामा गाडि लिएर आएको तस्वीर समेत उनले टि्वटरमा पोष्ट गरिन् । पठाइसकेको टेक्स म्यासेज कसरी डिलिट गर्न सकिन्छ ? भन्ने प्रश्नबाट टि्वट गर्न थालेकी उनले आफुले बुवालाई नग्न तस्वीर पठाएको देखि लिएर बुवाले पठाएका सबै म्यासेज समेत टि्वट गरिन् । उनको टि्वटर हजारौँले रिटि्वट गरे । धेरैले उनलाई प्रश्न गरे र मजाक पनि गरे ।