Friday, October 28, 2016



दयाहाङ राई अहिले नेपाली रजतपटका सफल अभिनेता हुनुहुन्छ । घरपरिवार सदस्यहरुलाई विदेश जान्छु भनेर ढाँटेर मनभित्र भने लेखन तथा  नाटक निर्देशन गर्ने सपना बोकेर काठमाडौ आएका उनी काठमाडौ आएपछि ‘शिरुमारानी’नाटकबाट रंगमन्चमा प्रवेश गरेका राईले करिब डेढ दर्जन नाटकमा अभिनय गरिसकेका छन् भने ‘जिरो जिरो जेड’ ‘बैतरणी क्याफे’ लगायत आधा दर्जन नाटकहरुको  लेखन तथा निर्देशन पनि गरेका छन्। रंगमन्चमा सशक्त अभिनयले जम्दै गर्दा ‘अनागरिक’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा डेब्यू गरेका राईले लुट,लोफर, कबड्डी, झोले, कबड्डी कबड्डी, राहदानी जस्ता दर्जनौं लोकप्रिय चलचित्रहरु दिएका छन्। मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ ।
click below link for video


तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइदैकाठमाडौँ, १३ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दि।

वैवस्वत मन्वन्तरका कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । तत्कालीन सोभियत सङ्घले सन् १९५७ नोभेम्बर ३९विसं २०१४ कात्तिक१८ गते० मा ‘लाइका’ नामक कुकुरलाई अन्तरीक्षमा पठाएको थियो । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्या समेत बढ्न थालेको छ ।

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपसछ नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको गौतमले बताP। यसरी बत्ती बालेर बगाउनालाई नरके बगाउने पनि भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत छ ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

मध्यम खाले समय छ । सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


काठमाडौं / वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला गरेको छ । विभिन्न अपराधमा संलग्न भएको भन्दै मलेसियामा थप ७ जना नेपालीलाई मृत्युदण्डको फैसला हुने सम्भावना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारीअनुसार लागुऔषधको कारोबारमा पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई मलेसियाको सर्वाेच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ५ वर्षअघि नै मृत्युदण्डको फैसला सुनाइए पनि हालसम्म सजाय भएको छैन ।

घलेलाई बचाउनका लागि दूतावासले कूटनीतिक पहल गरिरहेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । त्यस्तै, हत्या आरोपमा पक्राउ परेका सुरजबहादुर सुनार र सुवीर गोलेलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरिसकेको छ । उनीहरूको विषयमा सर्वाेच्च अदालतमा फैसला हुन भने बाँकी छ ।

मलेसियामा हत्या आरोपमा पक्राउ परेका रुपेशकुमार कापर, प्रविनकुमार शर्मा, सुरेन्द्र मुखिया, अमर गुरुङ, अशोक लामा, सुजन श्रेष्ठ र लागू औषधको अपराधमा राजकुमार शाहका विषयमा पनि मृत्युदण्डको माग गर्दै परेको मुद्दामा अदालतमा बहस सकिएको दूतावासले जनाएको छ ।

मलेसियामा १ जनालाई सर्वाेच्च अदालतले र २ जनालाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको बस्न्यातले बताए । ‘अरू ७ जनाका विषयमा पनि विभिन्न स्थानका उच्च अदालतमा मृत्युदण्डकै माग राखेर हालिएका मुद्दामा बहस सकिएको छ,’ उनले भने । यसअघि उस्तै प्रकृतिको अपराधमा मृत्युदण्ड दिएको हुनाले बहस गर्ने वकिलले उनीहरूलाई पनि मृत्युदण्डकै सजाय हुन सक्ने बताएको बस्न्यातले जानकारी दिए ।

अभियुक्तहरूको विषयमा बहस गर्न अदालतमा नेपाली ४ लाखदेखि १० लाख रुपैयाँसम्म अदातलमा धरौटी राख्नुपर्ने भएकाले दूतावासले त्यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको दूतावासले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Sunday, October 23, 2016



वासिङटन /  अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफु निर्वाचित भएमा पहिलो एक सय दिन भित्रमा गर्ने कामहरुको योजना प्रस्तुत गर्नु भएको छ ।  गतः शनिबार उहाँले प्रस्तुत गर्नु भएको कार्ययोजनालाई मतदातासँगको आफ्नो “करार” को संज्ञा दिनु भएको छ ।  पेन्सिल्भानिया राज्यको गेट्टिस्बर्गमा आयोजित एक चुनावी पैदलयात्रा (¥याली) लाई सम्बोधन गर्दै न्युयोर्कका यी अर्वपति धनाढ्यले आफ्नो नेतृत्वको भावी नयाँ सरकारको दाबी गरी ऐतिहासिक अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनद्वारा प्रजातान्त्रिक सरकारबारे प्रतिपादितः “जनताको, जनताद्वारा, जनताकै लागि” भन्ने बहुप्रचलित उद्धरणको प्रतिलिपि वाक्यमा आफ्नो नयाँ सरकारलाई संज्ञा दिन भ्याउनुभयो । यस नयाँ सरकारले ह्वाईट हाउसलाई सफा गर्न चाहेको पनि बताउनु भयो ।

परिवर्तन र “सबै अमेरिकी जनता विरुद्ध” खडा भएकी भन्दै डेमोक्रयाटिक पार्र्टीकी उम्मेदवार, आफ्नी प्रतिद्वन्दी हिलारी क्लिन्टनलाई उहाँले सोही सम्बोधनको क्रममा आरोप पनि लगाउनु भयो ।  आफ्नो चिरपरिचित आक्रामक शैलिमा ट्रम्पले “हाम्रो यो अभियानले परिवर्तनकारीहरुको प्रतिनिधित्व गर्दछ र यस्तो परिवर्तन जीवनमा एक पटक मात्रै आउँछ,” अठोटका साथ उहाँले भन्नुभयो ।

कार्ययोजनाको नाममा जे सुकै दाबी गरे पनि, ४० मिनेट लामो सो सम्बोधनमा नयाँ प्रस्ताव केही पनि थिएन । केवल उहाँका पुरानै योजनाहरुलाई नयाँ बाक्यसंयोजनबाट प्रस्तुत गरिएको मात्र थियो ।  एकसयदिने योजनाको मुख्य प्रस्तावनामा उहाँले आफु राष्ट्रपति भएमा विश्वभरबाट अमेरिकामा ओइरो लागेको अवैध आप्रवासनलाई नियन्त्रण गर्न अमेरिकी संसद् (काँग्रेस) लाई कसिकसाउ गरी ठोस ऐन, कानूनको निर्माण गरेरै छाड्ने दाबी गर्नु भयो ।

अर्थतन्त्रको क्षेत्रमा उहाँले १० बर्षमा २ करोड ५० लाख थप रोजगारी सृजना गर्ने, अन्तर्राष्ट्रिय बाणिज्य तथा व्यापार सम्वन्धी पुराना सम्झौताहरुको पुनरावलोकन गरी नयाँ सम्झौता कार्यान्वयनमा ल्याउने, संयुक्त राष्ट्रसंघीय विश्वव्यापी जलवायु परिवर्तन नियन्त्रण कार्यक्रमलाई गै रहेको अरबौं डलरको आर्थिक सहयोग रद्द गरी सो धनराशी जलवायु परिवर्तन नियन्त्रण सम्बन्धि आफ्नै आन्तरिक सुदृढिकरणमा लगानी गर्ने योजना रहेको घोषणा गर्नु भएको छ ।  “आउँदो नोभेम्बर ८ मा सम्पूर्ण अमेरिकी मतदाताहरुले हाम्रो मुलुक र हाम्रो समुदायलाई समृद्धि तर्फ लैजान र इमान्दार सरकार चयन गर्न यो सयदिने कार्ययोजनाको पक्षमा मतदान गर्नुहुनेछ,” ट्रम्पले भन्नुभयो । रासस÷सिन्ह्वा


मोबाइल फोनमा कुराकानी गर्दा कहिलेकाहीँ बिचमै लाइन काटिन्छ । अझ आवाज प्रष्ट नआउने समस्या त निकै धेरै बेहोरिरहेका हुन्छौँ हामी । यसो हुनुको एउटा प्रमुख कारण मोबाइल सिग्नल कमजोर हुनु (चलनचल्तीको भाषामा टावर कम टिप्नु) हो । टेलिकमको कमजोर प्राविधिक संरचना तथा भौगोलिक अवस्थाका कारण पनि मोबाइल फोनको कमजोर सिग्नलले उपभोक्ताहरुलाई दुख दिइरहेको छ ।

उपभोक्ताले पाएको यो हैरानीको मुख्य दोषी टेलिकम कम्पनीहरु हुन् तथापि आफ्नो मोबाइल फोनमा सिग्नल कमजोर आइरहेको अवस्था वा सिग्नल प्राप्त हुन समेत कठिनाई परिरहेको अवस्थामा मोबाइल फोन प्रयोगकर्ताले समेत केही कुरामा ध्यान दिनुपर्दछ । यदि यसो गर्नेहो भने मौजूदा अवस्थामै तपाइँको मोबाइलले बढि सिग्नल प्राप्त गर्दछ वा मोबाइलमा टावर धेरै आउँछ ।

क्हिलेकाहीँ मोबाइलले राम्रोसँग सिग्नल नटिपेको अवस्थामा मोबाइल फोन स्विच अफ गरेर अन गर्दैमा मात्र पनि राम्रोसँग सिग्नल टिप्न सक्दछ । कहिलेकाहीँ स्मार्टफोन ह्यांग भएर वा स्मार्टफोनमा एकसाथ धेरै एपहरुले काम गरेको अवस्थामा मोबाइल सिग्नल प्राप्त गर्ने कार्यमा बाधा उत्पन्न भएको हुनाले त्यस्तो बेलामा मोबाइल फोन रिस्टार्ट गर्दा पनि सिग्नल राम्रोसँग प्राप्त हुन सम्भव हुन्छ । यदि तपाइँ अग्लो भवनको मुनि वा धेरै अग्लो अग्लो भवनहरुको बीचमा हुनुहुन्छ भने पनि त्यस्तोमा मोबाइलको सिग्नल कमजोर हुनसक्छ । त्यसैले त्यस्तो ठाउँमा मोबाइलमा कुराकानी गर्नुभन्दा केही खुला ठाउँमा गएरै कुराकानी गर्नु बेस हुन्छ ।

त्यस्तै अग्लो घरको भुइँताला वा घनावस्तीमा पनि मोबाइलको सिग्नल कमजोर हुनसक्छ । किनकी एउटै मोबाइल टावरमा धेरै मोबाइल फोनहरुको रेडियो तरंगको कनेक्टिभिटी भएको हुन्छ ।

स्मार्टफोनको ब्याट्री निकै कम हुँदा पनि मोबाइलको सिग्नल प्राप्तिमा असर पर्नसक्दछ । ब्याट्रीको चार्ज निकै कम हुँदा ब्याट्रीमा रहेको शक्ति स्मार्टफोनको सिग्नल प्राप्त गर्ने कार्यमा अपर्याप्त हुने र त्यस्तो बेला स्मार्टफोनमा कुराकानी गर्दा आवाज राम्रोसँग नसुनिने वा सिग्नल राम्रोसँग प्राप्त नहुने समस्या हुनसक्छ । त्यसैले स्मार्टफोनमा पर्याप्त ब्याट्री चार्ज गर्नुपर्दछ ।

मोबाइलको सिग्नलले राम्रोसँग काम गरिरहेको छैन तर वाइफाइ सुविधा उपलब्ध छ वा डाटा सर्भिसबाट पनि सस्तोमै राम्रोसँग फोन कल हुन्छ भने विभिन्न खाले फोन कलिंग एपबाटै फोन वा भिडियो कल गर्नु उपयुक्त हुन्छ ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । परिआएका काममा सहयोग माग्दा पाउन गाह्रो छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –\

बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


बेलबारी । पछिल्लो समय सामाजिक सञ्जालमा बढेको बिकृति र यसको दुरुपयोगका कारण कतिपयको जीवन नै बर्वाद हुन थालेको छ । सामाजिक सञ्जालमा आफुसँग बिचार नमिल्ने र रिसईबी साध्नका लागी  चरित्रहत्या गर्ने क्रम त झन हवात्तै बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोगका कारण कतिको घरवार नै उजाडिएको छ भने कतिले त मृत्युको बाटो नै रोज्न पुगेका छन । पुर्बोत्तर मोरङमा मात्र हेर्ने हो भनेपनि सामाजिक सञ्जालका कारण धेरैको घरवार बिग्रिएको छ भने धेरैले सामाजिक रुपमा अपमान सहनुपरेको छ ।

घटना १ –  करिब एक महिना अघि श्रीमान बैदेशिक रोजगारीमा रहेका मोरङको कोसीहरैचाकी एक महिलालाई आफनै नन्दले एकजना युवा सँग चिनजान गराईन । चिनजानपछि सामाजिक सञ्जाल फेसबुकमा जोडिएका उनीहरुका लागी फोन र म्यासेज सामान्य बन्न थाले । पछि फेसबुककै कारण उनीहरुको डेटिङ समेत फिक्स भयो । केही समयको भेटपछि उनीहरुको मित्रता झन गाढा हुन थाल्यो ।पछि पत्ता लाग्यो कि आफुलाई चिनजान गराएको पुरुषसँग उनको पुरानो सम्बन्ध रहेको र उनीसँग आफनै दाजुको घरवार बिगारेर भाउजुलाई घरबाट निकाली ति युवालाई श्रीमान बनाउने र भएको सम्पत्तिमा मोज गर्ने उनको नियत पत्ता लाग्यो जतिबेला उनीहरुलाई इलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरी ल्यायो ।पछि परिवारको सहमतिको सो घटना सामसुम भयो ।

घटना २ –  मोरङको सुन्दरदुलारीका एक युवाले बिदेशबाटै आफनो दिदीको साथीको नाममा फेसबुक आईडी बनाए र अश्लिल तस्विरहरु सार्बजनिक गर्न थाले । ती बिवाहित महिलाले प्रहरीमा उजुरी गरिन । ती युवा दशैको मुखमा घर फर्केका बेला उनलाई प्रहरीले पक्राउ गर्यो र पाता फर्कायो ।प्रहरीको अनुसन्धानले देखायो कि दिदीको साथीलाई मन पराएका युवा उनको बिवाह अरुसँग भएपछि उनको बेइज्जत गर्नका लागी उनले त्यसो गरेका रहेछन । त्यही कारण उनको घर पनि बिग्रियो । अहिले उनी एक छोराका साथ बसेकी छिन ।

घटना ३ – मोरङको बेलबारीका एक प्रतिष्ठित ब्यत्तिले रोजगार दिने बहानामा श्रीमान बैदेशिक रोजगारीमा रहेका एक महिलासँग फेसबुकमै चिनजान पछि सम्बन्ध बिस्तार गरे । पछि सम्बन्धले अन्तिम रुप लिएपछि श्रीमान बैदेशिक रोजगारीबाट फर्किए । आफनो इज्जत र घरबार जोगाउने बहानामा उनले उल्टै ती ब्यत्तिलाई केही रकम दिएर घटना सामसुम पारे । सो घटनाको चर्चा भएपनि प्रहरी सम्म पुगेको छैन ।

घटना ४ –  फेसबुक मार्फत नै चिनजान भएका बेलबारीका एक जोडीले सम्बन्ध बढदै जाँदा झण्डै आत्माहत्या गर्नेसम्मको अबस्था आयो पछि उनीहरुको घटना पनि सामसुम त भयो तर यस्ले पुन अर्को रुप लिने पक्का नै छ । केही महिना अघि मोरङको लेटाङ भोगटेनीमा एक महिलाले बिदेशबाट पठाएको लाखौ रकमसहित आफना फेसबुक प्रमीसँग कुलेलाम ठोकेको घटना समेत सार्बजनिक भएको थियो ।यी त पछिल्ला समय देखिएका प्रतिनिधि घटना मात्र हुन । अधिकांश यो समस्या बैदेशिक रोजगारीका गएका युवाहरुको परिवारमा रहेको छ ।

महंगो मोबाईल,प्रबिधिको बिकास,र पर्याप्त सेवा सुबिधा पाएपछि उनीहरुको परिवारमा यो समस्या बढेको छ । कतिपयको त बैदेशिक रोजगारीबाट घर फर्किदा श्रीमती र कमाएको सम्पत्ति दुबै गुमाउनु परेको अबस्था छ । शुरुका दिनहरुमा यस्ता घटना देखिए सुनिए पनि प्रहरीकहाँ बिरलै आउने गरेका तर पछिल्लो समय सामाजिक सञ्जालमा चरित्रहत्या भयो भनेर उजुरी गर्नेको संस्खा बढेको र कार्तिकमा मात्र ३ वटा उजुरी आईसकेको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले जानकारी दिए ।

आफुले यस्ता घटनामा सकेसम्म दुवैपक्षलाई राखेर सम्झाई बुझाई आगामी दिनमा यस्तो नगर्ने सहमतिमा मिलाउने गरेका र घटना थप जटिल रहेका घटनामा आफुभन्दा माथिल्लो निकायमा पठाउने गरेको समेत उनले बताए । केही महिना यता यस्ता घटनामा बृद्धि भएको समेत उनले बताए ।

Thursday, October 20, 2016


एजेन्सी । पुरुषले सार्वजनिक स्थलमा नै सजिलै कपडा फेरीरहँदा महिलाहरुले भने ड्रेसिंग रुम नै कुर्नुपर्ने विद्यमान अवस्थाका बिच यो भिडियोले सार्वजनिक स्थलमा नै महिलाहरुलाई कपडा फेर्न सिकाउँछ ।


हालै आविश्कार गरिएको ड्रेस लगाएर बाहिर फेर हिड्दा अब महिलाहरुले पनि पुरुषकै जसरी सजिलै आफ्ना पोशाक परिवर्तन गर्न सक्ने छन् ।

यो पोशाक महिलाहरुका लागी “Fashionable And Functional Mobile Changing Room” को अवधारणा अनुसार आविश्कार गरिएको हो ।


जेन्सी / भारतको उरीमा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच दुरी बढिरहेको छ । भारत र पाकिस्तानमा एक अर्काको देशका शासकहरुको खिल्ली उडाउने क्रम चलिरहेको छ ।

केही समय अघि मात्र पाकिस्तानमा पाकिस्तानी सेना प्रमुखले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काटिएको टाउको हातमा लिएको तस्विर सहित प्रदर्शन भएको थियो ।अहिले आएर अर्को एउटा भिडियो भाइरल बनेको छ । जुन भिडियोमा पाकिस्तानको एक रेष्टुरेन्टमा मोदीको अनुहारमा जुत्ता हान्नेहरुलाई निशुल्क चिसो (कोल्ड ड्रिङ्क्स) वितरण गर्ने गरिएको बताइएको छ ।

दुनिया न्यूजको खवर अनुसार पाकिस्तानका एक युवकले आफ्नो रेष्टुरेन्टमा मोदीको तस्विर राखेका छन् । त्यहाँ जाने ग्राहकहरुले मोदीको अनुहारमा जुत्ता प्रहार गरेपछि निशुल्क चिसो खान पाउँछन् । भिडियोमा युवक भन्छन्, “जव म आफ्ना भाँचिएका हातले त यसको यो हाल गर्न सक्छु भने मेरो शरीरमा बगेको खुनको अन्तिम थोपा रहे सम्म उसकोविरुद्ध लड्न तयार छु ।”


काठमाडौं / मुलुकमा बढ्दो सवारी दुर्घटनामा पुराना सवारी साधनलाई दोष दिइए पनि यसको परीक्षणका लागि स्थापित भेहिकल फिटनेस टेस्ट सेन्टर भने चरम उपेक्षाको सिकार बनेको छ । दुर्घटना बढ्दा सबैको चासे हुने गरे पनि यसको सञ्चालनमा कसैको ध्यान गएको देखिँदैन । निर्माण सकिएको ६ वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन सकेको छैन् ।

सञ्चालनको जिम्मेवारी लिएको यातायात व्यवस्था विभागले सञ्चालन निर्देशिका बनाउन नसक्दा २०६८ मै निर्माण सकिएको केन्द्र सञ्चालनमा आउन नसकेको हो । मेसिन, विद्युतलगायत सबै संरचना तयारी हालतमा रहे पनि आवश्यक कर्मचारी, इलेक्ट्रो मेकानिकल प्रविधिको उपलव्धता नहुँदा समस्या आएको हो ।

विभागले २०७१ पुसमिा सवारी परीक्षण केन्द्र टेकुमा नै कार्यलय स्थापना गरि काम अघि बढाएको थियो ।तर, कार्यविधि अभाव, पयप्ति दक्ष कर्मचारी नहुँदा पूर्वाधार उपयोगमा आउन सकेको छैन । आजको कारोबार दैनिकमा खबर छ ।

Monday, October 17, 2016



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ ।मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र प्रणयतर्फ सफल हुनुहुन्न । कडा मिहिनेत र परिश्रमपछि सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुनेछ । आफ्नै प्रतिज्ञा वा बाचा पूरा गर्न दौडधूप गर्नुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा ध्यान केन्द्रित हुनेछैन । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउने छ । दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुने योग छ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परिवारका सदस्यहरूमा खुसी हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ । पठनपाठनमा मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ अपराह्नपछि चौथो चन्द्रमाले असहज परिस्थिति सिर्जना गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चमा आफूले नेपाल र नेपाली जनताको शिर ठाडो पार्ने काम गरेको दाबी गरेका छन् । तीनदिने भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले चीन र भारतका सरकार प्रमसुखहरूसँग त्रिदेशीय साझेदारी, शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र नेपालको विकासका विषयमा केन्द्रित रहेर त्रिपक्षीय कुराकानी गरेर नेपाल र नेपाली जनताको शिर ठाडो पारेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गोवामा रहँदा भारतका समकक्षी, चीनका राष्ट्रपति, श्रीलंकाका राष्ट्रपति एवं भुटानका समकक्षीसँग द्विपक्षीय भेटघाट तथा कुराकानी गरेका थिए । आइतबार भारतको गोवामा सम्पन्न भएको ‘ब्रिक्स, बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी भएर प्रधानमन्त्री सोमबार स्वदेश फर्केका हुन्।

विमानस्थलमा प्रधानमन्त्रीले के के भने ?
अचानक म बसेको कोठामा चिनियाँ राष्ट्रपति आउनुभयो चिनियाँ राष्ट्रपति (सी जिन पिङ)सँग औपचारिक वार्ता सकिएपछि हामी होटेलमा फर्किने क्रममा थियौँ । ब्रिक्स सम्मेलनमा सहभागी राष्ट्रपति र सरकार प्रमुखहरू पनि त्यही बाटो भएर आउनुपर्ने भएकाले केही समय हामीले चिनियाँ राष्ट्रपतिसँग वार्ता भएकै ठाउँमा प्रतीक्षा गर्ने हलमा बस्नुपर्ने भयो । हामी त्यहीँ बसिरहेका थियौँ । पराराष्ट्रमन्त्रीलगायत अरू अर्काे कोठामा र म प्रधानमन्त्रीको हैसियतले त्यहाँको विशेष कार्यकक्षमा बसिरहेको थिएँ । अचानक चीनका राष्ट्रपति मै भएको ठाउँमा आउनुभयो ।
सी जिन पिङसँग ‘हट टु हट’ कुरा भयो

मेरो ‘वान टु वान’ कुराकानी गर्ने इच्छा थियो, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग पनि । तर, त्यहाँ ‘ढुंगा खोज्दा देउता मिले’जस्तो भयो । म बसिरहेको ठाउँमा चीनका राष्ट्रपति आएपछि सीधै ‘हट टु हट’ कुराकानी भयो । उहाँ नेपाल आउनुपर्छ भन्नेबारे, हिजो भएका सहमति–सम्झौता कार्यान्वयन गर्नेबारे, नेपालको विकासका आवश्यकताबारे, शान्ति प्रक्रिया र संविधान संशोधनजस्ता विषयमा २० मिनेट जति उहाँसँग सीधा–सीधा कुराकानी गर्ने अवसर प्राप्त भयो ।

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग मैले नै कुरा सुरु गरेँ
कुराकानीकै क्रममा भारतीय प्रधानमन्त्री (नरेन्द्र मोदी) पनि त्यहाँ आइपुग्नुभयो । ब्रिक्सका सबै राष्ट्रप्रमुख, सरकार प्रमुखहरू त्यहाँ जुट्ने कार्यक्रम थियो । तर, बाटोसम्म आउन कसैको प्लेन ढिलो भएको, कसैको प्राविधिक अप्ठ्यारो भएको कारण त्यहाँ भेटघाटको अवसर जुरेको थियो । भारतका प्रधानमन्त्री मोदीजी आइसकेपछि अब तीनजना भइयो । त्यो पनि नेपालका लागि ठूलो अवसर भयो । नेपाल र नेपाली जनताको निम्ति एउटा यस्तो सुखद् संयोग हुन पुग्यो, त्यो । भारतका प्रधानमन्त्री मोदीजी दक्षिणतिरको साइडमा, चीनका राष्ट्रपति सी जिन पिङ उत्तरतिरको साइडमा र म बीचमा भएँ । दुई विशाल छिमेकीको बीचमा मैले कुराकानी सुरु गरेको थिए ।
मोदी र सी दुवैले नेपाल सानो छैन भन्नुभयो
राम्रो खुसियालीको माहोल थियो त्यहाँ । दुवैजना (राष्ट्रपति र प्रधानमन्त्री) हाँस्नुभयो । मैले भनेँ, ‘मैले सुरुदेखि त्रिदेशीय साझेदारीका विषय राख्दै आएको छु । आज यस्तो राम्रो अवसर मिल्यो, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीस“गै आफ्नो कुरा राख्ने अवसर पाएँ । नेपाल सानो छ । आर्थिक दृष्टिकोणले पछाडि परेको पनि छ । तर, पनि भारत, चीन र नेपालको बीचमा त्रिदेशीय साझेदारी भयो भने तपाईंहरूले गर्दै आएको आर्थिक विकासबाट हामी फाइदा उठाउन सक्छौँ ।’ त्यसपछि दुवैजना नेताले निकै सकारात्मक माहोलमा ‘तपाईंहरूले सानो देश भनेर सोच्नु पर्दैन । तपाईंहरूले धेरै ठूलो काम गर्नुभएको छ । सानो र ठूलो भन्ने कुरा होइन । तपाईंले जे विषय प्रस्तुत गर्नुभएको छ, यो महत्वपूर्ण भयो,’ भन्नुभयो ।

त्रिदेशीय समझदारी भएको छैन
बैठकमा त्रिदेशीय समझदारी भयो भन्ने होइन । त्यहाँ सहमति गर्न बसेको पनि होइन, समझदारीबारे सकारात्मक धारणा व्यक्त भयो । त्यहीवेला भारतीय प्रधानमन्त्री मोदीजीले चिनियाँ फिलोसपर ‘हाङ सी’ले भ्रमण गर्दै जाँदा गुजरात पुगेको र त्यहाँ आफ्नो अनुभव बताएको जानकारी दिनुभयो । त्यहाँ जाने दार्शनिक चाहिँ चिनियाँ राष्ट्रपति सी जिन पिङको गाउँका परेछन् । बडो विचित्रको संयोग रहेछ, जुन मोदीजीले सुनाउनुभयो । राष्ट्रपति सी जिन पिङले पनि हाम्रो गाउँमा भारतको गुजरातमा गएर त्यतिवेला फिलोसपरले गरेको कुराको लिखित रेकर्ड दस्तावेज नै छ भन्नुभयो । त्यहाँ भारत, नेपाल र चीनको सम्बन्ध ऐतिहासिक छ भन्ने प्रसंग आउँदै गयो । त्यसपछि मैले भनेँ, ‘बुद्धले चीन, भारत र नेपाललाई राम्रोसँग जोडेका छन्, त्यसैगरी जानकी, पशुपतिजस्ता धार्मिक क्षेत्रले पनि हामीलाई जोडेको छ भने आधुनिक युगमा विज्ञान प्रविधिले जोडेको छ ।’
राजनीतिक प्रक्रियामा दुवै देशको पूर्ण समर्थन
नेपालमा अहिले भइरहेको राजनीतिक प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रिया, शान्ति प्रक्रिया सबैमा हाम्रो पूर्ण समर्थन हुन्छ भन्ने दुवै देशका नेताहरूले मलाई सुनाउनुभयो । असाध्यै राम्रो वातावरणमा कुराकानी भएकाले यो नेपाल र नेपालीका लागि बडो खुसीको कुरा हो । कहिलेकाहीँ संयोगले साह्रै ठूला उपलब्धि पनि हुन्छन्, कहिलेकाहीँ संयोगले दुर्घटना पनि हुन्छ । यो यस्तो संयोग भयो, जो दुर्लभ नै पाउने कुरा हो । यसलाई नेपाल र नेपाली जनताको पक्षमा अधिकतम सदुपयोग गरेकोमा मेरो छाती गर्वले फुलेको छ ।
यहाँ चिनियाँ राष्ट्रपतिसँगको भेटलाई गलत अर्थ लगाइयो
तर, यहाँ मिडियामा बडो विचित्रको टिप्पणीहरू आएका रहेछन् । यसले नमीठो लागेको छ । कतिपय पत्रिकाले म चिनियाँ राष्ट्रपतिसँग भेट्न पाँच मिनेट ढिलो गएँ भनेर समाचार बनाएको देख्दा मेरो मन नराम्रोसँग दुखेको छ । परराष्ट्रमन्त्री यहीँ हुनुहुन्छ । हामी एक घन्टाअगाडि कुरेर बसेका छौँ, चिनियाँ राष्ट्रपतिलाई । अफ्रिकाका राष्ट्रपति आउनै ढिला भयो । हामी सी जिन पिङसँग ६ बजेर १० मिनेटमा कुराकानी गर्ने भनेर गएका थियौँ, तर सात बजेर १० मिनेटसम्म त्यहाँ भेटघाटको वातावरण मिलेन । किनभने, सी जिन पिङ र मोदीजीको कुराकानी नै ढिला गरी सुरु भएको थियो । तर, यहाँ पत्रिकाले प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई पाँच मिनेट कुराए भनेर लेखिदिए । यसरी नै नकारात्मक कुरा भन्नमै हामीलाई आनन्द आउने हो भने देश विकास कहिले गर्ने ?
संविधान कार्यान्वयमा दुवै देशको पूर्ण सहयोग
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान कार्यान्वयनमा भारत र चीन दुवै छिमेकी मुलुकले पूर्ण सहयोग र साथ दिने पनि बताए । संविधान कार्यान्वयनलाई स्वागत गरिसकेपछि संविधानलाई पनि स्वागत गरेको ठहर्ने उनको भनाइ थियो ।

‘दुईपक्षीय वार्ताका क्रममा हामी संविधान कार्यान्वयनको प्रक्रियामा छौँ भन्दा भारतीय प्रधानमन्त्रीले हाम्रो पूर्ण सहयोग र समर्थन छ भन्ने कुरा गर्नुभएको थियो,’ प्रचण्डले थपे, ‘विमस्टेक र ब्रिक्सको आउटरिच सम्मेलनमा पनि हामीले यही विषयलाई ‘स्टिकल्ली’ धारणा राखेका छौँ, यसमा गर्व गर्नुपर्छ ।’

सार्क सम्मेलन छिट्टै

छिटोभन्दा छिटो सार्क सम्मेलन गराउनुपर्छ र त्यसका लागि वातावरण बनाउनुपर्छ भन्नेमा सकारात्मक भूमिका खेलेका छौँ । सार्क सम्मेलन वातावरण निर्माण गरेर छिट्टै हुन्छ ।
विमस्टेक शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव
मैले आगामी वर्ष विमस्टेक स्थापनाको २०औँ वर्षगाँठ पारेर विमस्टेक शिखर सम्मेलन नेपालमा आयोजना गर्न चाहेकोबारे सदस्य मुलुकहरूलाई जानकारी गराएँ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौंः के तपाई अमेरिका जाने सोचमा हुनुहुन्छ ? अनि त्यसका लागि आवश्यक पर्ने राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिच्दै हुनुहुन्छ ? होस गर्नुहोस् । चस्मा लगाएर तस्बिर खिचेमा अमेरिकाले प्रवेश नदिने भएको छ ।

अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा चस्मा अनिवार्य रुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएको छ ।
यस अघि चस्मा लगाए पनि चल्ने व्यवस्थालाई परिवर्तन गर्दै अमेरिकी दूतावासले यो प्रावधान यही कात्तिक १६ बाट लागू हुने जानकारी गराएको छ ।

सोमबार विज्ञप्ति सार्वजनिक गर्दै दूतावासले यस्तो सूचना सार्वजनिक गरेको हो । सोमबार जारी विज्ञप्तिमा भनिएको छ ‘अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्बिर खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाका लागि चस्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै चस्मा लगाउन पाइने, नभए अनिवार्य रुपमा चस्मा फुकाल्नु पर्नेछ ।’

चस्मा लगाउनै पर्ने आवेदकले आवेदनका साथ शल्य चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पनि अनिवार्य रुपमा पेश गर्नु पर्ने राजदुतावासले सूचना जारी गरेको छ ।

Friday, October 14, 2016



काठमाण्डाै । दुवई लैजान भन्दै एक नेपाली युवतीलाई ओमन पुगेपछि बिक्री गरेको खुलासा भएको छ । बिक्रीपछि चरम यातना पाएकी ति महिलाको बिक्री भएको ६ महिना पछि उद्धार गरिएको छ ।मानव तस्करीको गिरोहले उनलाई १८ हजार दिराम अर्थात नेपाली रुपैंया करिव ५ लाखमा बिक्री गरेको प्रहरीले जनाएको छ ।

चारदिनअघि उनिसँगै प्रहरीले एक एजेण्टलाई पनि पक्राउ गरेको छ । उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाटै ओमन पुर्‍याएको थियो ।प्रहरीका अनुसार उनले घरेलु कामदारका रुपमा करिब ५ महिना काम गरेकी थिईन । २ महिनाको मात्रै तलव पाएको र घरमा पशुसरहको व्यवहार भएको थाहा पाएपछि उनको परिवारले प्रहरीमा उजुरी गरेका थिए ।

अध्यागमनकै कर्मचारीको मिलोमतोमा मानवतस्करले नक्कली कागजात बनाई त्रिभुवन बिमानस्थलबाटै दुबई पुर्‍याएको  हुनसक्ने प्रहरीको अनुमान छ । दुबईबाट इराक, सिरियाजस्ता द्धन्द्धगस्तमुलुकमा समेत मानवतस्करले युवतीहरु बिक्रि गर्ने भएकाले दुबईमा नेपाली युवतीहरुको ठुलो माग रहेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।


काठमाडौँ, । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आज अपराह्न १२ः२२ मिनेटसम्म (१५ घडी ४४ पला) चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो । कोजाग्रत पूर्णिमाका लागि उदय नभई मध्यरात्रि व्यापिनी लिइने भएकाले शनिबार नै महालक्ष्मीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ ।

“आज मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा र सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलिपूर्ति आजैलाई निर्णय गरिएको हो, दशमीको पाँचौँ दिन सबै बलिपूर्ति गर्नुपर्ने विधान छ”, उहाँले भन्नुभयो ।

आज अपराह्न १२ः२२ मिनेटदेखि आइतबार बिहान १० बजेर १५ मिनेटसम्म पूर्णिमा तिथि भएकाले आकाशदीप दान र कात्तिकस्नान भने असोज ३० गतेदेखि सुरु हुन्छ । पूर्णिमा व्रत, आकाशदीप दान र कात्तिक स्नान पूर्णिमा तिथिमा सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय विधान भएकाले असोज ३० गते यी पर्व मनाउनुपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

असोज ३० गतेदेखि बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि असोज ३० देखि नै सुरु हुने भएको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान गरिन्छ । रासस
मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमा नियमित यौन सम्पर्क गर्दा विभिन्न फाइदा हुने देखाएको  छ ।

आउनुस् जानौं नियमित सेक्स गर्दा हुने फाइदा के के छन् ।

माइग्रेनबाट मुक्तिः

नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको  छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

ब्लड प्रेशरः



उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।  नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपनबाट मुक्तिः

मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ  छ ।

हृदयघातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।

आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् । बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए ।

उपत्यकामा चहलपहल बढ्यो
दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे ।

सवारी साधन कम चलेकाले केही यात्रु पैदल भएपनि आ—आफ्नो गन्तब्यतिर लम्किरहेका थिए । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ ।

उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ । टीकापछि आज उपत्यकामा सवारीको चाँप बढेको र हालसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Sunday, October 9, 2016

साउदी अरबः नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदुतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन् ।
कुवैतबाट साउदी अरब आइपुगेका र राजदुतावासको शरणमा पुगेका ती चेलीहरुलाई दुतावासले उद्धार गर्न गरेको प्रयास असफल भएपछि उनीहरुको जेलको बास भएको हो।
कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न श्रमस्वीकृति दिलाएर नेपालबाट ल्याईएका र कुवैतमा नेपाली र अरबीयन दलालबाट बेचिएर साउदी अरबमा बधुँवा कामदार सरह बनाईएका उनीहरुको उद्धारका लागि दुतावासले नेपाल सरकारको परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कामदार कल्याण कोष लगायतमा पटकपटक रिर्पोट पठाएर र सहयोगका लागि अनुरोध गरे पनि वेवास्ता गरेका कारण नेपाली चेलीहरु साउदीको जेलमा पुगेका हुन् ।
कुवेतबाट पर्यटक भिसामा साउदी अरब भित्राइएका उनीहरुलाई गैरकानुनी रुपमा बसोबास गरेको आरोपमा साउदी सरकारले तोकेको जरिवाना तिर्न नसकेपछि जेल बस्नु पर्ने भएको हो ।
कार्यबाहक राजदुत आनन्द शर्माका अनुसार कुवैतबाट ल्याईएका ती चेलीहरुले १५ हजार रियाल ९४ लाख २७ हजार रुपैयाँ० सम्म गैरकानुनी बसोबास वापतको जरिवान तिर्नु पर्दछ । त्यो जरिवाना मिन्हा गर्न र नेपाल फर्कन एक्जिट भिसा दिलाउन तीन महिना अघिदेखि दुतावासले साउदी सरकारसंग अनुरोध गरेको थियो तर अस्विकृत भएका कारण दुतावासको शेल्टरमा रहेका उनीहरुलाई त्यहाँस्थित डिपोर्टेशन सेन्टर तथा महिला जेलमा पठाईएको हो । अब उनीहरुलाई साउदी सरकारको निर्णय अनुसार जेलबाटै नेपाल पठाउने व्यवस्था हुने छ ।
पीडित चेलीहरुका अनुसार घरेलु कामदारका रुपमा कुवेतका लागि ल्याईएका उनीहरुलाई कुवेती र नेपाली दलालले कुवैतबाटै साउदी अरबको आफन्तकोमा केही दिनका लागि जानुपर्ने भनेर झुक्काई बिक्री गरेर साउदी अरबमा पठाउछन् । साउदी अरबमा बिक्री गरिएका कतिपयलाई मालिकले अन्यत्र घर र स्थानमा काम गर्न लगाएर कमाई खाएर श्रमशोषण पनि गर्ने गर्दछन् ।
नेपाली राहदानी खोसी बधँुवा कामदार बनाईएका उनीहरुलाई साउदी कुवैत सीमाबाट ६ महिनाको पर्यटक भिसामा साउदी भित्राईन्छ । उनीहरुलाई पुनः कुवैत नफर्काई गैरकानुनी रुपमा घरभित्रै लुकाएर काम गर्न लगाईन्छ र तलब समेत नदिई काममा खटाएर भौतिक तथा मानसिक यातना दिई शाररिक शोषण समेत गरिन्छ ।
उनीहरुको बसाई अवैध भएका कारण नेपाल समेत फर्कन नदिई वर्षौसम्म काममा लगाईन्छ । यसरी शोषित भएकाहरु विभिन्न उपायले भागेर राजदुवासको शरणमा आउने गर्दछन् । त्यसरी भागेर दुतावासको शरणमा आउनेहरुमा दुई वर्षदेखि १० वर्षबढी साउदी अरबमा काम गरेकाहरु छन्।
बाध्यताबस साउदी अरबमा गैरकानुनी रुपमा रहेका नेपाली चेलीहरुलाई साउदी सरकारले जरिवाना र जेल सजाय तोक्नु र उनीहरु नै थप पीडित हुनु अन्याय भएको पीडितहरु बताउछन् । यसै सम्बन्धमा कार्यबाहक राजदुत शर्मा भन्छन् “यसअघि हाम्रो अनुरोधलाई स्वीकार गरेर साउदी सरकारले जरिवाना र सजाय माफी दिने गरेको थियो तर यस पटक भने त्यसो गरेन । त्यसकारण हामीले शेल्टरमा रहेका चेलीहरुलाई डिर्पोटेशन सेन्टरमा पठाउन बाध्य भयौ ।”
“साउदी सरकारको यो परिवर्तिनीति घरेलु कामदारका रुपमा नेपाली चेलीहरुलाई साउदी आउन नेपाल सरकारले स्वीकृत दियोस् भन्ने कुटनीति दवाब पनि हुन् सक्छ” राजदुत शर्माको अनुमान छ । साउदी अरबमा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउने व्यवस्थित कानुनी व्यवस्था नगरेसम्म र कुवैतबाट नेपाली महिलाहरुलाई ल्याउन नरोकिएसम्म यो समस्या रहिरहने पनि उनको ठहर छ ।

पछिल्लो जानकारी अनुसार दुतावासबाट पठाईएका ९ र यसअघि नै त्यहाँ रहेका ८ जना समेत १७ जना नेपाली चेलीहरु नेपाल फर्कने प्रतिक्षामा त्यहाँको महिला जेलमा छन् । दशैंमा घरपरिवारका माझमा पुग्ने आसाका साथ दुतावासको सेल्टरमा ९ महिनाअघिदेखि बस्दै आएका ती चेलीहरुको अपेक्षामा अहिले तुषारोपात भएको छ ।
महिलाजेलमा उनीहरुलाई संचारसेवाबाट समेत सम्पर्कविहीन अवस्थामा राखिएको छ । नेपाली र कुवैती दलालबाट साउदी अरबमा बेचिएर शोषित र पीडित भएका ती निर्दोष चेलीहरुलाई नेपाल सरकारले कुटनैतिक पहल गरेर मुक्त गराउनु पर्ने र उनीहरुलाई त्यो अवस्थामा पुर्याउने दलालहरुलाई कडाकार्वाही गर्नुपर्ने देखिएको छ । त्यसैगरी राजदुतावासले पठाएको प्रतिवेदन र अनुरोधलाई सरकारले गम्भिरतापूर्वक लिनु पर्ने समेत देखिएको छ ।
कार्यबाहक राजदुत शर्माका अनुसार श्रम तथा रोजगार मन्त्रालयले दुतावासको प्रतिवेदन र अनुरोध वेवास्ता गर्नुका साथै दुतावासका लागि अरबियन भाषा अनुवादक, जनसम्पर्क कर्मचारी र चालकका लागि प्राप्त हुँदै गरेको तलब रकम समेत रोक्का गरेर जनशक्तिको अभावमा दुतावासलाई लाचार बनाइएको छ । जस्को कारण पीडित महिलाहरुको हकअधिकारका लागि पर्याप्त कानुनी पहल गर्न समेत समस्या भएको छ । महेश श्रेष्ठ

म सँग त निकै उच्च गुणस्तरको तथा शक्तिशाली क्यामेरा छ भन्दै फुइँ लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने अब चुपचाप बसे जाति । अझ तपाइँको क्यामेराफोनलाई त यसले लाजमर्नु नै बनाउला । किनकी वैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् ।
कस्तो होला त त्यो क्यामेरा ? अनि कसले प्रयोग गर्ला त ? यो जिज्ञासा रहनु स्वभाविकै हो । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ ।

यो क्यामेराको आकार झण्डै एउटा कारको जत्रै हुनेछ । यसको तौल झण्डै ३ टन रहने छ । यो क्यामेरा अहिलेसम्म बनेका मध्ये सबैभन्दा ठूलो तथा गह्रौँ क्यामेरा पनि हुनेछ ।

यो क्यामेराको सहायताले लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपले ब्रम्हाण्डको निकै विस्तृत तस्वीर खिच्न सक्नेछ अनि खगोलिय अध्ययनमा नयाँ अध्याय थपिने विश्वास गरिएको छ ।
यसबाट प्राप्त तथ्यहरुको आधारमा खगोलविदहरुले आकाशगंगाहरुको निर्माणको अध्ययनका साथै हानिकारक क्षुद्रग्रह पत्ता लगाउन सक्नेछन् । त्यसका साथै विस्फोट भइरहेका ताराहरुको अवलोकनका साथै ब्रम्हाण्डको ९० प्रतिशत भाग ओगट्ने रहस्यमय कालो छिद्रका साथै कालो उर्जाको बारेमा बुझ्न समेत थप मद्दत मिल्ने विश्वास गरिएको छ ।
यो क्यामेरालाई अन्तरीक्षमा पठाइनेछ र यो लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपको मुटुको रुपमा रहनेछ । उक्त दूरवीन ८.४ मिटर लामो हुनेछ, जुन अहिले चिलीमा निर्माण भैरहेको छ ।

अमेरिकाको उर्जा विभाग अन्तरगतको एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीले विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली यो क्यामेराको निर्माण थालनी गर्न स्विकृति दिएको छ ।

१ सय ८९ वटा सेन्सर रहने यो क्यामेराको रिजोलुसन ८ लाख वटा ८ मेगापिक्सेलका क्यामेरा बराबर रहेको छ । साथै यसमा फिल्टर चेंजिंग प्रणालीका साथै विभिन्न तरंग गतिका प्रकाश अवलोकनका लागि सटर पनि रहेको छ ।
अबको पाँच वर्षभित्रमा यो क्यामेराको निर्माण सम्पन्न गरी यसको परीक्षण गर्ने योजना गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एसएलएसी नेसनल एक्सलेरेटर ल्याबोरेटरीको दुइतले सफा कोठामा यसको निर्माण भएर परीक्षण हुनेछ र पछि त्यसलाई दुरविनमा स्थापित गरिनेछ ।


सन् २०२२ बाट क्यामेरा तथा दुरविनले आफ्नो १० वर्षे मिसन सुरु गर्नेछन् र हरेक रात पूरै दक्षिण आकाशको डिजिटल तस्वीर खिच्नेछन् । त्यसबाट प्रतिवर्ष ६० लाख गिगाबाइट तस्वीर डाटा संकलन हुने अपेक्षा गरिएको छ र अहिलेसम्म नदेखिएका तारा तथा ग्रहहरु देखिने आशा छ ।



 संसारमा अमेरिकाले सेनालाई धेरै खर्च छ । अमेरिकापछि चीनले सैन्य क्षेत्रमा अत्याधिक खर्च गर्ने गरेको छ । यि त भए सेनाका लागि लगानी गर्ने राष्ट । संसारमा त्यस्ता देशहरु पनि छन्, जहाँ सेना नै छैन् । आवश्यकता परेको अवस्था ति देशहरुले विदेशबाट सेनालाई भाडामा लिने गरेका छन् ।

कोस्टारिका
सन् १९४८ को राष्टपति चुनावमा धाँधली भएपछि कोस्टारिकामा जनविद्रोह भएको थियो । त्यसपछि शासनसत्ता विद्रोहीहरुले कब्जामा लिए । नयाँ संविधान जारी गरियो । नयाँ संविधान जारी भएसँगै सैन्य व्यवस्था खारेज भयो । सन् १९५३ पछि कोस्टारिकामा १४ पटक राष्टपतिको चुनाव भइसकेको छ । सबै चुनाव शान्तिपूर्ण रुपमै सम्पन्न भएको छ । आवश्यकता पर्दा कोस्टारिकाले भाडामा सेना लिने गरेको छ ।
लिस्टेनश्टाइन
सन् १८६८ मा लिस्टेनश्टाइनले आफ्नो सेना भंग गरेको थियो । सेनाका लागि गर्नुपर्ने खर्च धेरै भएको भन्दै लिस्टेनश्टाइनले सेना विघटन गरेको थियो । त्यतिबेला नै सरकारले कुनै युद्धको आशंका भएमा तुरुन्तै सेना बनाउने भनेको थियो । तर अहिलेसम्म लिस्टेनश्टाइनले कुने देशसँग युद्ध गर्नुपरेको छैन् । यो देश कालो धनका कारण पनि चर्चामा आउँछ ।
समोआ
सन् १९६२ मा यो देश न्युजिल्याण्डबाट स्वतन्त्र भएको थियो । त्यसपछि अहिलेसम्म यो देशले सेना बनाएको छैन् । स्वतन्त्रताकै समयमा न्युजिल्याण्डले अफ्टेरो परेको परिस्थितीमा यो देशलाई सेना दिने आश्वासन दिएको थियो ।
एन्डोरा
युरोपको देश एन्डोरा सेना विहिन अर्को देश हो । एन्डोरालाई स्पेन र फ्रान्स आवश्यकता पर्दा सेना उपलब्ध गराउने आश्वासन दिएका छन् । यो देश कर नतिर्नेहरुका लागि स्वर्ग मानिन्छ ।

तुवालू
सन् २०१४ मा बनेको भारत प्रशान्त द्धीप सहयोग संगठनको एक सदस्य राष्ट हो, तूवालू । यो देश कुनै समय ब्रिटेनको अधिनमा थियो । यो सानो देशको क्षेत्रफल केवल २६ वर्ग किलोमिटर छ । त्यस्तै यहाँ केवल १० हजार जनता मात्रै छन् । बेलायतमा जस्तै यस देशमा पनि संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र छ ।

भ्याटिगन सिटी
इटलिको राजधानी रोममा रहेको भ्याटिगन सिटी संसारकै सबैभन्दा सानो देश हो । यस देशमा केवल ८ सय ४० जना बस्छन् । यसको क्षेत्रफल शुन्य दशलमव ४४ वर्गकिलोमिटर छ । यो क्याथोलिक चर्चको मुख्यालय हो । यस देशमा पनि सेना छैन् ।

ग्रेनेडा
ग्रेनेडा एउटा ठूलो टापू तथा बाँकी ससाना टापू मिलेर बनेको देश हो । यो देशको जनसंख्या १ लाखको हाराहारीमा छ । सन् १९८३ मा यहाँ सैनिक विद्रोह भएको थियो । त्यसपछि अमेरिकी हस्तक्षेप भयो । अहिले यहाँ सेना छैन् ।

नाउरु
नाउरु प्रशान्त महासागरमा रहेको टापू हो । यो देश २१ दशमलव १० वर्गकिलोमिटरमा फैलिएको छ । यहाँ १० हजार मानिस बस्छन् । एक सम्झौतापछि अस्टेलियाले नाउरुको सुरक्षाको जिम्मा लिएको छ । त्यसैले यस देशको छुट्टै सेना छैन् । एजेन्सीकाे सहयाेगमा

Saturday, October 8, 2016



कहीले कहीँ तपाईलाई भुल्ने बानीले बित्यास लगाउँछ होला । उमेर बढ्दै गएसंगै मानिसको स्मरण शत्तिमा पनि कमि हुँदै जान्छ । यदी तपाई धुम्रपान, मध्यपान सेवन गर्नु हुन्छ भने पनि स्मरण शत्ति कम हुदै जान्छ । तपाईसंग धेरै सुत्ने, कुनै कुराको नशा, ढिलो सुत्ने, ढिलोउठ्ने, दिउँसो सुत्ने, र आवश्यक पोषक तत्वको कमिका भयो भने पनि झट्ट स्मरण सक्नु हुन्न ।

यस्तो अवस्थामा हामीलाई परिआएका समस्या समस्याको समाधान तथा बारम्बार बिर्सने समस्याबाट छुटकारा पाउनको लागी केही सहज उपायहरू अपनाउँदा पनि ती समस्याबाट छुटकारा पाउन सकिन्छ । तापाई आफ्नो स्मरण क्षमतालाई बढाईराख्नु चाहानु हुन्छ ?

१, बदामलाई पाँच दिन भिजाएर राख्ने । भिजाएको बदामलाई बिहानै बाहिरको बोक्रा फ्याकेर पिस्ने । एक गिलास तातो दुधमा पिसेको बादम हाल्ने र २ चम्चा मह मिसाएर खाने । यसरी सेवन गरेपची करिब दुईघण्टासम्म अन्य केही पनि नखाने ।

२, ओखर पनि स्मरण क्षमता बृद्धि गर्नका लागी सहायक सिद्ध हुन सक्छ । को नियमित प्रयोले स्मरण क्षमताको बृद्दि हुन्छ । २० ग्राम ओखर र १० ग्राम किसमिसको प्रयोगले स्मरण शक्तिमा बृद्धि हुन्छ ।

३, ब्राह्मी पनि स्मरण शक्ति बढाउन प्रयोग गर्न सकिने राम्रो जडिबुटी हो । यसको एक चम्चा रस हरेक दिन पिउनाले वा यसको ७ वटा पत्ता चबाएर खानाले पनि स्मरण शक्ति बृद्धि गर्नमा मद्धत गर्छ ।

४, १० ग्राम दालचिनीको धुलोलाई महमा मिसाएर खानाले पनि फाइदा गर्छ ।

५, आधा खाना खाएपछी अमलाको रसमा ३० ग्राम पानी मिसाएर पिउने र बाँकी खाना खाने । यसरी २१ दिनसम्म खाने गरे स्मरण शक्तिमा बृद्धि हुन्छ । ऐजेन्सी


१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ ।

२. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ ।

३. एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ ।

४. पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय (एमआई ६) का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।

५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।

६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ । ७. एक प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत् उत्तेजित हुन्छन् ।
       

               दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट आजसम्म २२ लाख यात्रु बाहिरिएका छन् ।
उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष सरोज सिटौलाले तीन दिन— बिहीबार, शुक्रबार र शनिबार उपत्यका बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रहेको र भोलिदेखि न्यून हुने बताउनुभयो । उहाँका अनुसार आजमात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए ।

उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङलामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् । महासचिव सिटौलाले तीन दिनको अवधिमा आजसम्म कुनै अप्रिय घटना नघटेको र विगतका दसैँभन्दा यो पटक यात्रु सहज तरिकाले गन्तव्यमा पुगेकोे दाबी गर्नुभयो ।

दसैँलाई लक्षित गरी अहिले साना ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहजरुपमा जानसक्ने व्यवस्था गरेको छ । नयाँ गाडी नथपिए पनि देशभरका सबै गाडी राजधानी उतारी यहाँबाट यात्रु लगिएको व्यवसायीले बताएका छन् ।

दसैँको पूर्णिमाको दिनदेखि यात्रु फर्किने भएकाले त्यसका लागि अग्रिम टिकट खुल्ला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी संस्थालाई आग्रह गरिएको महासचिव सिटौलाको भनाइ छ । उपत्यकामा आज सवारी आवतजावत सामान्य रहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एजेन्सी । पाकिस्तानी कलाकारलाई समर्थन गरि बयान दिएपछि सलमान खान विरुद्ध शिवसेना पार्टी भट्किएको छ। सलमानका पिता सलीम खानलाई आफ्नो छोरा सलमानलाई घरैमा राख्न शिवसेना पार्टीले चेतावनीको भाषा प्रयोग गरेको छ। शिवसेनाले पहिले नै पाकिस्तानी कलाकारलाई भारतबाट निस्कन धम्की दिएको थियो। यसपश्चाय कयौं पाकिस्तानी कलाकारले भारत छोडेका छन्।

सलमान खानले यो मुद्धामा बोल्दै, उनीहरु कलाकार हुन् आतंककारी होइनन् भनेका थिए। सरकारले नै परमिट र भिसा दिएको भन्दै सलमानले पाकिस्तानी कलाकारको पक्षमा बोलेका थिए। ‘सर्जिकल अपरेशनमा मारिएका आतंककारी थिए, उनीहरुले मार्यौं ठिक भयो’, सलमानले भनेका थिए। सलमानले आतंकवादको मुद्धामा पुरा देश एकजुट हुनुपर्ने सन्देश दिदै बोलेपनि पाकिस्तानी कलाकारको समर्थन भने शिवसेनाले प्रतिवाद गरेको छ।

Friday, October 7, 2016


मेक्सिको सिटी, । उत्तरी आन्ध्र महासागरमा हिजोदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हैटीमा विध्वंश मच्चाएपछि सो आँधी बहामाज र संयुक्त राज्य अमेरिकातर्फ बढिरहेको छ । म्याथ्यु आँधीले हैटीमा सबैजसो भू–भाग तहसनहस पारेको र आँधीमा परी तीनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भएको बताइएको छ ।

हैटीमा बिगतका केही वर्षदेखि सबभन्दा कडा म्याथ्यु आँधीले उत्पन्न गरेको बाढीका कारण सहर र बस्ती बगाउने, खानेपानी, टेलिफोन, विद्युत् आपूर्ति अवरुद्ध पार्ने गरेको छ । आँधीको बेग दुईसय तीस किलोमिटर प्रतिघन्टासम्म मापन गरिएको छ । गत मङ्गलबार अकस्मात् क्यारेबियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनाँै मानिस बेपत्ता भएका छन् ।

हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित भएका छन् ।
लण्डन। बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ ।

ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ ।

अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो । यस विषयमा यही नै सवैभन्दा ठुलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

“हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाईका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भन्नुभयो ।

“रात्रि सेवामा काम गर्ने र दिवा सेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रि सेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिदै नदेखिएको पाइयो,” एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भन्नुभयो ।


काठमाडौं / विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई संस्थागत गर्दै सम्मुन्नत नेपाल निर्माणमा सबै लाग्नुपर्ने बताएकी छन् । उता पूर्वराजा ज्ञानेन्द्रले भने विगत १० वर्षमा मुलुकका भोगाइको समीक्षा गर्न सबै नेपालीलाई आह्वान गरेका छन् । विजयादशमीका अवसरमा जारी वक्तव्यमा वर्तमान तथा पूर्वराष्ट्राध्यक्षले साझा समृद्धि तथा शान्तिको कामना गरे पनि विद्यमान परिस्थितिबारे परस्पर विरोधी आकलन गरेका छन् ।

शक्ति सन्तुलन मूल मन्त्रः पूर्वराजा

पूर्वराजा शाहले राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूल मन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुन आह्वान गरेका छन् । ‘नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र हो ।

हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं,’ विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले भनेका छन्, ‘राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हुन् । राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूलमन्त्र हो । नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि हामी सबै एक हौं ।’

शुभकामना सन्देशमार्फत पूर्वराजाले वर्तमान परिवेशप्रति आफ्नो निराशा अभिव्यक्त गर्दै मुलुकको समग्र परिस्थितिको समीक्षा पनि गरेका छन् । नेपालीको चाहना शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धि रहेको उल्लेख गर्दै पूर्वराजाले रोजगारी र सुरक्षित जीवन नागरिकको नैसर्गिक अधिकार रहेको बताएका छन् ।

‘बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ? राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ? भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहीनता अन्त्य गरी जनमुखी शासन–प्रशासन प्रारम्भ गरियो त ? विकास निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ? परिपक्व परराष्ट्रनीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थरक्षा गरियो त ? घरपरिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ? ’ शुभकामना सन्देशमा पूर्वराजाले प्रश्न गरेका छन् । उनले बितेको दशकमा अपराध र अपराधीकरणलाई निरुत्साही गरियो या जनताका निम्ति केके गरिए त्यसको समीक्षा गर्न विलम्ब भइसकेको बताए ।

बडादसैंको अवसरले हाम्रो रीतिथिति, संस्कृति, धर्म, परम्परा र सभ्यता एवं त्यसको निरन्तरताको मौलिक अस्तित्व सबल पार्ने उनले बताएका छन् । उनले यस अवसरमा देशभित्र र बाहिर बसेका सम्पूर्ण नेपालीमा सुखशान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गरेका छन् । आफ्नो वक्तव्यको अन्त्यमा उनले नवदुर्गा भवानीले नेपालीमा रहेको स्नेह र सद्भावना सधैं कायम राखी देशका लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।

Thursday, October 6, 2016



सकेसम्म आफ्नो गत्लि लुकाउने चाहना सबैको हुन्छ । आफ्नो गल्ति लुकाउनका लागि विभिन्न बहाना र झुठ बोल्नुपर्ने हुन्छ । सकेसम्म झुठ बोलेर वा विभिन्न बहाना बनाएर गल्ति लुकाउने प्रयास गर्दा त्यसलाई सही साबित गर्नका लागि कहिलेकाही थप बहाना या झुठ बोल्नुपर्ने अवस्था पनि आउने गर्छ । झुठ विषेशगरी गल्ति लुकाउन बोलिने भएपनि कहिलेकाँही राम्रो कामका लागि पनि झुठ बोल्ने गरिन्छ ।

राम्रो कामका लागि बोलिने झूठले मानिसलाई थप राम्रो अवस्थामा पुर्याउन मद्धत गर्छ । मानिसले हेर्न हेराईमा समेत निकै फरकपन आउँछ । तर, यही झुठ मात्र गल्ति लुकाउनका लागि बोलिँदा त्यसले नकारात्मक असर गर्ने गर्छ । विषेशगरी हामीले दिनहुँ जसो पनि आफ्ना स-साना गल्ति लुकाउन पनि झुठको साहारा लिइरहेका हुन्छौ भने कतिपय अवस्थामा झुठ बोलेरै अरूभन्दा आफूलाई ठुलो देखाउने पनि गर्छौ । यसले भविष्यमा हामीलाई थप समस्या र तनाव समेत दिन सक्छ भने कसैसँगको सम्बन्धमा समेत तगारो उत्पन्न हुन सक्छ ।

झुठ बोल्न पुरूष होस् या महिला कसैलाई पनि सिकाइरहनु पर्दैन । आवश्यकता र अवस्था हेरेर दुवै झुठ बोल्न सिपालु हुन्छन् । पुरूष र महिलाबीच बोलिने झुठ विषेश गरी एक-अर्कालाई ठेस नपुर्याउनका लागि बढी प्रयोग गरिन्छ । अरूलाई ठेस नपुगोस् भनेर सानो झुठ बोल्न पुरूष तथा महिला दुवै सिपालु हुन्छन् । यसक्रममा यहाँ महिलाहरूले पुरूषलाई ठेस नपुर्याउन र पुरूषलाई आफूप्रति आकर्षित गर्न महिलाले बोल्ने झुठहरू के के छन् । ती झूठहरू थाहा पाऔः

– तिमी मलाई साह्रै राम्रो लाग्छ तर मलाई यो थाहा छैन् की म तिमीसँग साच्चै प्रेममा कहिले पर्छु ।

– मलाई लाग्छ यो बिलको पैसा हामी दुवैले तिर्नुपर्छ । तिमीले नै सधै तिर्नुपर्छ भन्ने छैन् ।

– मैले अहिलेसम्म यस्तो विचार नै गरेको थिइन की मलाई यो चीज यति धेरै मन पर्छ ।

– तिमी नै यस्तो व्यक्ति हौ जसलाई मैले चाहेको थिए ।

– मैले तिम्रो फोनको प्रतिक्षा गरिरहेको थिइन् ।

– म तिम्रो परिवारसँग खुसी छु । ती सबै मैरै परिवार त हुन् ।

– यदी अहिलेको अवस्थामा म कसैसँग सुत्न चाहन्छु भने त्यो तिमी मात्र हुनेछौ ।

– सेक्स एउटा रमाईलो मात्र हो ।

– होइन तिमीबाट केही गल्ति भएको छैन्, सायद मैले नै केही गल्ति गरे होला ।

– हो, म पनि तिमीसँग साथी बन्न चाहन्थे, म नराम्रो मान्दिन, मैले पनि यही सोचिरहेको थिए ।



काठमाडौं /  मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रतिएमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने छन् ।

सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने

यो योजना असोज १९ गतेवाट लागु हुने जनाइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबीको दैनिक, ५०० एमबीको साप्ताहिक अथवा २००० एमबीको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

१०० एमबी दैनिक डे डेटा प्याक ग्राहकले २० रुपैयाँमा खरिद गरी प्रतिएमबी २० पैसामा ईन्टरनेट सेवा लिन सक्ने जनाइएको छ । साथै ५०० एमबी डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक ८० रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ । प्रतिएमबी १६ पैसामा ईन्टरनेट सेवालिन सक्छन् । ग्राहकले २००० एमबी डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक २५० रुपैयाँमा खरिद गर्न सक्छन् । यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रतिएमबीमा ईन्टरनेट चलाउन सक्ने डे डेटा प्याकका मुल्य कर बाहेकका रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सकिने छ । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।

Wednesday, October 5, 2016




एजेन्सी । गिनिज बुकमा रेकर्ड राख्न मानिसहरु अनेक हर्कत गर्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ एक महिलाले सेक्स सम्बन्धको रेकर्डका लागि एक १ दिनमा ९ सय १९ पुरुषसँग यौन सम्बन्ध राख्न सक्छिन् भनेर । अमेरिकाकी एक युवतीले २४ घण्टामा ९१९ जना पुरुषसँग यौन सम्बन्ध राखेर विश्व कृतिमान राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छिन् ।


हरेक वर्ष पोल्याण्डमा महिलाहरुको सेक्स पार्टी आयोजना गरिन्छ । यसमा विश्व किर्तिमान बनाउने प्रयासस्वरुप सयौं महिला सहभागी हुन्छन् ।सोही प्रतियोगितामा अमेरिकी पोर्न स्टार युवती लीजा स्पार्कले २४ घण्टामा ९१९ जनासँग यौन सम्बन्ध राख्ने रेकर्ड बनाएकी हुन् ।

लीजाले हरेक पुरुषसँग ४५ सेकेण्ड मात्र विताएकी थिइन् । यस अघि ७५९ पुरुषसँग यौन सम्बन्ध राखे एक महिलाले किर्तिमान बनाएकी थिइन् । अव भने लीजाले यो रेकर्ड आफ्नो नाममा बनाएकी छिन् ।लीजाले बनाएको यो रेकर्ड अन्य महिलाले तोड्न सकेका छैनन् । नेपाली हेडलाइन्सकाे सहयाेगमा


काठमाडौं / सैनिक जीवनका क्रममा दोस्रो विश्वयुद्धपछि सिंगापुरमा झन्डै २२ वर्ष बसेँ। त्यहाँ २० हजार गोर्खाली सेनाको रणनीतिक कामको जिम्मा ममाथि थियो। मभन्दा माथि एक जना बि्रटिस कर्णेल थिए तर गोर्खाली फौजको रणनीतिक कामको जिम्मा मेरै काँधमा थियो। उनीहरूको हरेक कुराको जानकारी मैले दिनुपथ्र्यो। त्यहाँ बस्दाको एउटा रोचक प्रसंग मलाई सधैँ सम्झना आइरहन्छ। सन् १९५१ तिरको कुरा हो। सिंगापुर आर्मीका तर्फबाट सिंगापुर सहरमा अन्तर्राष्ट्रिय स्तरको एक फुड फेस्टिवल प्रतियोगिता आयोजना गरएिको थियो। जसमा बि्रटिस, चिनियाँ, भारतीय, मलेसियन, गोर्खाली आदिले भाग लिएका थिए। सिंगापुर डिस्टि्रक्ट आर्मी कमान्डिङ जनरल डन्लपकी बि्रटिस पत्नी लेडी डन्लपलाई त्यसको निणर्ायक तोकिएको थियो।

त्यस बेला संसारमै गोर्खाली सेनाका बारेमा कौतूहल थियो। किनभने, हरेक युद्धमा हामी नै अग्रमोर्चामा खटिएका हुन्थ्यौँ र विजय प्राप्त गथ्र्यौं। त्यति मात्र होइन, युद्धमा भाग लिइरहँदा गोर्खालीले नै उच्च बेलायती युद्ध पदक भिक्टोरयिा क्रस -भीसी)को पदवी पाइरहेका हुन्थे। दोस्रो विश्वयुद्धमा मात्र नेपालीले १० वटा भीसी पदक पाएका थिए। जहाँ जहाँ युद्धमा पराजित हुने अवस्था आउँथ्यो, गोर्खाली सम्भिmइन्थे। गोर्खालीहरू आफ्नो ज्यानको बाजी थापेर युद्धमा विजय प्राप्त गर्थे। सायद त्यसैले होला, संसारभर िनै जिज्ञासा थियो, गोर्खाली के खान्छन् र यसरी युद्धमा विजय प्राप्त गर्छन्? अरूका लागि लड्दा पनि यति इमानदार र कर्तव्यनिष्ठ छन् कि कसैले औँला ठड्याउन सक्दैनन्।

के छ यिनीहरूको ‘जिन’मा, के खाँदा रहेछन् र यस्ता हुँदा रहेछन् भन्ने जिज्ञासा लेडी डन्लपलाई पनि परेको रहेछ। फेस्टिवल स्थलको अन्तिममा हाम्रो स्टल थियो। हाम्रो त्यस फेस्टिवलको जिम्मेवारी पोखराका गुरुङ थरका व्यक्तिले लिएका थिए। साह्रै राम्रोसँग त्यसको सजावट गरेका थिए। नेपाली खानामा दाल, भात, ढिँडो, रसिलो कुखुराको मासु, अचार, गुन्द्रुक आदिले हाम्रो स्टल झकिझकाउ थियो। र, अन्त्यमा डल्ले खुर्सानीका भित्रका बियाँजति सबै झिकेर कमलको फूल आकारमा त्यसलाई सजाइएको थियो। सबै परकिारको नाम लेखिएको थियो तर त्यस फूललाई कुनै नाम दिइएको थिएन। gorkha-armyफेस्टिवल अवलोकनका क्रममा बि्रटिस लेडी डन्लप हाम्रो स्टलमा आएर ज्यादै आकषिर्त भएको भावमा प्रस्तुत भइन्। सबै परकिार बडो ध्यान दिएर ओल्टाईपल्टाई हेर्न थालिन्। गुन्द्रुक र ढिँडोका बारेमा जिज्ञासा पनि राखिन्। त्यसपछि उनले कमलको फूल आकारमा बनाइएको डल्ले खुर्सानीलाई नेप्किनको सहायताले मुखमा हालिन्। त्यसपछि त त्यहाँ हाहाकार नै मच्चियो। पिरोले उनी यसरी उफ्रिइन कि त्यहाँ भागदौड र एक किसिमको कोलाहलको स्थिति सिर्जना भयो।

उनका अंगरक्षकदेखि कार्यक्रम आयोजकहरू सबै मुखामुख गर्न थाले। यत्तिकैमा एम्बुलेन्सको व्यवस्था गरी उनलाई अस्पताल लगियो। हामी भित्रैदेखि डराइरहेका थियौँ, कतै उनलाई केही हुने पो हो कि भनेर। दोस्रो दिन जब हामी पुष्पगुच्छा लिएर उनलाई भेट्न अस्पताल पुग्यौँ, उनी बडो रमाइलो पारामा प्रस्तुत भइन्। उनलाई एन्टिभेनम इन्जेक्सन दिइएको रहेछ, आराम गररिहेकी थिइन्। ठट्टा गर्दै भनिन्, “तिमीहरू बलियो हुनुको राज बल्ल थाहा पाएँ।” ओएस नेपाल

Monday, October 3, 2016



काठमाडौं, असोज १८ – अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको लागि आजदेखि आवेदन भर्न सकिनेछ । बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
डिभी भर्न चाहनेले तोकिएको समयभित्र www.dvlottery.state.gov वेब साइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् ।

निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ । एक जनाले एउटा मात्र आवेदन दिन सक्नेछ ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न पाइने छैन भने चस्मा लगाएको फोटो मान्य हुने छैन ।
डिभी भरेपछि पाउने कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा डिभी परे नपरेको थाहा हुन्छ । दूतावासले डिभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ । डिभी कात्तिक २२ गतेसम्म भर्न सकिनेछ ।
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कुष्माण्ड भगवतीको पूजा

२० गते : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा, उपाङ्ग ललिता व्रत, पचली भैरव यात्रा,

२१ गते : नवरात्रअन्तर्गत कात्यायनी भगवतीको पूजा, बिल्व निमन्त्रण,

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया÷प्रेमको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ । विवादको योग पनि छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही समस्या देखिन सक्छन् । राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।