Thursday, October 6, 2016

एनसेलमा अब १३ पैसामा इन्टरनेट



काठमाडौं /  मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रतिएमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने छन् ।

सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने

यो योजना असोज १९ गतेवाट लागु हुने जनाइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबीको दैनिक, ५०० एमबीको साप्ताहिक अथवा २००० एमबीको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

१०० एमबी दैनिक डे डेटा प्याक ग्राहकले २० रुपैयाँमा खरिद गरी प्रतिएमबी २० पैसामा ईन्टरनेट सेवा लिन सक्ने जनाइएको छ । साथै ५०० एमबी डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक ८० रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ । प्रतिएमबी १६ पैसामा ईन्टरनेट सेवालिन सक्छन् । ग्राहकले २००० एमबी डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक २५० रुपैयाँमा खरिद गर्न सक्छन् । यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रतिएमबीमा ईन्टरनेट चलाउन सक्ने डे डेटा प्याकका मुल्य कर बाहेकका रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सकिने छ । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।

0 comments:

Post a Comment