Friday, October 14, 2016

दुबईमा नेपाली युवतीको खुलेअाम खरिदबिक्री



काठमाण्डाै । दुवई लैजान भन्दै एक नेपाली युवतीलाई ओमन पुगेपछि बिक्री गरेको खुलासा भएको छ । बिक्रीपछि चरम यातना पाएकी ति महिलाको बिक्री भएको ६ महिना पछि उद्धार गरिएको छ ।मानव तस्करीको गिरोहले उनलाई १८ हजार दिराम अर्थात नेपाली रुपैंया करिव ५ लाखमा बिक्री गरेको प्रहरीले जनाएको छ ।

चारदिनअघि उनिसँगै प्रहरीले एक एजेण्टलाई पनि पक्राउ गरेको छ । उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाटै ओमन पुर्‍याएको थियो ।प्रहरीका अनुसार उनले घरेलु कामदारका रुपमा करिब ५ महिना काम गरेकी थिईन । २ महिनाको मात्रै तलव पाएको र घरमा पशुसरहको व्यवहार भएको थाहा पाएपछि उनको परिवारले प्रहरीमा उजुरी गरेका थिए ।

अध्यागमनकै कर्मचारीको मिलोमतोमा मानवतस्करले नक्कली कागजात बनाई त्रिभुवन बिमानस्थलबाटै दुबई पुर्‍याएको  हुनसक्ने प्रहरीको अनुमान छ । दुबईबाट इराक, सिरियाजस्ता द्धन्द्धगस्तमुलुकमा समेत मानवतस्करले युवतीहरु बिक्रि गर्ने भएकाले दुबईमा नेपाली युवतीहरुको ठुलो माग रहेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

0 comments:

Post a Comment