सिन्धुपाल्चोक, असोज १५ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालका केही ठाउँमा गएरातिदेखि मेघगर्जनसहित पानी परेको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा र पूर्वी वायु सक्रिय हुँदा विशेषगरी पहाडी क्षेत्रको मौसम बदली भएको मौसम विभागले जनाएको छ ।
बिहान मौसम खुले पनि बेलुकापख बदली भई फेरी पानी पर्ने अनुमान मौसम विभागले छ । मौसम विभागका अनुसार २४ घण्टामा धरानमा सबैभन्दा धेरै ५० दशमलव ५ मिलिमिटर पानी परेको छ ।तर पश्चिमको मौसम भने सफा रहेको छ ।
त्यस्तै सिन्धुपाल्चोकमा अबिरल वर्षापछि आएको पहिरोले एकै परिवारको तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाले शनिबार बिहान ३ बजेतिर घर माथिबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिल्सिना, उद्धब तिमिल्सिना र उनकी श्रीमती सम्झना तिमिल्सिना छन् ।पहिरोले पुरिएका दुइ जनाको उद्धार गरिएको छ ।
read more news at http://livenewsnp.blogspot.com/
0 comments:
Post a Comment