गतसाताबाट भारत र पाकिस्तानका बीचमा चर्किएको विवादले अन्तिम रुप लिएसंगै बिहीबार बिहान भारतीय सेनाले पाकिस्तानी सीमा रोखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ ।बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका हुन ।
पत्रकार सम्मेलनकाे अायाेजना गर्दै भारतीय सेनाका लेफ्टिनेन्ट सिंहले बुधबार रातीनै पाकिस्तानीसेनामाथी हावी भएकाे भारतीय सेनाले अाफ्नाे सिमाक्षेत्रमा अातंकवादी संगठन प्रवेश गर्न लागेकाे पक्का खबर पाएकाे र त्यसैकाे निगरानीमा जादा दुवै तर्फ गाेली बर्सेकाे बताए ।
निकै लामाे समय चलेकाे दुवै पक्षकाे भिडन्तमा पाकिस्तान तर्फका दुर्इ शैनिक मारीएकाे तर भारतीय पक्षमा क्षती नभएकाे बताइएकाे छ । यता पाकिस्तानी सेनाले भने बिना कारण ड्युटीमा रहेका सैनिकलार्इ भारतियसेनाले गाेली चलाएकाे अाराेप लगाएकाे छ ।
पाकिस्तानी टेलिभिजन मार्फत् प्रधानमन्त्री नवाज शरीफले भारतले खुला अत्याचार सुरु गरेको आरोप लगाएका छन् ।रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री शरीफले आक्रमणको घोर भत्सर्ना गर्दै भनेका छन्, ‘हाम्रो मनशाय शान्ति हो त्यसलाई कमजोर नठानियोस् ।’
0 comments:
Post a Comment