Friday, September 9, 2016

उत्तर कोरियाले आणविक बम परिक्षण गर्दा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प, अमेरिकाले गर्यो पुष्टि


काठमाडौं, २४ भदौं ।  उत्तर कोरियाले आणविक बम परिक्षण गर्दा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको छ । अमेरिकाको भौगोलिक सर्भे अन्तर्गतको ग्लोबल भूकम्पीय मापन केन्द्रले शुक्रबार बिहान मापन गरिएको ठूलो कम्पन भुकम्प नभएर आणविक बम परिक्षण पछिको कम्पन भएको पुष्टि गरेको छ ।

दक्षिण कोरियाको समाचार संस्था योन्हाले उत्तर कोरीयाले आणविक बम परिक्षण गरेपछि कम्पन मापन भएको दावी गरेको छ । उत्तर कोरियाको एउटा राष्ट्रिय दैनिक पत्रिकाले देशको नेतृत्व र साशन ब्यवस्थाको सम्मानमा आणविक बम परिक्षण गरेको खबर छापेको छ । विविसीले उत्तर कोरीयाले बम परिक्षण गरेको पुष्टि भएपनि त्यो आणविक भए नभएको भने एकिन भइनसकेको बताएको छ । संयुक्त राष्ट्रसंघले आणविक परिक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले लगातारजसो विभिन्न बम तथा क्षेप्यास्त्र परिक्षण गर्दै आएको छ । उत्तर कोरियाले सन् २००२ अक्टोबर, २००६ अक्टोबर, २००९ मे, २०१३ फ्रबुअरी र २०१५ मे मा ठूला आणविक बमको परिक्षण गरिसकेको छ ।

0 comments:

Post a Comment