Wednesday, September 28, 2016

दसैँका लागि बैंकहरुलाई नयाँ नोट वितण सुरु



काठमाडौँ / दसैँका लागि राष्ट्र बैंकले आजदेखि बैंकहरुलाई नयाँ नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंकबाट नयाँ नोट लगेपछि बैंकहरुले सर्वसाधारणलाई सटहीको सेवा दिने छन्। सर्वसाधारणलाई भने असोज १६ गतेबाट राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयबाट सटही सेवा प्रदान गर्नेछ। कारोबार समयमा प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्मको नोट सर्वसाधारणले साट्न पाउने छन्।

गत वर्ष प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्मको नोट सटही सुविधा दिइएको थियो। राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालयहरुले पनि १६ गतेबाट नै नोट सटही गर्ने छन्।

0 comments:

Post a Comment