पोखरा । बुधबार राती पोखरास्थित बिजयपुर खोलामा आएको बाढीले स्थानीय टास्क हाइड्रो पावरमा करोडौंको क्षति पुगेको छ । हाइड्रोमा पुगेको क्षतिसँगै एक मेगावाट क्षमताको हाइड्रोबाट बिजुली उत्पादन बन्द भएको छ ।
सो हाइड्रोले २०६५ सालदेखि विद्युत उत्पादन गर्दै आएको थियो ।
मध्यरातमा बिजयपुर खोलामा आएको बाढीले हाईड्रोपावरको ट्रान्सर्फमरसहित विद्युतीय उपकरणहरु बगाउँदा ९ करोड बराबरको क्षति भएको हाइड्रोपावर परियोजनाका प्रशासन प्रमुख लेखनाथ देवकोटाले जानकारी दिए । यद्यपी प्राविधिक टोलीले क्षतिको विवरण संकलन गर्न बाँकी रहेको उनको भनाई छ ।
बाढीले हाइड्रोपावरको सिटिपिटी, भिसिवी, कनेक्टीङ वायर, डिक्सपिन, इन्ड्रस्ट्रीयल फ्यान, केवलवायर, भिसीडी पोलमा क्षति पुगेको छ । त्यस्तै सुरक्षा गार्डको कोठासहित महत्वपूर्ण विद्युतीय बस्तुहरु बाढीले बगाएको देवकोटाले बताए ।
बाढीका कारण हाइड्रोपावरका मेसिनहरु रहेको भवन समेत पहिरोको उच्च जोखिममा परेको छ ।
करीब २५ करोड लागतमा उक्त हाइड्रो पावर निर्माण भएको सञ्चालक समितिको दाबी छ । विद्युत उत्पादन रोकिएसँगै काहुँखोलाबाट पावर हाउसमा जाने पानीको मुहान बन्द गरिएको छ ।
0 comments:
Post a Comment