Tuesday, September 27, 2016

विदेशमा चार बर्षसम्म कमाएको आठ लाख लिएर श्रीमती अर्कैसँग हिडेपछि…


काठमाडौँ /  विदेशीने नेपालीका पीडा अनेक छन् । पैसा कमाउने लक्ष्य लिएर विदेश पुगेका धेरै युवाको शव मात्र स्वदेश फर्किन्छ । परिवारको सपना त्यहीबाट समाप्त हुन्छ । कतिपय पैसा कमाएर घर पठाउछन् तर परिवारले पैसा लापरबाही गर्दा परदेशमा कमाएको पैसा सदुपयोग हुन सक्दैन ।


धेरै युवा भने विवाह गरेर विदेश जाने गर्छन् । विवाह पछिका श्रीमतीका चाहना भन्दा पनि धन सम्पत्तिलाई ठूलो मानेर विदेश जाने युवा श्रीमतीलाई विश्वास गरेर दुःख गरेर कमाएको पैसा पठाउछन् । धेरैले जोहो गरेर राख्छन् र श्रीमान फर्किएपछि सुखले जीवन बिताउछन् । तर, कतिपयले भने श्रीमानले कमाएको पैसा लुटेर अर्कैसँग विवाह गर्छन् ।

त्यही नियति भोग्नु परेको छ मलेसिया पुगेका नवलपरासी तम्सरीका प्रेम कुमालले । आजभन्दा चार वर्ष अगाडि रोजगारीका लागि मलेसिया पुगेका प्रेमले कमाएको पैसा सवै श्रीमतीको नाममा पठाउने गरेका थिए । यही अगष्ट २८ तारिखमा भने उनले चार बर्ष कमाएको सबै पैसा लिएर श्रीमती दार्चुलाका एक युवासँग हिडेपछि उनी मलेसियामा तड्पिरहेका छन् ।

प्रेमले मलेसियामा प्रतिमहिना एक हजार रिगेट तलवमान कायम हुँदा समेत पुरानै तलवमान पाचँ सय ४६ रिगेटमा उनले काम गरिरहेका थिए । घरमा आमा, वुवा एक छोरा, एक छोरी तथा श्रीमतीलाईछाडेर परदेशिएका प्रेमले आफनै श्रीमतीवाट सोच्दै नसोचेको धोका पाएको गुनासो गरे । जीवनको उर्जाशील समयमा कमाएको पैसा लिएर अर्कैसँग हिड्ने श्रीमतीको नाममा मुद्धा दर्ता गरेर पैसा उठाउने सोचमा प्रेम स्वदेश फर्कने तयारीमा छन् ।

0 comments:

Post a Comment