Friday, September 9, 2016
- Home
- Unlabelled
- फेसबुक मेसेन्जरबाट पैसा पठाउन सकिने, यसरी उपयोग गर्न सकिन्छ यो सेवा
फेसबुक मेसेन्जरबाट पैसा पठाउन सकिने, यसरी उपयोग गर्न सकिन्छ यो सेवा
Posted By Unknown
On 2:00 AM
के तपाईं आफ्नो सोसल मिडिया वेबसाइट फेसबुक, स्न्यापच्याट र ह्वाट्सएपलाई यति विश्वास गर्नुहुन्छ कि आफ्नो पैसा ती वेबसाइटको भरोसामा छोड्नुहुन्छ ?तपाईं सायद गर्नुहुन्न होला तर अमेरिकाका धेरैजसो मानिसहरु यसो गर्छन् ।कम्तिमा पनि १८ वर्ष पुगेका मानिसले अब फेसुबकमार्फत पैसा पठाउन सक्छन् । यहाँ तपाईंले आफ्नो डेबिट कार्ड रजिस्टर गर्नुपर्ने हुन्छ । यसका लागि क्रेडिट कार्ड, पेपाल र प्रिपेड कार्ड स्विकार्य छैन ।
यद्यपी अहिले यो सेवा अमेरिकामा मात्र उपलब्ध छ । यसमा प्रयोगकर्ताले फेसबुक मेसेन्जरको ‘मोर’ अप्सनमा जानुपर्ने हुन्छ जहाँ डलरको आइकन बनेको हुन्छ ।डलरको आइकनमा ‘पे’ बटन क्लिक गर्नुहोस् । तपाईंले यदि पेमेन्ट रिसिभ गर्नुहुन्छ भने सिधा एड कार्डमा जानुहोस् र अमेरिकी डेबिट कार्ड एड गर्नुहोस् । यसो गर्नुभयो भने पैसा सिधै तपाईंको खातामा जानेछ ।
थुप्रै सोसल मिडिया प्रयोगकर्ताका अनुसार उनीहरु ठगीका कारण यसो गर्नबाट डराउँछन् । एक महिला प्रयोगकर्ता केट इभान्सका अनुसार मेसेन्जरबाट पैसा ट्रान्सफर गर्नु ठिक हो तर यसमा ठगी हुने अत्यधिक डर हुन्छ ।फेसबुकमा नक्कली अकाउन्ट बन्न निकै सजिलो छ जसमा धोका हुनसक्ने आशंका धेरेले गरेका छन् ।
0 comments:
Post a Comment