Wednesday, November 30, 2016



काठमाडौं— उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ।  जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

डा. केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि वार्ताबाट निष्कर्ष निकाल्न सरकार उदासीन रहेपछि चिकित्सकले आन्दोलन कडा बनाउँदै छन्। केसीको अनशन र मागप्रति १९ दिनसम्म मौन बसेको चिकित्सक संघसमेत विरोधका कार्यक्रममा अग्रसर भएको छ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै पूरा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । समयसीमाभित्र माग पूरा नभए देशव्यापी सेवा बहिष्कार गर्ने चेतावनी गोदानको छ ।

 केसीले उपकुलपति खनियाँको बर्खास्तगी वरिष्ठता आधारमा आइओएममा डिन नियुक्ति, एमबिबिए शुल्क निर्धारण, आइओएमलाई अधिकतम आर्थिक तथा प्रशासनिक स्वायत्त बनाउनुपर्ने, चिकित्सा शिक्षा ऐन नआउँदासम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठनलगायत माग अगाडि सारेका छन् ।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका आवासीय चिकित्सकले मंगलबारदेखि सेवा छाडेकामा बिहीबारदेखि वीर अस्पतालका आवासीय चिकित्सकले पनि आकस्मिकबाहेक सेवा छाड्ने घोषणा गरेका छन् ।

केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), चितवन, पोखरा, काभ्रे, उदयपुर, बुटवल, नेपालगन्ज, धनगढी र दोलखालगायत ठाउँमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा छाडेर सडकमा उत्रिएका छन् । वीर तथा ट्रमामा कार्यरत रेजिडेन्ट चिकित्सकले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालअगाडि धर्ना दिएका छन् ।

अनशनको १८ दिनसम्म समस्याले निकास नपाउनुमा  स्वार्थी समूह सक्रिय भएको र त्यो समूहले माग पूरा हुन नदिन राज्यपक्षसँग मिलेर भाँजो हालेको आरोप गोदानको छ । गोदानले २४ घन्टाभित्र केसीका माग पूरा गर्ने सहमति गरी अनशन नटुंग्याए सरकारी स्वास्थ्य संस्थाबाट निर्वाध सेवा प्रवाह हुन नसक्ने जनाएको छ ।

केसीको माग र अनशनप्रति अनुदार देखिएको चिकित्सक संघले समेत बिहीबारदेखि बन्द कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो दिन बिहान १० देखि ११ बजेसम्म अस्पतालका आकस्मिकबाहेक सेवा बन्द गरी सम्बन्धित संस्थाका परिसरमा उभिएर डा. केसीको जीवनरक्षा अभियानमा सरिक हुने घोषणा उसले गरेको छ । यसअघि नै संघका पोखरा र चितवन शाखाले छुट्टै विरोधका कार्यक्रम सार्वजनिक गरेर आकस्मिकबाहेक सेवा छाडिसकेका छन् ।

संघका आजीवन सदस्य डा. केसीको जीवन नै गम्भीर मोडमा पुगेको भन्दै यस्तो अवस्थामा समेत सम्बद्ध पक्ष संवेदनशील नभएको आरोप संघले लगाएको छ । संघले केसीको जीवन रक्षार्थ सरकारले आवश्यक कदम नचाले अन्य कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ ।

चिकित्सा शिक्षामा सुधारका लागि जीवनकै बाजी लगाएर लडिरहेका डा. गोविन्द केसीले उठाएका प्रमुख माग सम्बोधन गर्नुको साटो सरकारी वार्ता टोली तत्काल अनशन टुंग्याउने सहमतिका पक्षमा देखिएको छ । केसीले अनशन तोड्ने बटमलाइन बनाएको त्रिवि उपकुलपति तीर्थ खनियाँ र आइओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) का डिन डा. केपी सिंहलाई हटाउनुपर्ने मागमा सरकारी टोली कठोर रुपमा प्रस्तुत भइरहेको छ।

केसीतर्फबाट वार्तामा सहभागी चिकित्सकका अनुसार सरकार डिन र उपकुलपतिलाई हटाउने वा राजीनामा गराउने पक्षमा छैन् । सरकारी टोलीले आइओएमा डिन नियुक्तिका लागि मापदण्ड बनाउन समिति  बनिसकेको भन्दै समिति नबन्दासम्म डा. सिंहलाई राखिराख्न केसी पक्षलाई दबाब दिइरहेको छ । उपकुलपतिलगायत उच्च तहको प्राज्ञिक नियुक्तिका लागि पनि तत्काल मापदण्ड बनाउने र उपकुलपतिका रुपमा खनियाँले गरेका गलत कामलाई उच्चस्तरीय छानबिन समितिको कार्यक्षेत्रभित्र पार्ने प्रस्ताव सरकारी टोलीले गरेको छ ।

तर केसी पक्षले भने तत्काल डिनलाई बर्खास्त वा राजीनामा गराउन माग राखेको छ । वरिष्ठता मिचेर डिन बनाइएका सिंहलाई कायम राख्दा बसेको थिति पनि भत्किने भएकाले केसीको बटमलाइन डिनको बर्खास्तगी रहेको छ ।

वार्ता पाँच दिनदेखि जारी छ । तत्काल न्यायिक छानबिन आयोग गठन, चिकित्सा शिक्षासम्बन्धी ऐन अगाडि बढाउने, ऐन नआउँदासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने र मेडिकल कलेजमा एमबिबिएस अध्ययन शुल्क निर्धारणमा दुबै पक्ष सहमत भइसकेका छन्।

केसीका तर्फबाट वार्तामा संलग्न डा.जीवन क्षत्रीले बुधबार पनि मंगलबारको जस्तै कुनै ठोस प्रगति नभएको बताए । सरकारी वार्ता टोलीका संयोजक शिक्षासचिव शान्तबहादुर श्रेष्ठले आफू थिति बसाल्ने पक्षमा रहेको भन्दै त्यो आधारमा ल्याएको प्रस्ताव केसी पक्षलाई मान्य हुननसकेको बताए ।

‘म थिति बसाल्न आएको हुँ, बिर्गान हैन,’ उनले भने, ‘स्थायी रुपमा सिस्टम बसाल्ने गरी काम गर्छौं, व्यक्तिमा नजाऔं भन्ने हाम्रो आग्रह रह्यो,’ उनले भने । उनले कुरा यसैमा अड्किएको बताए ।

यसअघि सरकारले चिकित्सा शिक्षामा सुधारका लागि पटकपटक  सम्झौता गर्दै उल्लंघन गरेकाले डा. केसी आफ्नो दसौं अनशन उपलब्धिबिना तोड्ने पक्षमा छैनन्।

केसीले उपकुलपति खनियाँको बर्खास्तगी वरिष्ठता आधारमा आइओएममा डिन नियुक्ति, एमबिबिए शुल्क निर्धारण, आइओएमलाई अधिकतम आर्थिक तथा प्रशासनिक स्वायत्त बनाउनुपर्ने, चिकित्सा शिक्षा ऐन नआउँदासम्म कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने र चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठनलगायत माग अगाडि सारेका छन् ।

काठमाडौं, मंसिर १६ – सलमानको घरमा आयोजित पार्टीमा पुगेका शाहरुख बिहान चार बजे निस्किए, उनलाई छाड्न सलमान बाहिर आए र यी दुईले अँगालो मारे ।
बलिउडका दुई खान सलमान र शाहरुखको नाम प्रशंसकले पनि हम्मेसी सँगै लिँदैनन् । यस्तो किनभने यी दुईबीच लामो समययता ‘कोल्डवार’ जारी थियो ।

तर, अब यस्तो सम्बन्ध इतिहास बनेको छ । अर्थात्, शाहरुख र सलमान एक–अर्काका ‘साथी बनिसकेका’ छन् । त्यसैले पनि हुनुपर्छ, यी दुई अब एक–अर्काको घरमा आयोजना भएका पार्टीमा पुग्न थालेका छन् । शाहरुखले ‘कोल्डप्ले ब्यान्ड’को सम्मानमा राखेको पार्टीमा सलमान गएको धेरै लामो भएको छैन ।
त्यस्तै, अब सलमानले आयोजना गरेको पार्टीमा शाहरुख पुगेको समाचार अहिले बलिउडमा भाइरल भएको छ । सलमानले ग्यालेक्सी अपार्टमेन्टमा राखेको पार्टीमा शाहरुख मध्यरातमा पुगेका थिए ।नयाँ पत्रिकाले छापेको छ ।
उनी त्यहाँ बिहान चार बजेसम्म बसेको भारतीय मिडिया दैनिक भास्करले लेखेको छ । यति मात्र होइन, पार्टीको अन्त्यमा सलमान शाहरुखलाई ‘सि–अफ’ गर्न पनि पुगे । शाहरुख गाडीमा बस्नुअघि यी दुईले अंकमाल पनि गरे । अहिले यही समाचार बलिउडमा व्यापक चर्चामा छ ।


हात्तीको आचीबाट कफीका साथ साथै बियर बन्दै छ भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्दछ तर अब यो संभव भइसकेको छ।तपाई हामिले पनि हात्ती आचीबाट भनेको कफी र बियर स्वादिलो मान्दै पिउन सक्छौ। हात्तीको गोबरमा कफी भने केही समय अघिनै उत्पादन हुन शुरु गरेको हो।

हात्तीको गोबरबाट बनेको यो कफीलाई मानिसले खुब रुचाए।हाल हात्तीको गोबरबाट बनेको यो कफीलाई प्रतिकिलो करिब ९० हजार नेपाली रुपैया पर्दछ।भर्खरै एक जापानी कम्पनीले हात्तीको गोबरबाट बियर बनाउन शुरु गरेको छ।

सेक्ट गेलेन नाम गरेको यो कम्पनीले माटो जस्तो वास्ना आउने गरि यस्तो बियर उत्पादन गर्ने लागेको हो । कम्पनीले यो बियरको नाम ‘उन कोनो कुरो’ राखेको छ। यो बियरको लागि हात्तीलाई विशेष अन्न खुवाइन्छ। त्यसपछी हात्तीले गर्ने गोबरबाट बियर उत्पादन गरिन्छ।एजेन्सीकाे सहयाेगमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

जिम्मेवारीप्रति सचेत रहनुपर्छ, परिश्रम र मिहिनेत गर्न सकेमा बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको सफलता पाउन सक्नुहुन्छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । आर्थिक समस्याले पिरोल्ने छ । व्यापारव्यवसायमा सामान्य छ । आर्थिक पक्षमा ठूलो फड्को मार्न सक्नुहुन्न । पारिवारिक जीवन सामान्य छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Tuesday, November 29, 2016


काठमाडौँ, १४ मङ्सिर । नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम रहेको छ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकारसम्मलेनमा बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रका निर्देशक डा पौडेलले बताउनुभयो ।

यही मङ्सिर १६ गते अर्थात् डिसेम्बर १ मा विश्व एड्स दिवस पर्दछ । जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रका निर्देशक डा पौडेल बताउनुभयो । उहाँले प्रत्येक वर्ष नेपालमा अनुमानित एक हजार तीन सय ३१ नयाँ सङ्क्रमित थपिने र दुई हजार दुई सय ६३ एड्स रोगीको मृत्यु हुने गरेको बताउनुभयो ।

सन् २०१५ को डिसेम्बर सम्मको तथ्याङ्कअनुसार नेपालमा करिब ३९ हजार तीन सय ९७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । तीमध्ये २४ हजार चार सय ४९ पुरुष र १४ हजार नौ सय ४८ महिला सङ्क्रमित छन् भने विश्वमा अहिले करिब तीन करोड ६७ लाख व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान गरिएको छ ।

गत वर्ष नेपालमा एचआइभी एड्स सङ्क्रमित एक सय सात शिशुको जन्म भएको र उनीहरुको उपचार भइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालले पनि विश्व एड्स दिवस मनाउन लागेको छ ।

निर्देशक डा पौडेलले एआइभीको सङ्क्रमण दर अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो विकास लक्ष्य तथा सङ्क्रमणको रोकथाम र उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिन यो दिवस मनाइने बताउनुभयो । उहाँ उक्त दिन राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ ।

एआइभीको निःशुल्क परीक्षणका लागि कोटेश्वर, एकान्तकुना, रत्नपार्क, कलङ्की, नयाँ बसपार्क र शिक्षण अस्पताल महाराजगन्जमा स्टल राखिने केन्द्रले जनाएको छ ।



मुम्बई–पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई पोर्नस्टारलाई समाजले नायिकाको दर्जा दिँदैन भन्ने राम्रोसँग थाहा छ। पोर्नस्टारलाई समाजमा हेयका दृष्टिले हेरिन्छ भन्ने कुरा उनलाई राम्रोसँग हेक्का छ। यो सबै थाहा हुँदाहुँदै सनी आखिर किन पोर्नस्टार बनिन् ?  सनीसँग के भएको थियो र उनले यस्तो कदम उठाइन?
सनी लियोनी अहिले लोकप्रिय बलिउड अभिनेत्री बनेकी छन्। केही दिन अगाडि बीबीसीले सय प्रभावशाली महिलाको सूचिमा सनीले आफ्नो स्थान पक्का गरेकी छन्। यो हुँदाहुँदै पनि यो पोर्नस्टारको ट्यागले जिन्दगीभर नछोड्ने उनलाई थाहा छ।

कुनै बेला सनी एक सामान्य युवती थिइन्। अश्लिल चलचित्रमा काम गर्ने बारेमा उनले सोचेकी समेत थिइनन्। तर सनीको सपना धेरै ठूला थिए। उनलाई काम कमाउनु थियो, पैसा कमाउनु थियो, यही कारण उनी अन्नतः अश्लिल चलचित्रकी नायिका बन्न पुगिन्। अश्लिल चलचित्रमा आउने कुरा उनले आफैंले निर्णय गरेकी थिइन्। उनी अश्लिल चलचित्रमा गएको कुरा उनको परिवारलाईसमेत जानकारी थिएन।

आफूले अश्लिल चलचित्र खेल्न थालेको कुरा सनी स्वयंले परिवारका सदस्यलाई बताएकी थिइन्। सनीका कुरा सुनेपछि परिवारका सदस्य छाँगाबाट खसेजस्तै भए ! परिवारका सदस्यले सुरुमा त विश्वास नै गरेनन्। तर  जव सनीको कुरा सत्य भएको थाहा भयो, तव आफूले टेकेको जमिन भासिएको  जस्तै अनुभव परिवारका सदस्यले गरे। परिवारका सदस्य यति क्रोधित भएकी सनीको अनुहार हेर्नसम्म चाहँदैन थिए।

एक अन्तर्वाताका क्रममा सनीले सो कुराको खुलासा गरेकी हुन्। आफू अश्लिल चलचित्रमा काम गरेको थाहा  पाएपछि परिवारका सदस्यालाई मनाउन निकै ठूलो मेहनत गर्नुपरेको उनले अन्तरवार्ताका क्रममा सनीले खुलासा गरेकी छन्। सनीका अनुसार पोर्न इण्डस्ट्रीमा विजनेशका रुपमा काम सुरु गरेकी थिइन्। ‘मैले परिवारका सदस्यको अनुमति विना पोर्न इण्डस्ट्रीमा काम सुरु गरेकी थिएँ, उनले भनिन्,‘यो मेरालागि व्यापार नै थियो। जब मैले पेन्टहाउस (एडल्ट इण्डस्ट्रीको लोकप्रिय म्यागेजिन) कवर अफ द इयर र एकलाख डलर जितेँ तव मात्रै मैले परिवारका सदस्यलाई यो विषयमा जानकारी दिएँ।’ उनले सुरुमा परिवारका सदस्य आफूसँग रिसाएको र आफूँले  सम्झाएपछि स्थिति सामान्य भएको बताएइन्।
एजेन्सीको सहयोगमा

काठमाण्डाै ।  वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् ।

साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली दूतावासले जनाएको छ । ‘साउदी आएकै दिनबाट खाना नपाएको भन्दै दूतावासमा उजुरी आउने क्रम बढेको छ,’ रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले भने, ‘यो ज्यादै संवेदनशील विषय हो ।’

दूतावासका अनुसार २० देखि सय जनासम्म कामदार लिएका कम्पनीहरूले खानासमेत उपलब्ध गराउन सकेको छैनन् । खाना नपाएर आएका ५४ जनाको समूहलाई दूतावासले आफ्नै परिसरभित्रै राखेर आश्रय दिइरहेको छ ।

‘दलालका कारण नेपाली कामदारले निकै ठूलो मानसिक यातना भोगेका छन् । खाना नपाएर ज्यानै जाला भन्ने डर भयो,’ उनले भने, ‘हामीसँग सम्पर्कमा आएका सबैलाई खानाको बन्दोबस्त गर्न सकेका छैनौं ।’ धेरैजसो पीडित कामदार दूतावासको सम्पर्कमा समेत पुग्न सकेको छैनन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

मोन्टेभिडियो, १४ मङ्सिर । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।

यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन । फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो । यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् ।

ब्राजिलका राष्ट्रपति माइकल टेमरले फुटबल खेलाडी सवार विमान दुर्घटनाको समाचारबाट आफू स्तब्धः भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा समेत गरेका छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

मनमा उमङ्ग र उत्साह देखिने छ । तर प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने समय छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । दूरदराज वा लामो दूरीको यात्राबाट लाभ लिन सकिने छ । विवादको योग पनि छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही समस्या देखिन सक्छन् । राती बाह्रौं भावमा चन्द्रमा जाने भएकाले अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Monday, November 28, 2016


काठमाडौं, मंसिर १४ । थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले बंगलादेशसँग मैदानी भिडन्त गर्दैछ ।

यसअघि नै पाकिस्तान र श्रीलंकासँग पराजित भइसकेको नेपालले आजको खेल जित्दै अंक तालिकामा खाता खोल्न चाहन्छ ।
लगातर पराजित भइरहेको नेपाललाई टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेशविरुद्धको खेल पनि सहज हुने छैन ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल अंक तालिकाको सबैभन्दा पुछारमा छ ।


एजेन्सी । सेक्स गर्नुस् तर, सावधानी अपनाएर । सेक्स कहिले र कसरी गर्ने, महिनावारीमा सेक्स गर्ने वा नगर्ने । गर्ने हो भने कहिले गर्ने ताकि गर्भ नरहोस् । यस्ता केही प्रश्नबाट अधिकांश युवायुवती परेशान हुन्छन् ।

सेक्सलाई लिएर सबैभन्दा बढी जिज्ञासा महिनावारीको समयमा हुन्छ । एक आम धारणा छ कि महिनावारी भएको १४ देखि १६ दिनको बीचमा यदि तपाई सेक्स गर्नुहुन्छ भने गर्भ रहने सम्भावना कम हुन्छ । यद्यपी यसको कुनै ग्यारेन्टी छैन कि बाँकी दिनमा गर्भ रहन्छ । उसो त महिलाहरुको महिनावारी चक्र अलग अलग हुन्छ । यो पनि जरुरी छैन् कि तपाईको माहिनावारी भएन भने तपाई गर्भवती हुनुभयो ।

तपाई गर्भवती हुनुहुन्छ वा हुनुहुन्न यो शंका अब घर बसेरै दूर गर्नसक्नुहुन्छ । कुनै औषधि पसलबाट प्रेग्नेन्सी चेक किट ल्याउनुस् र ५ मिनेटमा पत्ता लगाउनुस् कि तपाई गर्भवती हुनुहुन्छ वा हुनुहुन्न् । यसका लागि विहानै पहिलो यूरिन किटमा दिएको कार्डको माथि हाल्नुस् । पाँच मिनेटपछि रिजल्ट आउनेछ । गर्भधारणबाट बच्नका लागि कैयौ विकल्प छन् । कपर टी यो सबैभन्दा राम्रो उपाय हो । यो १० वर्षसम्म प्रभावकारी हुन्छ । यो एक सानो टी को आकारको प्लाष्टिक हुन्छ जसलाई महिलाको गर्भाशयमा लगाइन्छ । सेक्सको क्रममा कण्डमको प्रयोग गर्दा पनि गर्भ बस्दैन् । तर, कण्डम प्रयोग गर्नुभन्दा पहिला त्यसको सही प्रयोगबारे जानकारी हुनु जरुरी हुन्छ ।

प्रग्नेन्सी रोक्नका लागि महिला पुरुष दुबै नसबन्दी पनि गराउन सक्छन् । उसो त गर्भधारणबाट बच्नका लागि बजारमा कैयौ प्रकारका गर्भनिरोधक गोलीहरु पाइन्छ । जसको सेवन गर्नाले गर्भ बस्दैन् । असुरक्षित यौन सम्पर्क राखेको ७२ घण्टाभित्र यी गोलीहरु खाए गर्भधारणको सम्भावना कम हुन्छ । यो गोली खाएपछि सेक्स गर्नु झन सही मानिन्छ । यद्यपी खाली पेट यो गोली खादा वान्ता हुनसक्छ । यदि गोली खाएको तीन घण्टामै तपाईलाई वान्ता हुन्छ भने तुरुन्त दोस्रो गोली खानुस् ।

असुरक्षित यौनसम्पर्कपछि गर्भधारण रोक्ने केही उपाय यसप्रकार छन्ः

– बिना कण्डम सेक्स नगर्नुस् । महिनावारीको समयमा यदि सेक्स गर्नुपरे कण्डमको अनिवार्य रुपमा प्रयोग गर्नुस् । यसले गर्भाधारणबाट मात्र बचाउनेछैन् बल्कि सेक्सुअली ट्रान्मिटेड डिजीजबाट पनि बचाउनेछ ।

– गर्भनिरोधक गोलीहरु डाक्टरको सल्लाह गरेर खानुस् । यसमा अनियमितता भए गोलीको प्रभाव सकिन्छ र गर्भ रहने सम्भावना बढ्छ ।

– महिनावारीको बेला असुरक्षित यौनसम्पर्क नराख्नुस् । कति मानिस सम्झिन्छन् कि उनको गणित काफी मजबुत छ र महिनावारीका बेला विना कण्डम असुरक्षित यौनसम्पर्क राख्छन् । भुलेरपनि यस्तो नगर्नुस् । असुरक्षित यौनसम्बन्ध सधै खतरनाक हुन्छ ।

– तपाई यो भ्रममा नपर्नुस् कि यदि तपाई सेक्सको बेला विदड्रा विधि अपनाउदा गर्भ बस्दैन भनेर । सेक्सको बेला अधिकांश पुरुष चरम उत्कर्षमा पुग्छन् । आफ्नो लिंगलाई पार्टनरको योनीबाट बाहिर निकाल्छन् । यो गलत तरिका हो यसबाट पनि गर्भ बस्ने खतरा हुन्छ ।

– कहिले कहिले सेक्सको बेला चरमसुखका लागि महिला र पुरुष दुबै आपसमा हस्तमैथुन गर्छन् । महिला यदि पुरुषको हस्तमैथुन गर्छिन् भने यो सम्भव छ कि उनको हातको औलामा विर्य लाग्न जान्छ र यदि दोस्रोपटक यो औलालाई आफ्नो योनीमा हाल्दा यो सम्भव छ कि वीर्य योनीबाट भित्र छिर्छ र गर्भ बस्न सक्छ । त्यसैले यस्तो नगर्नुस् ।

केही आयुर्वेदिक उपायः

– महिनावारीमा ३ दिनसम्म करिब ६० ग्राम पुरानो गुड हरेक दिन खाँदा गर्भ बस्दैन् ।

– यदि पुरुषको लिंगको टुप्पोमा मिठो तेल र नुन मिलाएर मैथुन गरेमा गर्भ बस्दैन् ।

– यदि महिलाले महिनावारी भएको पहिलो दिनदेखि लगातार नियमित रुपमा १९ दिनसम्म हल्दी पिसेर खाएमा गर्भ बस्दैन् ।

– मैथुनपछि योनीमा काली खुर्सानी राख्दा पनि गर्भ रहदैन् ।

– यदि महिलाले रेंडीको गुदा (अरण्डको गुदा र विउ–एक प्रकारको जडीबुटी) खाएमा २ वर्षसम्म गर्भ बस्दैन् ।

– मुसाको मैंगनी महमा मिलाएर योनीमा राख्दा गर्भ बस्दैन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ  । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

ऋणभार भने बढ्ने सम्भावना छ । मध्याह्नदेखि ईष्र्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च बढाउन सक्छ । लगनशील बन्दा भविष्यमा फाइदा हुने काम सुरु गरिने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । रोकिएका काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा सामान्य लाभ लिन सकिनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sunday, November 27, 2016


प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई । हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन् । यी दुवै बिना संसार चल्दैन । यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने । प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ । तैपनि कतिपयले यौनलाई नै प्रेम भन्ने गर्छन् । विवाहले यौनलाई वैधानिक बनाइदिने गर्छ, चाहे त्यहाँ प्रेम होस् या नहोस् । त्यसैले त अधिकांश महिलाहरु विवाह पश्चात वैधानिकरुपमै बलात्कृत हुन्छन् आफ्नै श्रीमानबाट । श्रीमान नै किन नहोस्, श्रीमतीको चाहना विपरित यौन सम्बन्ध राख्दा कानुनले पनि त्यस यौन सम्बन्धलार्ई बलात्कार मानेको छ ।

तर यति हुदाहुदै पनि कुनचाहिँ श्रीमतीले आफ्नै श्रीमान विरुद्ध श्रीमानले बलात्कार गर्यो भनि उजुरी दिने हिम्मत गर्छिन् र तर म दाबाका साथ भन्छु कैयौं श्रीमतीहरु श्रीमानबाटै बलात्कृत हुन्छन्, तर बोल्ने साहस जुटाउन सक्दैनन् । मलाई पनि बलात्कार गरियो । वैधानिकरुपमै मेरा श्रीमानले वैधानिक श्रीमती हुनुको नाताले यौन सम्बन्ध राखे, मेरो चाहना विपरित । मलाई बलात्कार गरियो यसकारणले भन्दैछु किन भने त्यो यौनमा प्रेम कहीँ कतै थिएन । हो उनीसंग मेरो विवाह भयो, उनी मेरा वैधानिक श्रीमान भए । विवाह हुँदैमा त्यहाँ प्रेम हुन्छ भन्ने नै कहां छ र । विवाह र प्रेम फरक विषय हुन् । जसलाई प्रेम गरिन्छ उसैसँग विवाह होस् भन्ने चाहना राखिन्छ, तर चाहना सधैं पूरा नभइदिन सक्छ ।

कतिपय अवस्थामा जसलाई प्रेम गरिँदैन उसैसँग विवाह भइ दिन्छ । मेरो अवस्थामा पनि त्यस्तै भयो । जसलाई मैले प्रेम गरिन उसैसँग विवाह भयो । अनि विवाहको पहिलो रात त्यो पुरुष मेरो श्रीमान हो भनेर सम्झौता गर्न त सकौला तर प्रेम रु सम्झौता प्रेम होइन र हुन पनि सक्दैन । समाजको अगाडि मेरो निधारमा लगाइदिएको रातो टीका ९सिन्दुर० र गलामा झुन्ड्याइदिएको माला मंगलसुत्रको आडमा श्रीमान नामको पुरुषले विवाहको पहिलो रात नै मलाई बलात्कार गर्यो । सिन्दुर र मंगलसुत्रको आडमा श्रीमानले श्रीमतीमाथि मनपरि गर्न पाउने रहेछन् । म दुलहीको भेषमा नयाँ घरको नयाँ कोठामा चुपचाप बस्न बाध्य हुन्छु ।

या भनु कुन बेला श्रीमान नामको पुरुष आउला र मलाई क्षतविक्षत पार्ला भनि पर्खेर बसेको हुन्छु । खासमा मलाई त्यहाँबाट भाग्न मन हुन्छ तर थोरै पनि हलचल गर्न सक्दिन । साँच्चै सिन्दुर र पोतेमा धेरै तागत पो हुने रैछ । मलाई चारैतिरबाट बाँधिएको महसुस हुन्छ । मेरो प्रतिक्षाको घडी पनि समाप्त हुन्छ, श्रीमानको आगमन हुन्छ कोठामा र उनको रवैया र व्यवहार देखेर उनी मलाई आफ्नो श्रीमान् जस्तो फिटिक्कै लाग्दैन, उनीमात्र पुरुष जस्तो लाग्छ । प्रेम मिश्रित यौनमा म धेरै पटक हराएको छु, आफ्नो प्रेमीसँग । उसको स्पर्श कति जेन्टल र सफ्ट । उसको एउटा स्पर्शले मलाई भित्रैदेखि तरंगित बनाउँथ्यो । अनि नजानिदो पाराले म आफैँ उसको नजिक सर्न बाध्य हुन्थे ।

उसको मायालु अंगालोमा म पूरै हराउँथे, संसार भुल्थे, सबै दुःख पीडा बिर्सन्थे । पुरुषका यी दुई भिन्न रुप, भिन्न भिन्न व्यवहारदेखि म चकित पर्छु । एउटा पुरुष जो प्रेमी हुन्छ, संसारका सबै दुःखपीडा बिर्साउँछ । अर्को पुरुष जो श्रीमानको नाममा केवल पुरुष हुन्छ । उनको प्रेम विहिन स्पर्श एउटा अजंगको पहाड ममाथि खसे जस्तै हुन्छ । त्यो पहाड खस्ने बित्तिकै मेरो सास रोकिए पनि हुन्थ्योझैं लाग्छ, त्यस्तो सोच्दैमा सास किन पो रोकिन्थ्यो र रु असाध्यै पीडा हुन्छ मलाई । त्यो पुरुषले किन पो बुझ्थ्यो र, श्रीमान् भए बुझ्थ्यो कि रु घरी घरी पिँजडाभित्र कैद शिकारलाई बाघले झम्टिएको सम्झेँ ।

तर संसारमा कुनै यस्तो बाघ होला र जसले आफ्नो शिकारलाई प्रत्येक दिन र रात घाइते बनाउनलाई जीवितै राख्ने गर्छ रु लाग्यो बरु साँच्चैको बाघले झम्टिए हुने, कमसे कम सास रहुन्जेल प्रत्येक रात मैले घाइते हुन पर्दैनथ्यो । त्यो अजंगको मानवरुपी पहाड आफ्नो आवश्यकता पूरा गरिसके पछि उठ्छ र म फेरि खस्छु भन्ने भावमा मेरो छेउमा स्वास्वा गर्दै निदाउँछ । म चुपचाप बसिरहन्छु, आँशु झार्दै । कसलाई सुनाउ यो पीडा रु मेरा आफ्ना भन्नेहरुले नै यही बिस्तरामा श्रीमानले प्रेम गरोस् भनेर बिस्तरा दाइजो दिए, होइन भने दाइजो दिनु नै थियो भने दुइटा बिस्तरा किन दिएनन् । दिनेहरुलाई के थाहा प्रेम विस्तरामा गरिने विषय होइन ।

यौन सधैं यति पीडादयी हुँदैन । यौनमा कतै प्राप्त गर्न नसकिने आनन्द पाउन सकिन्छ, यदि त्यहाँ प्रेम छ भने । प्रेम मिश्रित यौन बलात्कार हुँदैन, बरु चमात्कार बन्न जान्छ, चरमसुख प्राप्त गर्ने, यो शृष्टि निरन्तरता गर्ने अनि नयाँलाई जन्म दिने । प्रेम मिश्रित यौनमा म धेरै पटक हराएको छु, आफ्नो प्रेमीसँग । उसको स्पर्श कति जेन्टल र सफ्ट । उसको एउटा स्पर्शले मलाई भित्रैदेखि तरंगित बनाउँथ्यो । अनि नजानिदो पाराले म आफैँ उसको नजिक सर्न बाध्य हुन्थे । उसको मायालु अंगालोमा म पूरै हराउँथे, संसार भुल्थे, सबै दुःख पीडा बिर्सन्थे ।

पुरुषका यी दुई भिन्न रुप, भिन्न भिन्न व्यवहारदेखि म चकित पर्छु । एउटा पुरुष जो प्रेमी हुन्छ, संसारका सबै दुःखपीडा बिर्साउँछ । अर्को पुरुष जो श्रीमानको नाममा केवल पुरुष हुन्छ, विवाहको पहिलो रात नै श्रीमतीलाई बलात्कार गर्छ ।
खोइ कता सुरक्षित छन् महिलाहरु रु आफ्नै घरमा, आफ्नै गाँउटोलमा, आफ्नै हजुरबुबाबाट बलात्कृत हुन्छन् , कहिले आफ्नै दाइ, काका र आफ्नै बाबुबाट बलात्कृत हुन्छन् । अनि आफ्नै श्रीमानबाट वैधानिकरुपमै सिन्दुर पोतेको आडमा बलात्कृत हुन्छन् । एउटी बोल्न नसक्ने लाटी केटीलाई देशका राष्ट्रसेवक कहलिने पुलिस जवानहरुले सामूहिक बलात्कार गर्छन् । एउटी लाटी केटी जो प्राकृतिक अपांगताका कारण आपत परेको बेला गुहार माग्न सक्दिनन् र सुरक्षाकर्मीबाटै बलात्कृत हुन्छिन् । अनि यो समाजमा कुनै पनि महिलाले आफू सुरक्षित भएको अनुभूति गर्ने ठाँउ कहाँ छ रु म पनि त लाटी केटी नै हुँ नि ।

फरक यत्ति हो ती सामूहिक बलात्कारमा पर्ने केटी प्राकृतिक अपांगताका कारण बोल्न सक्दिनन्, अनि म समाजले अपांग बनाइदिएका कारण लाटी भएकी छु । मलाई लगाइदिएको सिन्दुर पोतेले इच्छा नभए पनि श्रीमानसँग सुत भन्छ र श्रीमानलाई खुसी राख भन्ने भाव दिइरहेको हुन्छ । मलाई सिन्दुर पोते लगाइदिएर मेरो जीवनको सुरक्षाकर्मी बनेको श्रीमानबाटै पनि म बलात्कृत हुन्छु । ती लाटी केटीलाई पटक पटक मैले सम्झे । उनको पीडा आफ्नो पीडासँग मिलाउन खोजे । हाम्रो पिडा बिचको समानता खोज्न चांहे । अहँ, सकिनँ । म एउटा पुरुषबाट सभ्य तरिकाले बलात्कृत हुँदा मलाई सही नसक्नुको पीडा भैरहेको हुन्छ भने सामूहिक बलात्कार गर्दा ती लाटी केटीलाई कस्तो पीडा भयो होला, मेरो कल्पना भन्दा निकै बाहिरको कुरा हो त्यो ।

यौन सधैं यति पीडादयी हुँदैन । यौनमा कतै प्राप्त गर्न नसकिने आनन्द पाउन सकिन्छ, यदि त्यहाँ प्रेम छ भने । प्रेम मिश्रित यौन बलात्कार हुँदैन, बरु चमात्कार बन्न जान्छ, चरमसुख प्राप्त गर्ने, यो शृष्टि निरन्तरता गर्ने अनि नयाँलाई जन्म दिने ।
मानिसको स्वभाव हो, अरुको भन्दा सधैं आफ्नो पीडा भारी लाग्ने । मलाई पनि लाग्छ, म त ती लाटी केटीभन्दा पनि बढी निरीह छु । आफ्नै श्रीमानबाट बलात्कृत हुँदा कहीँकतै उजुरी दिने ठाउँ देख्दिन, आफ्नो पीडा कसैलाई सुनाउन सक्दिन । एउटी लाटी केटीले पाए बराबरको सहानुभूति पनि मैले पाउन सक्दिन । किनभने श्रीमान नाता पर्ने पुरुषले आफ्नी श्रीमतीलाई मनपरी गर्न पाउने छुट रैछ । फेरि सहानुभूतिले हुने नै के हो र रु कतिपय सहानुभूति देखाउनेहरु नै निकै स्वाद लिएर सुन्न र पढ्न रुचाउँछन् बलात्कारका घटना ।

ती लाटी केटीलाई भेट्न मन लाग्छ, अंगालो हालेर निकैबेर रुन मन लाग्छ अनि भन्न मन लाग्छ , लाटी केटी तिमी एक्लै लाटी छैनौ, म पनि एक किसिमको लाटी नै हुँ । फरक यत्ति हो, तिमी प्राकृतिक अनि मचाहिँ समाजले बनाइदिएको लाटी ।
हामी दुईजना मात्रै पनि लाटी छैनौं, मलाईजस्तै समाजले बनाइएका अनगिन्ती लाटीहरु छन् हाम्रै वरिपरी । तिमीलाई यो देशका सुरक्षाककर्मीले सामूहिक बलात्कार गरे, मलाई मेरो सुरक्षाकर्मीले बलात्कार गर्यो श्रीमानको नाममा ।

चाहे श्रीमान् होस् चाहे सुरक्षाकर्मी, यी पुरुष साह्रै निर्दयी हुन्छन् । यो धर्ती हामी बाँच्न लाएकको छैन लाटी केटी, त्यसै पनि हामीलाई आधा आकाश ढाक्ने भन्छन् । आउ जाउँ हामी आकाशतिरै, हाम्रो छुट्टै दुनिया आकाशमै बनाउँ, जहाँ स्वतन्त्रतापूर्वक स्वासप्रस्वास गर्न सकौं । यति सोच्दै गर्दा फेरि ठूलो अजंगको पहाड ममाथि खस्छ र माथिबाट दबाब दिन थाल्छ । बाँच्न पर्ने त यही दुनियामा रहेछ, पीडा चाहे जति नै असह्य होस् ।


एजेन्सी । हामी सबैको बुझाई छ सुरक्षित यौन सम्पर्कका समयमा मात्र कण्डमको प्रयोग हुन्छ ।

तर कण्डम भन्ने चिज केवल मानिसको यौन सुरक्षाका लागि मात्र नभई अन्य प्रयोजनका लागी पनि प्रयोग हुन थालेका छन् ।

जसमध्ये एक हो वाइन । वाइनलाई सुरक्षित राख्नका लागि वाइन कण्डमको प्रयोगले बोतलभित्र रहेको वाइनलाई सुरक्षीत राख्न मद्धत गर्छ ।

बोतलबाट रक्सी निकालेपछि कण्डम लगाइदिएपछि बोतलभित्रको वाइन पूर्णरुपमा सुरक्षित हुन्छ, पोखिने डर हुँदैन । थप भिडियोबाट


काठमाडौं- चिकित्सा शिक्षामा सुधार माग राखेर १५ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आइतबार भएको वार्ता सकारात्मक भएको छ। शिक्षा मन्त्रालयमा करिब ६ घन्टा भएको वार्ता डा. केसीले उठाएका १० मागमध्ये ८ वटामा सहमति नजिक पुगेको छ। उनले उठाएका प्रमुख दुई मागमा भने सोमबार छलफल हुने भएको छ।

१० बुँदे मागमध्ये पहिलो नम्बरको वरिष्ठता आधारमा तत्काल चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्त गर्नुपर्ने र दोस्रो नम्बरको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने मागबारे सोमबार छलफल हुनेछ।

सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न शनिबार शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेती रहेको दुई सदस्यीय समिति गठन गरेको थियो। सरकारी समितिले आइतबार बिहान साढे ११ बजेदेखि डा. केसीका पाँच प्रतिनिधिसँग वार्ता गरेको हो। वार्तामा डा. केसी पक्षबाट डा. योगेन्द्रप्रसाद सिंहको संयोजकत्वमा डा. सागर पोखरेल, डा. लिजन महर्जन, डा. रञ्जन सापकोटा र डा. आर आर वाग्ले सहभागी थिए।

शिक्षा सचिव श्रेष्ठले वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताए। उनले दुई वटा मागका विषयमा थप अध्ययन र छलफल गर्नुपर्ने भएकाले सोमबार पुनः वार्तामा बस्ने सहमति भएको जानकारी दिए। 'वरिष्ठता आधारमा डिन नियुक्ति र उपकुलपति खनियाँलाई बर्खास्त गर्नुपर्ने मागबाहेक अन्य विषय लगभग टुंगिएको छ,' उनले भने, 'यी दुई मागमा भने कानुनी विषयदेखि अन्य विविध कुरामा छलफल गर्नुपर्ने देखिएपछि पुनः सोमबार बस्नेगरी आइतबारको वार्ता स्थगन गरेका छौं।'

डा. केसीतर्फबाट वार्तामा सहभागी डा. पोखरेलका अनुसार वरिष्ठता आधारमा डिन नियुक्ति र त्रिविका उपकुलपतिको राजीनामा विषयमा कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल र सहकुलपति शिक्षामन्त्री धनीराम पौडेलसँग पनि परामर्श गर्नुपर्ने र कानुनी पक्षसमेत अध्ययन गर्नुपर्ने सरकारी धारणा आएपछि यसबारे सोमबार थप कुराकानी हुनेछ।

केसीको मागअनुसार आइओएमले मातहतका कलेजलाई एमबिबिएस र बिडिएस अध्ययन शुल्कसीमा गत वर्षकै लागू गर्न निर्देशन दिइसकेको छ। यसबारेमा काठमाडौं विश्वविद्यालयलाई पनि गत वर्षकै शुल्कसीमा कायम गर्न निर्देशन दिने सहमति वार्तामा भएको छ।

गत वर्ष आइओएमले एमबिबिएस अध्ययनका लागि उपत्यकामा ३५ लाखसम्म र उपत्यकाबाहिर साढे ३८ लाख रुपैयाँसम्म शुल्कसीमा तोेकेको थियो। यस्तै बिडिएस अध्ययन शुल्कसीमा १७ लाख ५६ हजार ९ सय २० रुपैयाँ तोकिएको छ।

आइओएमले गत वर्ष तोकिएकै शुल्क आधारमा यस वर्ष पनि विद्यार्थी भर्ना गर्न माताहतका कलेजलाई शुक्रबार  पत्राचार गरिसकेको छ। काठमाडौं विश्वविद्यालयले भने शुल्कका विषयमा कुनै निर्णय लिएको छैन।

यस वर्ष कलेजहरूले शुल्कका नाममा विद्यार्थीसँग मनोमानी रकम उठाउँदै आएको भन्दै केसीले त्यसलाई रोक्न माग गरेका छन्। कलेजहरूले विद्यार्थीबाट ७० लाख रुपैयाँसम्म रकम असुलेको आरोप लागेको छ।

केसीले उठाएको अर्को माग आइओएमलाई स्वायत्त संस्था बनाउनुपर्ने र त्यो नहुन्जेल विगतकै सहमतिबमोजिम अधिकतम आर्थिक, प्रशासनिक र शैक्षिक स्वायत्ततालाई पूर्ण कार्यान्वयनमा ल्याउने विषयमा सरकारी वार्ताटोली सकारात्मक देखिएको छ।

चिकित्सा शिक्षा ऐन नआउँदै विस्तारित कार्यक्रम वा अन्य कुनै  बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मागमा पनि वार्ता सहमति नजिक पुगेको बताइएको छ।

संसद्मा पुगेको चिकित्सा शिक्षा ऐन विधेयकलाई केदारभक्त माथेमा प्रतिवेदन र केसीले दिएको सुझाव समेटेर पारित गर्नुपर्ने, जयराम गिरी समितिले दोषी ठहर्‍याएका आइओएमका पूर्व पदाधिकारीलाई कारबाही हुनुपर्ने, मेडिकल शिक्षाका अनियमितता छानबिन गर्न न्यायिक  आयोग गठन गर्नुपर्ने, विश्वविद्यालयमा पदाधिकारी नियुक्ति सिफारिस समिति शिक्षामन्त्रीको संयोजकत्वमा नभई स्वतन्त्र विज्ञको नेतृत्वमा बनाउन कानुनी व्यवस्था गर्नुपर्ने, प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्नुपर्ने विषयमा पनि सहमति हुने देखिएको छ।

वार्तामा केसीले उठाएको अर्को माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रक्रिया चाँडै टुग्याउनुपपर्ने र मेडिकल शिक्षामा अनियमिततामा संलग्न भएको आरोप लागेका आयुक्त राजनारायण पाठकमाथि छानबिन गर्ने विषयमा पनि छलफल भएको थियो। महाभियोगको विषय संसद्ले टुंग्याउने भएकाले यसमा विवाद गर्नुनपर्ने सहमति भएको छ। महाभियोग प्रस्ताव संसद्मा पुगेपछि कार्की निलम्बनमा परेका छन्।



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


            काठमाण्डाै लगायत पूर्वाञ्चलका जिललाहरूमा सोमबार बिहान ५ बजेर २२ मिनेटमा भुकम्पकाे ठूलाे धकका महसुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प कहाँ र कतिको भूकम्प गएको हो भन्नेबारे जानकारी आउन बाँकी रहेको बताएको छ । भूकम्प नेपाल तथा भारतका विभिन्न स्थानहरूमा महसुस गरिएको र सो भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

 
रामेछाप र सोलुको सीमालार्इ केन्द्र बनार्इ ५.६ रेक्टरको भूकम्प


१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ । २. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ । ३. एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ । ४. पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय (एमआई ६) का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो । ५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ । ६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ । ७. एक प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत् उत्तेजित हुन्छन् ।
एजेन्सी । विश्वमा यस्ता अनौठा काम पाइन्छन् सुन्दा पनि पत्यार लाग्दैन। जापानमा भाडामा ब्वायफ्रेन्ड पाइन्छ भन्दा तपाईलाई अनौठो लाग्छ। केही वर्ष पहिले सुरु भएको यो व्यावसायमा जापानी महिलाहरुले निकै रुची देखाएका छन्। ‘रोजशिप’ नामको यो सर्भिस मार्फत युवतीले आफ्नो मनलागेको युवक छान्न पाउँछिन्। केटा बुक गर्ने यो सर्भिसको मूल्य बुकिङ समयको हिसाबले तय गरिने गर्छ।

यदी कोही केटी कुनै केटासंग २-४ घन्टाको लागि बुक गर्छिन् भने उनले १६२ देखि ३२५ डलर सम्म पैसा दिनुपर्ने हुन्छ। यो सर्भिस अन्तर्गत ‘गुड नाइट प्याकेज’ पनि उपलब्ध छ जसमा केटीले केटा पुरै रातको लागि बुक गर्न पाउँछिन्।

यो प्याकेजको मूल्य ४०० देखि ८०० डलर पर्दछ। यो प्याकेज अन्तर्गत रातमा केटीले केटासंग ६ देखि १६ घन्टा सम्म समय बिताउन पाउँछिन्। जति लामो सर्भिस त्यति नै पैसा भने बुझाउनु पर्छ। यति मात्र होइन, सर्भिसमा रहेका केटाहरुले युवतीको चाहना अनुसार खाना पनि बनाउने गर्छन्। वाइन पिउँदै सुख-दुखका कुरा समेत गर्छन्।



यो सर्भिसमा महिलाको उमेर ३-४० वर्ष र केटाको उमेर २०-३० वर्ष सम्म छ। एक युवतीले जति चाह्यो त्यति सङ्ख्यामा एक रातको लागि केटाहरु भाडामा लिन सक्छन्। एजेन्सीको सहयोगमा

एजेन्सी । युवतीले छोटा कपडा लगाएको त घुरेर हेर्ने युवकहरुले सुन्दरी युवती नग्न बन्नेको देखे के होला ? त्यो पनि बिच सडकमा । यस्तै भएको छ मस्कोमा । मस्कोको ब्यस्त सडकमा एक सुन्दरीले धमाधम कपडा खोल्न थालेपछि मानिसहरु चकित परे ।

ती महिलाकै कारण सडकमा घण्टौं सम्म जाम समेत भयो ।ब्यस्त सडकमा गुडीरहेको कारका ड्राइभरलाई रोक्न संकेत दिए लगत्तै उनले आफ्नो शरीरका सबै वस्त्रहरु फाल्दै जान थालेपछि हंगामा नै मच्चिएको थियो । उनको अश्लिल हर्कतलाई पत्रकारहरुले क्यामेरामा कैद गर्न समेत भ्याए ।रुसको प्रहरीले केही घण्टामा ति महिलालाई पक्राउ गर्यो र उनी नशामा लठ्ठीएको सार्वजनिक गर्यो ।

स्पेनको सेरेजाल्स डेल कोन्डाडोस्थित एक पूरा गाउँका ८० व्यक्ति रातारात करोडपती बनेका छन् । उनीहरुको यस्तो राम्रो भाग्य कुनै चिट्ठा पाएकालेले नभई अन्टोनिनो फर्नान्डेजको जन्मस्थल भएर यहाँका बासिन्दाहरु भाग्यामानी भएको आशंका गर्न सकिन्छ ।

फर्नान्डेज परिवारमा जन्मिएका १३ औं सन्तानमध्येका ११ औं हुन् । उनी ३२ वर्षको हुँदा सन् १९४९ मा मेक्सिकोमा बसाईं सरेका थिए ।उनी ग्रुपो मोडेलो नामक बियर उत्पादन कम्पनीको सिइओ बन्न त्यहाँ गएका थिए । ग्रुपो मोडेलोले कोरोना बियरको उत्पादन गर्ने गर्दछ ।

फर्नान्डेज यसै वर्षको अगस्टमा ९९ वर्षको उमेरमा मृत्यु भयो । त्यतिबेलासम्म उनी खर्बपती भइसकेका थिए । उनको इच्छा अनुसार १ सय ६९ मिलियन पाउन्ड लियोन प्रान्तमा रहेको सेरेजालेस गाउँ (जहाँ उनी जन्मेका र हुर्केका थिए) लाई छुट्याइयो । उनले जति रकम यो गाउँलाई छुट्याएका छन्, त्यस अनुसार यहाँका प्रत्येक बासिन्दाले २ मिलियन पाउन्ड अर्थात २७ करोड नेपाली रुपैयाँ पाउनेछन् ।

फर्नान्डेज सन् १९१७ को डिसेम्बर १३ तारिखमा जन्मिएका हुन् । निकै गरिब परिवारमा जन्मिएका उनले १४ वर्षको हुँदा स्कूल छोड्नुपरेको थियो । स्पेनको गृहयुद्ध पछि उनी उत्तरी स्पेनको लियोनमा बसाईं सरे जहाँ उनले सिनिया गोन्जालेज डिइजसँग विवाह गरे ।सन् १९४९ मा उनकी श्रीमतीका काकाले यो जोडीलाई मेक्सिको बसाईं सर्नका लागि आग्रह गरे । श्रीमतीका काका ग्रुपो मोडेलोका मालिक हुन् । फर्नान्डेजले त्यहाँ गोदामको कर्मचारी भएर सुरुवातमा काम गरे ।

Saturday, November 26, 2016


एजेन्सी । भारतको नासिकस्थित चंपावत जिल्लामा फेसबुकमा अर्कै युवकसँग मायाप्रेम भएपछि विवाहित महिला सुनका गरगहना र नगद लिएर फरार भएको रहस्य बाहिर आएको छ । आफ्ना व्यापारी पतिलाई छाडेर बहुमूल्य सुनका गरगहना लिएर गएकी ती महिला र उनका प्रेमीलाई प्रहरीले मंगलबार पक्राउ गरी कारबाही चलाएको छ । विवाहित महिलाले ती युवकसँग बेलाबेलामा होटेलमा गएर यौनसम्पर्क गर्ने गरेको समाचारमा जनाइएको छ ।

लोहाघाट विकास खण्डको चमदेवल निवासी सीएस धौनीसँग ती महिलाको फेसबुकमार्फत प्रेम भएको थियो । फेसबुकको मायाप्रेम यति धेरै गहिराइमा पुग्यो कि ती महिलाले आफ्ना पतिलाई छाडेर युवकसँग विवाह गर्ने अवस्थामा पुगिन् । आफ्नी पत्नी नगद र सुनका गरगहना लिएर अर्कै युवकसँग फरार भएपछि पीडित पति र आफन्तले प्रहरीमा उजुरी दिएका थिए । लगत्तै प्रहरीले दुबैलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

२५ वर्षीया महिलाका विवाह तीन वर्ष पहिला नासिकका एक व्यापारीसँग भएको थियो । ती विवाहित महिलाले केही समय अघि लोहाघाटका चमदेवल निवासी युवकसँग फेसबुकमा साथी बनाएकी थिइन् । ती युवक दिल्लीस्थित होटलमा काम गर्छन् । युवक र विवाहित महिला १० जुलाईमा भागेको समाचारमा उल्लेख छ । नासिक पुलिसले महिलाको मोबाइलको कल रिकार्डका आधामरा चंपावतबाट नियन्त्रणमा लिएको थियो ।

एजेन्सी । अनियमित रूपमा हस्तमैथुन गर्दा मानिसमा धेरै समस्याहरु आइरहन्छन् ।जस्तै, हस्तमैथुन गरिसकेपछि पिसाब आउने आउने लक्षण देखिन्छ तर, आउँदैन् भने यो एउटा जटिल समस्या हो ।

यो केसमा दुई कुरा हुनसक्छन् । पटक पटक पिसाब लागेजस्तो हुनुको पहिलो कारण इन्फेन्सन हुनसक्छ । यसका लागि युरिनको जाँच गराउनुपर्छ । रुटीन, कल्चर-कलोनी काउन्ट र सेन्सिटिविटीको टेस्ट कुनै राम्रो ल्याबमा गराउनुस् । यदि टेस्टमा इन्फेक्शन देखियो भने पुरै उपचार गर्नुस् ।
यो समस्याको दोस्रो कारण अनियमित हस्तमैथुन हुनसक्छ । यसमा नियमितता ल्याउन प्रयास गर्नुस् । सामान्यतया चार दिनमा एकपटक गर्नुस् । यदि १५ दिनको अन्तरमा गरिरहनुभएको छ भने त्यसलाई कायम राख्नुस् ।रिपोर्टअनुसार हस्तमैथुन गर्नुभन्दा पहिला पिसाब गरिहाल्नुस् ।

नोटः मदिरा, चुरोट, खुर्सानी–मसलायुक्त खाना कम खानुस् । यी वस्तुहरु खादा पित्त बढ्न सक्छ र दुखाई पनि बढ्छ । साथै पानी पनि पिउनुपर्छ ।

– डा. प्रकाश कोठारीबाट


काठमाडौं ,मंसिर १२ – अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् ।

उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको निर्वाचन आयोगले पुनः मतगणनाका लागि दुईवटा निवेदन परेको प्रष्ट पारेको छ ।

पुनः मतगणनाका लागि जिल स्टेन समूह र डेमोक्रेटि पार्टीको राष्ट्रपति पदका लागि प्राइमरीमा प्रतिस्पर्धामा रहेका व्यापारी रक्की रक डेला फ्युन्टेले निवेदन दिएका हुन् । विसकन्सिन निर्वाचन आयोगका प्रशासक माइकल हासले आयोगले राज्यव्यापी रुपमा पुनः मतगणनाको तयारी रहेको जानकारी दिएका छन् ।

निर्वाचनको पुनः मतगणनाका लागि आवश्यक रकम स्टेनको प्रचार अभियान टोलीले तिरेपछि यसै साताभित्र सुरु हुन सक्ने जनाएका छन् । स्टेनको अभियानले तीन वटा राज्यमा पुनः मतगणनाका लागि लाखौं डलर तिर्नुपर्ने अवस्था छ । अभियानले विसकन्सिन र पेन्सिलभेनियामा पुनः मतगणना सुरु गर्नका लागि पर्याप्त रकम जम्मा भइसकेको दाबी गरेको छ ।आजको राजधानी दैनिकमा खबर छ ।

विसकन्सिनमा १० इलेक्टोरल भोट रहेको छ भने मिशिगनमा १६ र पेन्सिलभेनियामा २० इलेक्टोरल भोट रहेको छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले २९० इलेक्टोरल भोट जितेका छन् भने डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले २३२ इलेक्टोरल भोट मात्रै जितेकी थिइन् ।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन ।  प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

हठ गर्ने बानीले दुःख पाइएला । तर धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ । तर निरन्तरको कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ । प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Friday, November 25, 2016


अभिनेता प्रमोद अग्रहरिले करिअरका लागि कम्ती संघर्ष गरेका छैनन् । भारतको मुम्बई पुगेर आइसक्रिमसम्म बेचेका छन् । फिल्म ‘उमा’बाट नेपाली फिल्ममा देखापरेका उनले ‘चंखे शंखे पंखे’, ‘सुन्तली’, ‘झुम्की’ लगायत फिल्ममा काम गरेका छन् । दुइटा भोजपुरी फिल्म ‘प्रेम लबन’ र ‘सैँया मिलल्बा फौजी’मा पनि काम गरेका छन् । अधिकांश नेपाली फिल्ममा मधेशी पात्रको भूमिका निर्वाह गरेका उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

तपाईंको दाह्री कहिल्यै छुटेको हुँदैन । किन हो ?
दाह्री काटियो भने पाल्न टाइम लाग्छ । तर, पालियो भने आवश्यकताअनुसार काट्न सकिन्छ, जस्तो पनि डिजाइन गर्न सकिन्छ । मलाई फिल्ममा नक्कली दाह्री राख्न मन लाग्दैन । त्यसैले बरु पालिरहन्छु ।

अधिकांश फिल्ममा तपार्इं नेगेटिभ रोलमा देखिनुहुन्छ नि ?
सायद म ‘नेगेटिभ’ जस्तै देखिन्छु होला ।

कतै यही दाह्रीको प्रभाव परेको हो कि ?
मलाई लाग्छ हामीकहाँ मान्छेको फेस र बडी ल्यांग्वेज हेरेर कलाकार कास्टिङ गरिन्छ । जुन सबैभन्दा सजिलो माध्यम हो । यहाँ नयाँ प्रयोग गर्न खोजिँदैन । मैले ‘तेस्रोलिंगी’को भूमिकामा एउटा नाटक गरेको थिएँ । जसलाई धेरैले रुचाए पनि । तर, यहाँ त्यसरी काम गर्न खोजिँदैन । जसलाई जसरी देख्यो त्यसरी नै काम गराउन खोजिन्छ । तराईको नेगेटिभ क्यारेक्टर भनेपछि ‘ल प्रमोद अग्रहरि’ लाई गराउनुपर्छ भन्ने खालको परिपाटी छ । कलाकारलाई पात्रमा ढाल्नुको सट्टा कलाकार हेरेर पात्र निर्माण गरिन्छ । यस्तो देख्दा दुःख पनि लाग्छ ।

तपाईंलाई मधेशी पात्रमा मात्र लिइनुको कारण चाहिँ ?
सायद मेरो भाषामा तराईको पकड छ । तराईको माटो मैले राम्रोसँग बुझेको छु भनेर होला । तराईको क्यारेक्टर गर्दा भाषा, संस्कृति, पहिरनदेखि सबै कुरामा गम्भीर भएर काम गरिरहेको हुन्छु ।

तपाईंको विचारमा मधेशी कलाकारलाई नेपाली फिल्मले कसरी प्रस्तुत गरिरहेको छ ?
धेरैजसो हाँसो पात्र मात्र बनाइएको हुन्छ । पहिलेपहिले त चटपटेवाला, हजामका रोल मात्र हुन्थे । तर, भाषा बिगारेर बोलाउने परिपाटी त अझै जारी छ । म नवलपरासीको केटा हुँ । सौगात मल्ल र म एउटै गाउँका हौँ ।  म टोन बिगारेर बोल्छु जस्तो मलाई लाग्दैन । तर, यहाँ त अरूको टोन बिगारेर दर्शक हँसाइरहेका हुन्छन् ।  यसरी कसैको संस्कृति, भाषामाथि हँसीमजाक गर्नु राम्रो हो जस्तो मलाई लाग्दैन । अहिलेसम्म खास मधेशी क्यारेक्टर झल्किने गरी नेपाली फिल्म बनेको छ जस्तो लाग्दैन ।

तपाईंको प्रतिनिधित्वलाई लिएर मधेशी समुदाय खुशी छ । तर, तपाईंले मधेशी मुद्दा र एजेन्डा बोकेका फिल्ममा किन काम गर्न सकिरहनुभएको छैन ?
मैले गर्नै पाएको छैन । त्यसका लागि त सर्वप्रथम मधेशी समुदायबाटै फिल्म निर्माण र निर्देशनमा लाग्ने मान्छेहरू हुनुप¥यो । मैले भर्खरै फिल्म ‘संरक्षण’ गरेँ । तर, त्यहाँ पनि मेरो रोल त नेगेटिभ नै छ । कहिलेकाहीँ त मधेशी कलाकारलाई सधैँ नेगेटिभ र हाँसोको पात्र मात्र किन बनाउन खोजिन्छ भनेर दुःख पनि लाग्छ । तर, मलाई यो क्षेत्रमा टिक्नु छ । त्यसैले मन बुझाउनुको विकल्प छैन ।

अभिनयमा कसरी आउनुभयो ?
म सानैदेखि नाच्थेँ । मार्सल आर्टको विद्यार्थी पनि हुँ । एक दिन बुटवलका एक जना गायक साथीले म्युजिक भिडियोमा खेल्न अफर गर्नुभयो, खेलेँ। तर, त्यतिबेला मलाई एक्टिङको ‘ए’ पनि थाहा थिएन । त्यत्तिकैमा निर्देशक राजेश विश्वकर्माले मलाई ‘तिम्रो मायामा’ फिल्मका लागि सानो रोल अफर गर्नुभयो । उहाँसँग त्यतिबेला एक महिना एक्टिङ वर्कसप गरियो । त्यसपछि अभिनयमा मोह जाग्यो । ठूलै एक्टर बन्ने सोचले सन् २००७ मा दिल्ली गएँ । साथीहरूले त्यहाँ रामलीला गर्थे । मैले पनि गएकै वर्ष काम गरेँ । त्यहाँ मैले लोकल च्यानलको सिरियलमा काम गर्न थालेँ । दिल्लीको नेसनल स्कुल अफ ड्रामामा ‘कृष्णा’ भन्ने नाटक पनि गरेँ । दुइटा भोजपुरी फिल्ममा काम गरेँ । छ वर्षजति भारतमा बिताइयो । तिहार र छठ मनाउने भनेर नेपाल आउँदा ‘उमा’का लागि अफर आयो । र, त्यसपछि यतै काम गर्न थालियो ।

त्यत्रो समय भारतमा रहँदा बलिउड छिर्ने प्रयत्न गर्नुभएन ?
दिल्लीबाट म मुम्बई पनि गएँ । खास गरी मेरो टार्गेट भोजपुरी फिल्म नै थियो । मसँग एक सुका पैसा थिएन । त्यसैले बलिउडमा त्यति धेरै आशा थिएन । बिजनेस फेमिली भए पनि मलाई घरबाट कुनै किसिमको सहयोग थिएन । त्यति हो फिल्म आयो भने चाहिँ रमाइलो मानेर हेर्नुहुन्छ । मैले मुम्बईमा रहँदा सुनेजति सबै फिल्म र सिरियलमा अडिसन दिएँ । करिब डेढ–दुई सय वटा हिन्दी फिल्म र सिरियलमा अडिसन दिएँ होला । त्यहाँ सबै पैसाको खेल रहेछ । त्यसैले मेरो औकातभन्दा माथिको कुरा थियो बलिउड । त्यहाँ टिक्नका लागि त म आइसक्रिम पार्लरमा काम गर्थें भने बलिउडको मौका त परको कुरा । दिनभरि अडिसनमा जान्थँे, बेलुका पाँच बजेदेखि १० बजेसम्म आइसक्रिम बेच्थेँ । मेरो कोठा भाडा ४५ सय रुपैयाँ थियो भने मलाई त्यहाँबाट ३५ सय रुपैयाँ तलब आउथ्यो । राति एक बजेसम्म ओभरटाइम गर्थें । त्यसरी दिल्लीमा चार र मुम्बईमा दुई वर्ष बिते ।

अडिसन दिएको सबैभन्दा ठूलो फिल्म याद छ ?
सैफ अली खानको फिल्म ‘एजेन्ट विनोद’को अडिसनका लागि मलाई बोलाइएको थियो । तर, ड्रेस कोडका रूपमा सुट लगाएर आउनू भनिएको थियो । मसँग सुट थिएन । त्यसकारण जान सकिएन । त्यहाँ त सीधै ‘पैसा छ त ठीक छ, नत्र केही काम छैन’ भन्थे दलालहरू ।

भारतमा संघर्ष गर्दै गरेको मान्छेलाई ‘उमा’को लागि चाहिँ कसरी अफर आयो त ?
तिहार मनाउन घर आएको बेला काठमाडौँबाट निर्मात्री आशा मगरातीको फोन आयो । मधेशी क्यारेक्टर चाहिएको भन्दै फोटो पठाउन भन्नुभयो । मैले पुरानो फोटो पठाइदिएँ । रिजेक्टेड भएँ । पछि विशेष कामका कारण काठमाडौं जाँदा फेरि भेट भयो । फोटोमा र रियलमा फरक रहेछौ भन्नुभयो । त्यसपछि नयाँ फोटो खिचाइयो । स्क्रिन टेस्ट गराइयो । र, म छनोट भएँ । मैले त्यो फिल्मका लागि १९ दिनमा १२ केजी तौल घटाएको थिएँ ।
मलाई छनोट भएको खबर गर्दाखेरि म जिम हलमै थिए । त्यतिबेला मलाई ‘बधाई छ, तपाईंले ‘उमा’ गर्दै हुनुहुन्छ । तर, सरी पैसा चाहिँ छैन’ भनेर सीधै प्रस्ताव गरिएको थियो । मैले हाँसी हाँसी ओके गरेको थिएँ । किनकि, मलाई काम देखाउने मौका चाहिएको थियो । पछि मलाई पारिश्रमिक भनेर ३० हजार रुपैयाँ दिइएको थियो ।

तपार्इंका कुरा सुन्दा लाग्छ– फिल्ममा आफूले सोचेजसरी काम गर्न पाउनुभएको छैन ?
शतप्रतिशत हो । तर, यसको कारण म आफैँले बुझ्न सकिरहेको छैन । सायद म मधेशी समुदायबाट भएकाले यस्तो भएको जस्तो पनि लाग्छ । मैले अघि नै भनिसकेँ– यहाँ चरित्रमा काम गरिँदैन । यहाँ त मजस्तो अनुहार भएको मान्छे एक्टर हुँदैन भन्ने छ ।

परिवारले तपाईंलाई किन सहयोग नगरेको ?
परिवारको ‘स्पेयर पाट्र्स’को बिजनेस छ । उहाँहरू छोराले बिजनेस गरोस् भन्ने चाहनुहुन्छ । उहाँहरू ठान्नुहुन्छ– ‘नाच्ने गाउने कामै होइन, दुईचार दिनलाई रमाइलो मात्र हो, यसमा भविष्य छैन ।’

आफ्ना संघर्षका दिनलाई अहिले कसरी सम्झिनुहुन्छ ?
संघर्ष त मान्छेलाई बाँचुञ्जेल गर्नुपर्ने रहेछ । मैले दिल्लीमा सुरुको एक महिना ‘रामलीला’ गर्दा एक सुका पैसा पाइनँ । अरू सबैले पाएको देख्दा दुःख पनि लागेको थियो । म त खाजा भए पनि खान पाइन्छ भनेर जगिङ गर्दै जान्थेँ ।  ती संघर्षका दिनहरू सम्झँदा आज खुशी पनि लाग्छ । किनकि, ती दिन नभएका भए आज यी दिन पनि हुने थिएनन् ।

मधेशी कलाकार भएकै कारण फिल्मको सुटिङ सेटमा विभेदको सामना गर्नुपरेको छ कि छैन?
सीधै सामना त गर्नुपरेको छैन । तर, प्रायः मान्छेले देख्दा चाहिँ मलाई ‘इन्डियन’ नै भनिरहेका हुन्छन् । हिन्दी नै बोल्न खोजिरहेका हुन्छन् मसँग । त्यो देख्दा साह्रै मन दुख्छ । अनि म पनि हिन्दी नै बोल्दिन्छु । मलाई तिमीहरूले त्यसरी नै हेर्छौ भने हेर न त, म पनि बोलिदिन्छु भन्ने लाग्छ । लुक्स पनि लगभग त्यस्तै नै गरेर हिँडिरहेको हुन्छु । जब तिमीहरूले त्यस्तै नै सोच्छौ भने सोच न त भन्ने लाग्छ । कतिलाई म मेरो वास्तविकता भन्दै हिँडौँ ? नागरिकतै देखाएर हिँड्ने कुरा त भएन नि । तर, जब नेपाली बोल्छु, उहाँहरू आफैँ चुप लागेर बस्नुहुन्छ ।

अहिलेसम्म निर्वाह गरेका चरित्रमध्ये सबैभन्दा प्रिय कुन लागेको छ ?
मैले ‘उमा’मा निर्वाह गरेको विनित यादवको चरित्र मलाई एकदम मन पर्छ । नेपाली फिल्ममा मधेशी क्यारेक्टरलाई हिरो बनाएको फिल्म नै त्यो हो जस्तो लाग्छ मलाई । विनित माओवादीको कमान्डर हुन्छ । जो अनुशासनमा रहेर काम गर्छ । क्रान्तिका लागि, परिवर्तनका लागि घरबार सबै छोडेर लागेको हुन्छ । देशमा परिवर्तन आउनुपर्छ, हामीले नै गर्नुपर्छ भन्ने खालको सकारात्मक सोच राख्छ ।

मधेशीले बोल्ने लवज नेपाली फिल्मले चाहिँ कहिले परिवर्तन गर्ला ?
म चाहिँ काम गर्दा चलाखी गरिरहेको हुन्छु । पूरै बनावटी लवजले बोल्दिनँ । कसैले प्रश्न नउठाऊन् भन्ने लाग्छ । अरूले जसरी नेपाली बोलेको हो कि भोजपुरी बोलेको हो कि भन्ने गरी बिगारेर बोल्दिनँ । तर, फिल्म मेकर्सको सोचमा परिवर्तन नआइञ्जेलसम्म यो परिवर्तन हुँदैन । मैले त यस्तै कारणले क्यारेक्टर चित्त नबुझेर धेरै फिल्म छाडेको पनि छु । भरसक मेरो भाषा र समुदायको अपमान हुने काम नगरौँ भन्ने लाग्छ । कहिलेकाहीँ त यहाँ मैले गरिनँ भने अर्कोले गर्छ र झन् बिगारेर गर्छ भन्ने डर पनि लाग्छ । कमसे कम मैले गरेँ भने केही सम्हालेर त गर्छु ।

फिल्ममा काम गर्नुअघि के कुरालाई ध्यान दिनुहुन्छ ?
म कुनै पनि फिल्ममा काम गर्नुभन्दा अगाडि स्क्रिप्ट पढ्छु । मेरो क्यारेक्टरबारे जान्दछु । त्यो क्यारेक्टरलाई म आफ्नो ढंगबाट विकास गर्छु । र, काम गर्छु । सेटमा पुग्दासम्म म प्रमोद अग्रहरि होइन, त्यो सम्बन्धित क्यारेक्टरका रूपमा आफूलाई ढाल्न खोजिरहेको हुन्छु ।

स्रोत शुक्रबार

चितवन- तरकारीवालीका रुपमा संसारभर परिचय बनाउँदै भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली फिल्म निर्माण कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको हो। त्यस्तै, काठमाडांैको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो।

शिक्षण शुल्क तथा छात्रवृत्ति प्रदान कार्यक्रममा काठमाडांैबाट पपुलर मल्टी मिडियाका अध्यक्ष शक्तिवल्लभ घोरासैनी, पपुलर मल्टी मिडियाले बनाउँदै गरेको फिल्म 'लम्फू'का निर्देशक गोपालचन्› लामिछाने, फिल्म निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, वरिष्ठ साहित्यकार एलबी क्षेत्री, कुसुम श्रेष्ठका काका गोपीलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदीशचन्› शर्मा लगायत उपस्थित थिए।

छात्रवृत्ति पाइसकेपछि तरकारीवाली तथा कुसुम श्रेष्ठले आफ्नो लागि यो सहयोग अतुलनीय रहेको बताइन्। 'यो सहयोग मेरो लागि अतुलनीय छ। उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु। अहिले मेरो प्रमुख प्राथमिकता भनेको अध्ययन नै हो।'

उनले आफू निम्न आर्थिक अवस्थामा रहेको समयमा यो सहयोग निकै ठुलो रहेको बताइन्। 'उच्च शिक्षासँगै देशको नाम पनि राखेर मेरो देशको र मेरा बाबाआमाको सपना साकार पार्नेछु,' कार्यक्रममा उनले भनिन्।

आयोजक तथा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्तिवल्लभ घोरासैनीले उनको पढ्ने चाहनालाई केही सहयोग गर्न पाउँदा खुसी लागेको बताए। 'हामी अत्यन्तै खुसी छौं। पेशा जुनसुकै अँगाले पनि उच्च शिक्षाले नै उनको भविष्य निर्धारण गर्छ। यसकारण पनि हामीले उनलाई उच्च शिक्षाको छात्रवृत्ति प्रदान गरेका हौं,' घोरासैनीले बताए।

नेपाल फिल्म निर्देशक समाजका महासचिव तथा निर्देशक गोपालचन्› लामिछानेले कुसुमलाई आफूले 'लम्फू' फिल्ममा उनलाई सुहाउने भूमिका रहेकोले अफर गरेको बताए। 'कुसुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौं तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो। पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ति दिने बारेका निर्णय गरेका हौं,' निर्देशक लामिछानेले भने, 'उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो।'

निर्माता पुनम क्षेत्री गौतमले 'अवसर आयो भन्दैमा हाम फाल्न पनि नहुने र अवसरलाई नबुझी लत्याउन पनि नहुने' बताइन्। गौतमले कुसुमले चाहेको खण्डमा मोडलिङ क्षेत्रमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

केही समय अगाडि कुसुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्बिर संसारभर भाइरल बनेका थिए। उनका फोटोमा 'तरकारीवाली' ट्याग लगाउँदै विश्वभरका करोडौँ मानिसले सामाजिक सञ्जालहरुमा सेयर गरेका थिए।

स्मरण रहोस्, निर्माणाधिन 'लम्फू'का लागि एक भूमिकामा कुसुमलाई अभिनयको अफर पनि गरिएको थियो तर, कुसुमले आफूले पहिलो प्राथमिकता अध्ययनलाई दिएको भन्दै अस्वीकार गरेकी थिइन्। उनले एक साप्ताहिक पत्रिकाको लागि ब्लोअप फोटो खिचाएपछि आलोचनाको पात्र पनि बनेकी थिइन्।