काठमाडौँ । तुलसी तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । तुलसीको पाउडर अथवा तेल शरीरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हार्मोन बढी उत्सर्जन हुन्छन् ।
खरबुजा खरबुजामा सिट्रुलाइन नामक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले रक्तवाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रवाह तीव्र बनाउने काम गर्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागि मानिसले भिएग्रा लिने गर्छन् । खरबुजामा पाइने तत्वले पनि भिएग्राको काम गर्न सक्मछ ।
एभोकाडो एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषको सेक्स हार्मोन बढाउने गर्छ । त्यस्तै पोटासियमले महिलाको थाइराइड ग्ल्यान्डलाई सुचारु र स्वस्थ अवस्थामा राख्छ । थाइराइड ग्ल्यान्डको सीधा सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ ।
भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छन् । लसुन सेक्सअघि लसुन खानाले मुख गनाउँछ, जसले गर्दा सेक्स सुन्दर नहुन सक्छ । सेक्सका क्रममा मुख नगनाउने गरी समय अन्तर कायम गरेर लसुन खानाले बेडमा तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्छ ।स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।
रातो खुर्सानी
रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तŒव शरीरमा बढी रिलिज गराउँछ । यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ । फर्सीको बियाँ फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छन् । यसले यौनजीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।
0 comments:
Post a Comment