Friday, November 18, 2016

अर्धचेत कल्पना बरबराइरहेकी छिन्, ‘मेरो बिन्ती ! छोरी निशाको मुख हेर्न देऊ’


काठमाण्डाै । कल्पना कार्की बुधबार कामबाट फर्कर्दै थिइन् । एकमात्र सन्तान निशा अमेरिका गएपछि उनी परिवारमा एक्ली थिइन् । एक्कासी फोनको घण्टी बज्यो । अपरिचित नम्बर भएपनि अमेरिकाबाट आएको भन्ने कल्पनाले बुझिहालिन् ।

‘हेलो निशु’ उनले फोन उठाइन् । तर, फोनमा निशाको आवाज थिएन । कोही नेपाली युवतीले गरेको फोन थियो त्यो । ‘निशाको अवस्था गम्भीर छ । होस्टेलमा काम गर्दागर्दै बेहोश भएर उनलाई हस्पिटलमा लगेको छ ।’ फोनको लाईन काटियो । त्यसपछि उनले केहि देखिनन् । बल्लतल्ल घर आईपुगिन् ।

निशा बेहोस भएको खबर आफन्तहरु सबैले पाइसकेका थिए । उनका केही आफन्त र चिनजानका उनलाई सान्त्वना दिन आइसकेका थिए । केही बेरमा फेरि अमेरिकाबाट फोन आयो । त्यो फोन इष्ट सेन्ट्रल युनिभर्सिटीको थियो, जहाँ निशाले नर्सिङ पढ्दै थिइन् । फोनमा कुरा गर्दा नगर्दै कल्पना बेहोश भइन् ।

२० बर्षिय निशाको निधनको खबरपछि अर्धचेत अवस्थामा छिन् । काठमाण्डौ खुसिबुस्थित दिदीको कोठामा राखिएकी उनी अलापविलाप गरिरहेकी छिन् । बुधबारदेखि उनको मुखमा पानीसमेत परेको छैन । उनी एकोहोरो बरबराइरन्छिन्, –‘मेरो संसारलाई भगवान्ले डढेलो लगाइदियाैँ, एक्ली छोरी लगेर किन निष्ठूरी भयौँ ।’

कल्पनालाई अन्तिम पटक छोरीको मुख हेर्ने धोको छ । उनी आफन्त र चिनेजानेकासँग एउटै आग्रह गरिहेकी छिन, ‘निशाको मुख देखाइदेऊ, मलाई अरु केही चाहिदैन ।’

कल्पनालाई भेट्न जाने जो कोहीको आँखा रसाउन थाल्छ । कल्पनालाई सम्झाउँनु कसरी ? एकमात्र सन्तान गुमाउँदा एकल महिलाको पीडा शब्दमा व्यक्त गर्न सकिने खालको छैन । आउने धेरैजसो मौन रहन्छन् । ‘हामी निशब्द छौँ । छोरीको मुख हेर्ने धोकोसम्म पूरा गरिदिन सके हुन्थ्यो । सरकार, संघसंस्था र हामी सबै लागे यो सम्भव भइहाल्छ ।’ खुसिबुमा भेटिएका ऋषी प्रसाद नेपाल भन्छन् ।

0 comments:

Post a Comment