Wednesday, November 16, 2016

एक अन्धी महिलाले अमेरिकाको बारेमा गरेको भविष्यवाणीले हंगामा



एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि चकित परेका मिडियाले अनेक विश्लेषण गर्न थालेका छन् । हिलारीको पक्षमा एककोहोरो माहौल बनाउँदा पनि जिताउन असफल भएका मिडियाले यतिबेला एक अन्धी महिलाले कैयौं वर्ष अघि अमेरिकाको बारेमा गरेको एक भविष्यवाणीबारे ब्यापक चर्चा भएको छ । बुल्गेरियामा जन्मिएकी एक अमेरिकी महिलाले सन् २००१ मा भएको सेप्टेम्बर ११ को भयानक आक्रमण, इस्लामिक स्टेटको उदय बारे गरेको भविष्यवाणी ठ्याक्कै मिलेको र उनले अमेरिकामा अफ्रो-अमेरिकन राष्ट्रपति अन्तिम राष्ट्रपति बन्ने समेत बताएको मिडियाको दावी छ ।


रिपोर्टका अनुसार बाबा भान्गा नामकी ती महिलाले सन् २०१६ मा इस्लामिकहरुले युरोपमा आक्रमण गर्ने भविष्यवाणी गरेकी थिइन् जुन मिलिसकेको छ ।  उनले अमेरिकाको ४४ औं राष्ट्रपति अर्थात बराक ओबामा नै अन्तिम राष्ट्रपति हुने भविष्यवाणी गरेको भन्दै अमेरिका सहित अन्य देशका मिडियाले उनको भविष्यवाणीबारे अनेक अडकलवाजी गरेका छन् । आगामी जनवरी २०मा सपथग्रहण नगरे सम्म डोनाल्ड ट्रम्प औपचारिकरुपमा अमेरिकाको राष्ट्रपति मानिने छैनन् । त्यतिबेला सम्म ओबामा नै अमेरिकाको राष्ट्रपती र कायर्कारी हुनेछन् । ट्रम्प विजयी भइसकेकपछि अव ओबामा अन्तिम अमेरिकी राष्ट्रपति हुने भविष्यवाणी कसरी पुरा हुन्छ भनेर विभिन्न कोणबाट अडकलवाजी शुरु भएका हुन् । ट्रम्प विजयी भए लगत्तै अमेरिकी मतदाता आफ्नो राष्ट्रपति नभएको भन्दै सडकमा निस्किएका छन् । यो उनका लागि अनिष्टको संकेत मानिएको छ । रिपोर्टका अनुसार बाबा भान्गाले ओबामा सत्तामा आएपछि ठूलो आर्थिक संकट आइलाग्ने भविष्यवाणी गरेकी थिइन् जुन पुरा भएको थियो । भान्गाले सन् २०१० मा अरव विद्रोह हुने भविष्यवाणी पनि गरेको बताएको छ जुन सत्य सावित भैसकेको छ । उनले सन् २१३० मा मानिसहरु मुनी सभ्यता बसाउन सफल हुने र ३००५ मा मंगल ग्रहमा लडाइँ हुनेछ ।ओएस नेपाल

0 comments:

Post a Comment