Wednesday, November 16, 2016

सोलिडारिटी कपमा उपाधि कब्जा गरेपछि स्ट्राइकर बिमलले भावुक बन्दै आफ्नी बहिनीलाई सम्झिए !


काठमाडौं । बिमल घर्तिमगरले सोलिडारिटी कप फुटबलको उपाधि जित्नुअघि बोलेको कुरा पुरा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै ३ करोड नेपालीको साथ भएका कारण जित निश्चित भएको बताएको केही घण्टामा नै उनले नेपाललाई उपाधि दिलाउन सफल भए पनि उपाधि हाता पारे लगत्तै उनी भावुक देखिए ।

मलेसियामा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै नेपालले उपाधि जितेपछि केही उत्साहित देखिएका बिमलले यो जित लगत्तै नेपाली राष्ट्रिय टिमका स्टाइकर बिमल घर्ती मगरले यो जित रहस्यमय निधन भएकी आफ्नी बहिनी, भूकम्पमा मारिएकाहरु तथा आफ्ना पिताप्रति समर्पण गरेका छन् ।

उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, “आफु भन्दा अगाडी टिम , टिम भन्दा अगाडी देश । यो जित सम्पुर्ण नेपालीको हो । यो जित मेरो बहिनि, बाबा र विनाशकारी भुकम्पमा हामीबाट टाढा भएको सम्पुर्णलाई समर्पित गर्न चहान्छु ।”

0 comments:

Post a Comment