Wednesday, November 23, 2016
- Home
- Unlabelled
- हिलारीका मत ह्याक भएको खुलासा, विज्ञ भन्छन्- पुनर्गणना गर्नु पर्छ
हिलारीका मत ह्याक भएको खुलासा, विज्ञ भन्छन्- पुनर्गणना गर्नु पर्छ
Posted By Magar Selena
On 2:20 AM
हालै सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा पराजित उम्मेदवार हिलारी क्लिन्टनको पक्षमा परेका मत ह्याक भएको विज्ञहरुले दावी गरेका छन् ।कतिपय राज्यका काउन्टीमा हिलारीको पक्षमा परेको मत त्यहाँ रहेका मतपत्र भन्दा कम रहेको पाइएपछि विज्ञहरुले पुनर्गणनाको माग गरेको डेली मेलले जनाएको छ ।
उनीहरुले ह्याकरहरुले हिलारीको पक्षमा परेका मत चोरेर ट्रम्पलाई सहज पारेको उनीहरुको दावी छ । चुनावको अनुगमन गरेको विज्ञ तथा मतदाता अधिकार सम्बन्धी काम गर्ने टोलीले हिलारीका मत चोरिएको दावी गर्दै पुनः मत गणना गर्न माग गरेका हुन् ।
क्लिन्टनको चुनावी टिमसँग मतगणना पुनः गर्न माग गर्न सीमित समय मात्र छ । ह्वाइट हाउसले भने उनीहरुलाई त्यसो नगर्न दवाव दिइसकेको बुझिएको छ ।चुनावमा ह्याकिङको प्रमाण प्राप्त भएको छैन तर यस अघि पनि रुसी ह्याकरहरुले ट्रम्पको पक्षमा मत चोरेको आरोप लगाइएको थियो । विस्किन्सन, मिशिगन र पेन्सिल्भेनियामा यस्तो भएको हुन सक्ने यो समूहको दावी छ । यो दवाव समूहले हिलारीलाई पुनः मतगणनाको माग गर्न उक्साइ रहेको छ ।
उल्लेखित राज्यमा क्लिन्टले त्यहाँ रहेका मत पत्र भन्दा ७ प्रतिशत कम मत प्राप्त गरेकी थिइन् । ह्याकरहरुले काउन्टिङ मेसिनलाई म्यानुपुलेट गरेर क्लिन्टको मत घटाइदिएको हुन सक्ने उनीहरुको दावी छ । यदि यी राज्यमा मत चोरिएको पुष्टी भएर हिलारीले पुनः गणना गर्न माग गरेमा उनी राष्ट्रपति बन्ने सम्भावना समेत जिवितै रहेको विश्लेषकहरुले बताएका छन् ।–डेली मेल
0 comments:
Post a Comment