Thursday, November 24, 2016

ट्रम्पको भन्दा हिलारीको भोट बढी : २० लाखको अग्रता


एजेन्सी । हालै सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित हुन पुगेकी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्पले भन्दा २ मिलियन अर्थात २० लाख भन्दा बढी भोट बढी प्राप्त गरेको युस टुडेले जनाएको छ । पपुलर मत बढी ल्याएपनि हिलारी राष्ट्रपतीय चुनावमा भने पराजित भएकी छिन् । पपुलर मतमा क्लिन्टन ट्रम्प भन्दा २० लाख मतले अघि रहेको उक्त समाचार एजेन्सीले जनाएको छ ।

बढीमत ल्याएर पनि हिलारी किन हारिन् ?

हिलारीले ट्रम्पले भन्दा २० लाख बढी मत ल्याइन तर उनले चुनाव हारिन् किन भने उनको पक्षमा भन्दा बढी ट्रम्पको पक्षमा इलेक्टोरल कलेजको मत बढी भयो । मत गणनाको परिणाम अनुसार क्लिन्टनले कुल मतको ४७.७० प्रतिशत मत प्राप्त गरेकी थिइन् । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले भने ४७. ५० प्रतिशत मात्र मत प्राप्त गरेर पनि चुनाव जिते ।

१६ वर्ष अघि सन् २००० को राष्ट्रपति निर्वाचनमा पनि डेमोक्र्याटिक पार्टीका उम्मेदवार एल गोरले रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज बुशभन्दा धेरै प्रत्यक्ष मत प्राप्त गरे पनि बुश राष्ट्रपति निर्वाचित भएका थिए ।

अमेरिकामा भएको राष्ट्रपतीय चुनाव अप्रत्यासितरुपमा डोनाल्ड ट्रम्पको पक्षमा परेपछि त्यहाँ उनलाई राष्ट्रपति बन्नबाट रोक्न अनेक प्रयास चलिरहेका छन् ।डोनाल्ड ट्रम्पले जितेका राज्यबाट चुनिएका ६ प्रतिनिधी (इलेक्टोरल कलेज) ले आफूले ट्रम्पलाई भोट नदिने घोषणा गरेका छन् ।

आगामी केही समयपछि हुने मतदानमा २७० इलेक्टोरल कलेजले भोट दिएपछि मात्र ट्रम्प राष्ट्रपति बन्न सक्छन् । ६ जना डेमोक्याटिक प्रतिनिधीले ट्रम्पलाई राष्ट्रपति बन्नबाट रोक्ने भन्दै अभियानस्वरुप आफूले ट्रम्पलाई मत नदिने घोषणा गरेका हुन् ।

0 comments:

Post a Comment