Monday, November 14, 2016
- Home
- Unlabelled
- एएफसी सोलिडारिटी कप : नेपाल र मकाउमा को बलियो ? यस्तो छ स्थिति
एएफसी सोलिडारिटी कप : नेपाल र मकाउमा को बलियो ? यस्तो छ स्थिति
Posted By Magar Selena
On 11:05 PM
काठमाडौं । मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा नेपालले मंगलबार मकाउसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ। नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै कुनैपनि एसियालीस्तरको प्रतियोगिताको पहिलोपटक फाइनलमा ठाउँ बनाएको हो। त्यसैगरी, मकाउले पनि सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ब्रुनाईलाई हराउँदै फाइनलमा ठाउँ बनाएको हो।
सोमबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापानी क्योतोकु कोजीले पहिलो प्रतियोगिताको पहिलो च्याम्पियन बन्न टिम लालायित भएको बताएका छन् । टिम उच्च मनोबलमा रहेको र खेलाडीहरुमा केही साना समस्याबाहेक घाइतेको समस्यासमेत नरहेकाले उपाधि नेपालले नै जित्नेमा ढुक्क रहेको कोजीले बताए । जित सजिलो नभए पनि मौका भने रहेको कोजीको प्रतिक्रिया छ।
मकाउका प्रशिक्षक टम आओ सानले प्रतियोगिताअघि आफूहरुको लक्ष्य सेमिफाइनलसम्ममात्र रहेकाले फाइनल नै ठूलो उपलब्धि भएको बताउँदै यसो भन्दैमा खेल नेपाललाई भने नसुम्पने स्पस्ट पारे। उनले बिनादबाब खेलाडीहरुले अन्तिम समयसम्म डटेर खेल्ने भन्दै नेपाललाई कडा चुनौती पनि पस्केका छन्। नेपाल र मकाउले अहिलेसम्म आपसमा ५ खेल खेलेका छन्। जसमा नेपालले ३ खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरेको छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ।
केही कमजोर आँकिएको मकाउलाई हराएर फर्ममा रहेको नेपाली टिमले पहिलो ठूलो सफलता हासिल गर्ने आँकलन गरिएको छ। समूह चरणमा नेपालले ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो। यता, लाओसले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि सोमबार भएको भिडन्तमा लाओसले ब्रुनाईलाई ३–२ ले पराजित गरेको हो।
0 comments:
Post a Comment