Thursday, November 24, 2016

अन्तत: दाेषी ठहरिए नेयमार, स्पेनी अदालतले सुनायो दुई बर्षको जेल सजाय


अन्ततः स्पेनको एक अदालतले बार्सिलोनाका स्ट्राइकर नेमार विरुद्ध दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा ब्राजिलको क्लब सान्तोसबाट बार्सिलोना आउने क्रममा करछली गरेको आरोपमा अदालतले नेयमारलाई दोषी ठहर्याएको हो । स्पेनिस कानुन अनुसार दुई वर्षसम्मको जेल सजायमा जेलमा गएर बस्नु पर्दैन । र नेइमारलाई दुई वर्षको जेल सजाय सुनाईएपनि उनी जेलमा भने बस्नु नपर्ने भएको छ । यस्तै, बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेललाई पनि पाँच वर्षको जेल सजाय र ८४ लाख युरो जरिवानाको फैसला सुनाइएको छ । क्लबका अहिलेका अध्यक्ष जोसेप मारिए बार्टोमेउ विरुद्धको आरोप भने फिर्ता भएको छ । रोसेल, नेइमार तथा उनका बुवाले अदालतको यो फैसला विरुद्ध अपिल गर्ने तयारी पनि गरेका छन् । – एजेन्सी

0 comments:

Post a Comment