Tuesday, November 22, 2016

तालु खुइलिएकालाई सुविधा : किस्ताबन्दीमा कपाल रोप्न सकिने



काठमाडौं, मंसिर ८  – काठमाडौं– सुन्दर र जवान देखाउन कपालको राम्रो भूमिका हुन्छ । तर, विभिन्न कारणले कलिलो उमेरमै कपाल गुमाउनु परेको पीडा धेरैल खेपिरहेका छन् । यस्तो समस्या समाधानका लागि कपाल प्रत्यारोपण गर्ने प्रविधि आएको छ ।


काठमाडौंमा पनि धेरै सेन्टरहरुमा कपाल प्रत्यारोपण भइरहेको छ । ती संस्थाहरुमा सेवाग्राहीको चाप पनि त्यस्तै छ तर आर्थिक रुपले केही महंगो भएकाले प्रत्यारोपण गराउने मन हुँदा पनि यो सुविधा उपयोग गर्न नसक्नेहरु छन् । ती व्यक्तिहरुको समस्या समाधानका लागि भनेर अरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरले कपाल प्रत्यारोपणको शुल्क किस्ताबन्दीमा तिर्ने योजना अघि सारेको छ ।


एकैचोटी आर्थिक भार बेहोर्न नपरोस भनेर नबिल बैंकसँग सहकार्य गरेको अरोगिनका सिइओ कृष्ण राजा महतले बताए ।
सौन्दर्यसँग सम्बन्धित समस्या महंगो हुन्छ । यस्तो अवस्थामा बैंकहरुसँग सहकार्य गरेर सेवाग्राहीको सजिलोको लागि आर्थिक भार कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्ने प्रक्रिया अन्तर्गत नविल बैंकसँग सहकार्य गरेको अअरोगिनका म्यानेजिङ डाइरेक्टर रोशन पाण्डेले बताए ।
कपाल प्रत्यारोपणमा कति खर्च हुन्छ भन्ने झरेको भाग हेरेर हिसाब निकालिन्छ । तर, अरोगिनले सरदर २ लाख रुपैयाँ राखेर किस्तामा कपाल प्रत्यारोपण गराउने योजना ल्याएको छ । यस अनुसार महिनामा कम्तिमा ६ हजार रुपैयाँ तिर्नुपर्छ । यसरी १८ महिनासम्ममा २ लाख रुपैयाँ चुक्ता गर्नुपर्छ । किस्ताका लागि आम्दानीको स्रोत स्पष्ट खुलाएर फर्म भर्नुपर्ने हुन्छ ।स्वास्थ्य खबरपत्रिका

0 comments:

Post a Comment