Friday, November 11, 2016

कृष्णसार शिकार काण्ड : सलमान खान पुन जेल पर्न सक्ने


एजेन्सी । सलमान खानसँग जोडिएको कृष्णसार शिकार काण्डमा राजस्थान सरकारको निवेदनलाई सर्वोच्च अदालतले स्वीकार गरे पछि सलमान खान फेरी पक्राउ पर्न सक्ने संभावना बढेको छ ।

लामो समयदेखि स्थगित कृष्णसार शिकार मामिला अदालतमा पुनः व्युतिने भएपछि सलमानका शुभचिन्तक फेरी एकपटक चिन्तित बनेका छन् । भारतीय मिडियाका अनुसार उक्त निवेदनपछि सर्वोच्च अदालतले सलमान खानलाई मुद्धाको सम्बन्धमा जानकारी गराएको छ ।

सन् १९९८ को २६ सेप्टेम्बरमा जोधपुरको सुदूर क्षेत्र भावडमा कृष्णसारको अवैध शिकार गरेको आरोपमा सलमानसहित ७ आरोपीविरूद्ध जिल्ला अदालतमा मुद्धा परे पनि यस अघि जोधपुरको उच्च अदालतले सलमानको पक्षमा निर्णय गरेको थियो। त्यसअघि उनी पटक पटक गरेर करिब ६ वर्ष जेल बसीसकेका छन् ।

.

0 comments:

Post a Comment