एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरण नजिक पुगेको छ। समूह एमा रहेको म्यानचेस्टर युनाइटेडले बिहीबार राति भएको खेलमा फायनुर्डलाई ४-० ले हराएको हो। म्यानचेस्टर युनाइटेडको जितमा वायने रुनी, आन माटा र जेसी लिङ्गार्डले गोल गरे। फायनुर्डका गोलरक्षक जोन्सले आत्मघाती गोल गरे। ३५ औं मिनेटमा रुनीले गोल गर्दै सुरुवाति अग्रता दिलाए। ६९ औं मिनेटमा माटाले गोल गरे भने ७५ औं मिनेटमा जोन्सले गरेको उपहार गोलपछि युनाइटेडको अग्रता ३–० मा पुग्यो।
जोन्सले जाल्टन इब्राहिमोविचले प्रहार गरेको बल जोगाउने क्रममा आफ्नो पोस्टमा गोल गरेका हुन्। इन्जुरी समयमा लिङ्गार्डले गोल गर्दै ४-० को जित दिलाए। जोसे मोरिन्होले युनाइटेडको प्रशिक्षकको रुपमा प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो मार्जिनको जित हो।
जितपछि पाँच खेलबाट ९ अंकसहित युनाइटेड समूह एको दोस्रो स्थानमा छ। १० अंक जोडेको फेनरवाची शीर्ष स्थानमा छ। राति नै भएको खेलमा फेनरवाचीले जार्या लुहान्सकलाई २-० ले हरायो । राति भएको खेलमा साउथह्यामप्टन स्पार्टा पाराग्वेसँग १-० ले पराजित भयो।
0 comments:
Post a Comment