Wednesday, November 16, 2016

नाङ्गै सुत्न लजाउनुहुन्छ ? तर यसका फाइदा यस्ता छन्


एजेन्सी । दिनभरीको थकान मेटाउन मानिसहरु रातभरी आराम गर्छन । सुत्ने पनि बिभिन्न तरीका हुन्छ । कोही मानिस कसिलो कपडा लगाएर सुत्न मन पराउँछन् भने कोही खुकुलो भएर । अझ कसैको बानी त नाङ्गै सुत्ने पनि हुन्छ । जसरी आफुलाई सजिलो हुन्छ त्यसरी नै सुत्नु राम्रो हो । तर स्वास्थ्यको हिसावले कसिलो कपडा लगाएर सुत्नुभन्दा नाङ्गै सुत्नु बढी फाइदाजनक देखिएको छ ।
विभिन्न अध्ययन अनुसार सुत्नेबेला सबै कपडा फुकालेर निर्वस्त्र सुत्नुको फाइदा यस्ता छन् ।

१. आफ्नो साथीसँग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्क हुन्छ । जसले अक्सिटोसिन हर्मोन निस्काल्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशी हुन मद्धत गर्छ । साथै यसले तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।

२. नाङगै सुत्दा ढुसी बाट हुने संक्रमण पनि घटाउँछ । महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र अवस्थाका कारण ढुसी बढ्न सक्छ ।

३. सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्छ । यसले आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माण गर्न सहयोग गर्छ ।

४. यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।

५. रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी थोरै सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।

६. जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्न बातावरण मिल्छ ।

७. नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा, अण्डरवेयर फुकाल्नु राम्रो मानिन्छ ।

८. नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, नांगै सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले छालाको रोग लाग्ने सम्भावनालाई कम हुन्छ ।

0 comments:

Post a Comment