Thursday, November 10, 2016

काजोलले किन गरिन् अजय देवगनसँग बिहे ?


केही समयअघि काजोलकी मिल्ने साथी मिकी कान्ट्रेक्टरले बलिउड जोडी काजोल र अजय देवगनको प्रेम कथाको विषयमा चकित पार्ने एउटा खुलासा गरेका थिए। त्यतिबेला मिकीले आफूलाई काजोल र अजय बैवाहिक बन्धनमा बाधिन्छन् भन्ने रत्तिभर पत्यार नलागेको बताएका थिए। मिकीको यो बयानको लामो समयपछि काजोलले आफ्नो मुख खोलेकी छिन्, किन उनले अजय देवगनसँग बिहे गर्नु पर्यो भनेर? मिकीले एउटा कार्यक्रममा भनेका थिए, ‘पहिलो पल्ट जब काजोलले मलाई अजयको विषयमा बताइन्, म उनको कुरा सुनेर चकित परेँ। म अजयलाई राम्रोसँग चिन्दिन थेँ। मलाई विश्वास लागेको थिएन। किनभने काजोल र अजय विपरित छन्। सायद यसैले होला उनीहरू एकअर्काप्रति आकर्षित भएका।’

काजोलले अजयसँग बिहे गर्ने आफ्नो निर्णयको बचाउ गरेकी छिन्। र, आफूले सही निर्णय गरेको बताएकी छिन्। ‘मलाई लाग्छ, मैले त्यो बेला सही निर्णय गरेको थिएँ। मैले नौ वर्ष फिल्ममा काम गरिसकेको थिए। फिल्म इन्डस्ट्रीमा मैले आफूलाई प्रमाणित गरिसकेको थिएँ। त्यति बेला म वर्षमा ४–५ फिल्म गर्थे। तर, म यसरी आफ्नो करिअर अगाडि बढाउन चाहन्न थेँ’, उनले दिन फिल्म भनिन्।

उनले बिहेपछि आफूले परिवारलाई पुरा समय दिन भनेर फिल्म खेल्न कम गरेको बताइन्। भनिन्–‘बिहेपछि मैले निर्णय गरेको थिए, वर्षमा एउटा मात्र फिल्म गर्छु। परिवारलाई समय दिन्छु।’ काजोलले आफ्नो जीवन ‘कुछ कुछ होता हे’ को पात्र अन्जलीजस्तै रहेको बताइन्। उनी आफूलाई अन्जलीजस्तै आफ्नो जीवन ‘टमब्वाइ’को रहेको बताउँछिन्।

0 comments:

Post a Comment