Wednesday, November 9, 2016

रियलसँगको नयाँ सम्झौता अनुसार रोनाल्डोले प्रतिसाता पाउँछन् ३ लाख ६५ हजार पाउन्ड


एजेन्सी । म्याड्रिडरक्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ सम्झौता गरेको सम्झौतालाई समीक्षकले हतारको सम्झौताको संज्ञा दिएका छन् । नयाँ सम्झौता अनुसार अब रोनाल्डो सन् २०२१ सम्म रियलमै बस्नुपर्नेछ । रोनाल्डोको अघिल्लो सम्झौता अनुसार अझै दुई वर्ष बाँकी थियो, रियलले उसलाई अन्य क्लबमा नपठाउने योजना बनाएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

रियलले रोनाल्डोको करिअर नै सान्टिएगो बर्नावेउमै समाप्ति पार्ने उद्देश्यका साथ हतारमा सन् २०२१ सम्म सम्झौता गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

यस पाँच वर्षको अवधिभित्र रोनाल्डोमाथि कुनै पनि युरोपेली क्लबले अनुबन्ध प्रयास गर्दा रियलसँग आफूखुसी सम्झौता रकम तोक्न पाउने अधिकार छ । रोनाल्डोले अब प्रतिसाता ३ लाख ६५ हजार पाउन्ड पाउनेछन् । रियलले आइतबार मात्रै वेल्सम्यान गेराथ बेलसँग पनि पाँचै वर्षको सम्झौता गरेको थियो ।

0 comments:

Post a Comment