Thursday, November 10, 2016
- Home
- Unlabelled
- सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी लाओस
सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी लाओस
Posted By Magar Selena
On 12:56 AM
काठमाडौँ। एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले आफ्नो प्रतिद्धन्द्धीको रुपमा लाओसलाई पाएको छ। समूह ‘बी’ अन्तर्गत मकाउले श्रीलंकालाई १–१ गोलको अन्तरमा अंक बाँडेपछि नेपालले शनिवारदेखि सुरु हुने सेमिफाइनल खेलमा लाओसलाई प्रतिद्वन्द्वी रुपमा पाएको हो। बुधबार समूह ‘बी’ को अन्तिम चरणको खेलमा मकाउले श्रीलंकासँग अंक बाँड्यो भने लाओसले मंगोलियालाई ३–० ले पराजित गर्यो।
नेपालले मंगलबार मलेसियाको कोचिङमा भइरहेको सोलिडारिटी कपअन्तर्गत ब्रुनईलाई ३–० ले पराजित गर्ने क्रममा समूह विजेताको रुपमा सेमिफाइनलको यात्रा तय गरेको थियो। समूह ‘ए’ मा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरीमा अंक बाँडेको थियो। नेपाल कूल ४ अंकका साथ समूह विजेता बनेको थियो।
ब्रुनई भने टिमोरलाई ४–० ले हराउँदा पनि नेपालसँग पराजित भएर समूहको उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। ब्रुनईले सेमिफाइनलमा मकाउको सामना गर्नु पर्नेछ। मकाउ समूह ‘बी’ मा २ खेल जीत र १ खेल बराबरीसहित ७ अंकका साथ शीर्ष स्थानमा रह्यो। लाओस २ खेल जितेर ६ अंकका साथ उपविजेताको रुपमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्यो।

0 comments:
Post a Comment