Tuesday, November 8, 2016
- Home
- Unlabelled
- भारतमा आजराती १२ बजेबाट भारतीय ५ सय र एक हजारका नोट नचल्ने
भारतमा आजराती १२ बजेबाट भारतीय ५ सय र एक हजारका नोट नचल्ने
Posted By Magar Selena
On 6:44 PM
कात्तिक २३ गते- भारतमा आज राती १२ बजेदेखि भारतीय ५ सय र एक हजार दरका नोट अमान्य हुने भएका छन् । जाली नोटको कारोबार र भ्रष्टाचार निरुत्साहित गर्नका लागि भारतले यस्तो महत्वपूर्ण कदम चालेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै आज राति १२ बजेबाट एक हजार र पाँच सयको नोटलाई पूर्णरुपमा प्रतिबन्धित गराउने निर्णय भएको जानकारी दिएका हुन् । सर्वसाधारणलाई अब ५० दिनभित्र आफूसँग भएका भारतीय ५ सय र १ हजार दरका नोट बैंक वा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने सयम दिईएको छ । अर्थात्, भारत सरकारले यसका लागि नोभेम्बर १० देखि डिसेम्बर ३० सम्मको समय दिएको छ ।

0 comments:
Post a Comment