Saturday, November 5, 2016
सरकारले नेपाली जनताको अपमान गर्योः भीम रावल
Posted By Unknown
On 10:54 PM
काठमाडौं । सरकारले विदेशीलाई बोलाएर संविधानको विषयमा छलफल गर्नु नेपाली जनताको अपमान गरेको प्रमुख विपक्षी दलका नेताले आरोप लगाएका छन् । एमाले उपाध्यक्ष भीम रावलले सावैभौम संविधानसभाबाट जारी भएको संविधानबारे सरकारले कहिले विदेशको राजधानीमा त कहिले विदेशी नेतालाई बोलाएर छलफल गराएको आरोप लगाए ।
साथै यो नेपाली जनताको अपमान भएको टिप्पणी गरे । पूर्वउपप्रधानमन्त्री समते रहेका रावलले संविधान संशोधन गर्ने वा नगर्ने विषय आन्तरिक मामिला भएकाले विदेशीलाई बोलाएर छलफल गर्नु गलत भएको बताएका छन् ।
आफैंले अभिनन्दन गर्ने सार्वजनिक कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले संविधान कार्यान्वयन गर्न सबै पक्षलाई समेटेर लैजान सुझाव दिँदा पनि कुनै प्रतिक्रिया नदिएर हिनताबोध देखाएको उनको आरोप छ । उनले छिमेकी देशका पाहुनालाई सम्मान गर्ने बहानामा स्वेदश तथा कुटनीतिक नियोगमा समेत बिदा दिइनु कुटनीतिक अभ्यास र मर्यादा विपरीत भएको बताएका छन् ।

0 comments:
Post a Comment