काठमाडौं । सिस्नुपानी नेपालले अायाेजना गरेकाे ‘प्रज्ञा-सिस्नुपानी देउसी-२०७३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा अाेलीकै अगाडी नक्कली केपी र नक्कली प्रचण्डले देउसी दाेहाेरी खेलेका छन्। सिस्नुपानीले प्रज्ञा प्रतिष्ठानकाे भवन कमलादीमा विशेष कार्यक्रमकाे अायाेजना गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख आतिथ्यतामा ‘प्रज्ञा-सिस्नुपानी देउसी-२०७३’ मनाएको थियाे।
जागरण देउसीकाे नाम दिएको उक्त देउसीमा राजनीति र समसामयिक विकृतिमाथि व्यंग्य गरिएकाे थियाे। उक्त देउसी कार्यक्रममा कलाकार मनाेज गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालकाे र कलाकार सीताराम कट्टेल (धुर्मुस)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीकाे नक्कल गरेर देउसी जुहारी खेलेर दर्शकलार्इ हँसाएका थिए।

0 comments:
Post a Comment