Friday, November 4, 2016

रगतमा संक्रमण देखिएपछि सनी लियोनी चिन्तीत



एजेन्सी । यतिबेला बलिउड नायिका सनी लियोनी रगतमा संक्रमण देखिएपछि निकै चिन्तीत बनेकी छिन् । रगतमा संक्रमण देखिएकै कारण डाक्टरले शाकाहारी खाना खाने सुझाव पनि दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई डाक्टरले बढी मसला भएको खाने कुराका साथै जाँडरक्सी, दूधजन्य बस्तुबाट टाढै रहन सुझाव दिएका छन् भने उनको रगतमा संक्रमण देखिएकाले डाक्टरले रगत सफा गर्नुपर्ने सम्मको सुझाव दिएका छन् । सनी परम्परागत चिनियाँ उपचार विधिमा भरोसा गर्ने भएकीले यँही पद्धती अनुसार उपचार गराउने गर्छिन ।

0 comments:

Post a Comment