Friday, November 4, 2016
- Home
- Unlabelled
- जाँदाजाँदै मुखर्जीले भने– मित्रताको मिसन सफल भयो
जाँदाजाँदै मुखर्जीले भने– मित्रताको मिसन सफल भयो
Posted By Unknown
On 9:34 PM
काठमाडौं, कात्तिक २०- अत्यन्त व्यस्त कार्यतालिकाबीच तीनदिने नेपाल भ्रमणको अन्तिम दिन शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरमा करिब दुई घन्टा बिताए ।
एयरको विमानबाट जनकपुर उत्रिएका मुखर्जी दिउँसो साढे एक बजे सोही विमानबाट पोखरातर्फ उडे । करिब दुई घन्टा बसाइका क्रममा राष्ट्रपति मुखर्जीले रामजानकी मन्दिरमा पूजाअर्चना गरे भने नागरिक अभिनन्दन ग्रहण गरे ।
राष्ट्रपति मुखर्जी कडा सुरक्षा घेराबीच १२ बजे ५ मिनेटमा रामजानकी मन्दिर प्रवेश गरेका थिए । त्यहाँ उनले करिब २० मिनेट लगाएर विधिपूर्वक पूजा गरे । मन्दिरको मुख्यद्वारबाट पूजाकोठासम्म रातो कार्पेट ओछ्याइएको थियो । उनलाई मन्दिरका महन्त रामतपेश्वर दासले मन्दिर प्रवेशद्वारदेखि मन्त्रोच्चारण गर्दै पूजाकोठासम्म लगेका थिए ।
पूजाकोठामा मिथिलाको पहिरण धोती, कुर्ता र पागमा सजिएका महन्त तथा पुजारीले राष्ट्रपति मुखर्जीलाई मिथिलाको पहिरण पाग लगाइदिए । त्यसअघि विमानस्थलमा भारतीय राष्ट्रपति मुखर्जीलाई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले स्वागत गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
राष्ट्रपतिले गरिन् विमानस्थलमै पुगेर बिदाइ
भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने भ्रमण पूरा गरी शुक्रबारै स्वदेश फर्किए । उनलाई बिदाइ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । त्यस अवसरमा मुखर्जीले प्राकृतिक सौन्दर्य, सभ्यता, संस्कृति र प्राकृतिक स्रोतको सबल उपयोग नै नेपालको विकास गर्ने साधन भएकाले तिनको उपयोगमा नचुक्न सबैलाई आग्रह गरे ।

0 comments:
Post a Comment